×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026
Playing
ओली पाखा लगाउन बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चिए || Nepal Times
Mar 09, 2026
Playing
जेनजी प्रतिवेदनमार्फत कसकसलाई हुनेछ का रबाही ?कार्यान्वयन हुनेमा ढुक्क|| Nepal Times
Mar 09, 2026
Playing
हार्दा पनि कांग्रेस कर्णालीमा पहिलो, बाँकीमा रास्वपा,एमाले–नेकपा ३ प्रदेशमा निल || Nepal Times
Mar 09, 2026
Playing
Top 15 Afternoon News || Mar-09-2026 || Nepal Times
Mar 09, 2026
Playing
मात्र ३ मिनेट कारोबार भएको सेयर बजारमा उथलपुथल, अलटाईम हाईको प्रक्षेपण || Nepal Times
Mar 09, 2026
Playing
बालेन, अमरेश र हर्क जो आज चर्चामा छन् || Nepal Times
Mar 09, 2026

जिमी कार्टरको १०० वर्षः बदाम खेतीदेखि राष्ट्रपतिसम्म

१५ पुष २०८१

१५ पुष ,एजेन्सी ।

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् ।

१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए ।

उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए । उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहेका राष्ट्रपति थिए ।

उनले दुई पटक नेपालको भ्रमण गरेका छन् । उनी एकवर्षभन्दा बढी समयदेखि प्यालिएटिभ केयरमा रहेका थिए । ८ महिना अघि मात्रै कार्टरकी श्रीमती रोजालिनको मृत्यु भएको थियो । उनी बदाम किसान हुँदै अमेरिकामा राष्ट्रपति सम्म बन्न सफल भए ।

जेम्स अर्ल कार्टर जूनियर बदाम खेती गर्ने परिवारमा हुर्केका थिए । संयुक्त राज्य नौसेना एकेडेमीबाट स्नातक गरेपछि, उनले १९२४ सम्म नौसेनामा सेवा गरे । आफ्ना बुबाको मृत्युपछि उनी पारिवारिक व्यवसाय सम्हाल्न जर्जिया फर्किए ।

सन् १९६२ मा जर्जियामा राज्य सिनेटरको रूपमा उनले राजनीतिमा पाइला हाले । जहाँ उनी नागरिक अधिकार र जातीय एकीकरणको लागि आफ्नो प्रतिवद्धताको लागि पिलर झैं उभिए । सन्, १९७० मा, उनी जर्जियाको गभर्नर निर्वाचित भए ।

अल्पसंख्यक तथा महिलाहरूको अधिकारको पक्षमा प्रगतिशील नीतिहरू प्रवद्र्धन गर्दै उनले थप लोकप्रियता बटुले । सन्, १९७६ मा कार्टर डेमोक्रेटिक पार्टीको उम्मेद्वारको रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा होमिए, र विजय हासिल गरे ।

आफूलाई वाशिंगटन राजनीतिक प्रतिष्ठान बाहिर एक राजनीतिज्ञको रूपमा प्रस्तुत गर्दै उनले ठूलो सफलता हात पारे । मानव अधिकार र अन्तर्राष्ट्रिय कुटनीतिमा केन्द्रित रहेका उनले सन् १९७८मा क्याम्प डेभिड सम्झौता गराए ।

जसले इजिप्ट र इजरायलबीचको शान्तिलाई सहज बनायो भने सन् १९७७ को टोरिजज सन्धिले पनामा नहरको नियन्त्रण पनामालाई नै हस्तान्तरण गरिदियो । राष्ट्रपति रहँदा उनले इरानको बन्धक संकट र उच्च मुद्रास्फीति र बेरोजगारीसहित घरेलु आर्थिक समस्याहरू जस्ता चुनौतीको सामना गर्नु परेको थियो ।

यी कारकहरूले रोनाल्ड रेगनविरुद्ध सन् १९८० को चुनावमा हार्नु परेको थियो । ह्वाइट हाउस छाडेपछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवद्र्धन गतिविधिहरूमा समर्पित गरे । सन् १९८२ मा, आफ्नी पत्नीसँग उनले कार्टर सेन्टर स्थापना गरे ।

कार्टर सेन्टर, मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो । जुन कार्यले उनलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलायो ।

यही सेन्टरका लागि उनी दुई पटक नेपाल भ्रमणमा समेत आएका थिए । कार्टर सेन्टरले नेपालमा शान्ति स्थापनादेखि विभिन्न चरणमा भएका निर्वाचनको निरन्तर पर्यवेक्षण गर्दै आएको छ । सन् १९८५ र २००७मा उनी नेपाल भ्रमणमा आएका थिए ।

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top