×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

भीम रावलले छाडे एमाले, नयाँ पार्टी बारे यसो भने

१७ पुष २०८१

१७ पुष , काठमाण्डौ।

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई स्पष्टीकरण सोधेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले यस्तो प्रश्न गरेका हुन् । ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका विषयमा प्रश्न उठाउँदै बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनबाटै उनले स्पष्टीकरण सोधेका हुन् ।

ओलीले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी दिए । त्यसक्रममा उनले ओलीलाई विभिन्न समयमा राष्ट्रहित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिवद्धता पुरा नगरेको, सङ्क्रमणकालीन काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयो ? भनेर प्रश्न गरे ।

उनले घरघरमा खाना पकाउने ग्यास पाइप, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे प्रश्न गरेका छन् । यस्तै उनले तत्कालीन नेकपा फुटाएको आरोप लगाएका छन् । नेकपामा अन्तरभेद सृजना गरेको उनको भनाइ छ । यस्तै, उनले आलोचक तथा विरोधीको उम्मेदवारी दिन रोक्ने गरेको आरोपसमेत लगाएका छन् ।

बालुवाटारमा रअका प्रमुख सामन्त गोयलसँग भेट्नु पदीय मर्यादाअन्तर्गत थियो ? उनले प्रश्न गरेका छन् । लुम्बिनी प्रदेशका तत्कालीन सांसद विमला वलीलाई अपहरणको आरोप समेत लगाएका छन् । ‘पद हत्याउन लुम्बिनी प्रदेशका तत्कालीन सांसद विमला वलीलाई अपहरण तपाईंको गुटिया महासचिव शंकर पोखरेल होइन ?’ उनले भने ।

उनले प्रधानमन्त्री रहँदा ओली भारत सरकारसामु लम्पसार परेको आरोपसमेत बताएका छन् । ओलीले केही युवालाई रक्सी खुवाएर आफू बसेको होटलबाहिर नाराबाजी गर्न लगाएको आरोप लगाएका छन् । उनले भने, ‘उद्घाटन सत्रको अघिल्लो दिनको साँझ म सौराहा पुगेको थिएँ । बस्ने ठाउँको अतोपतो थिएन । उहाँ (केपी ओली)ले आफ्ना पक्षधरलाई भने रोजेको खोजेको व्यवस्था गर्नु भएको थियो । म आफ्नै व्यवस्थाले बसेको होटलबाहिर रक्सी खुवाएर केटाहरुलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरी बलले उनीहरुलाई हटायो ।’

बागमती नदीको किनारामा बसेको सुकुम्बासीका लागि बनाइएको भवन आफ्नी पत्नीको मानव सेवा आश्रमलाई निःशुल्क प्रयोग गर्न दिएको उनको आरोप छ । रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’ रावलको प्रश्न छ ।

उनले वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाएका छन् । ‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,’ रावलले भने, ‘भाडाका सिपाही, श्रमीक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’

यस्तै रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले चाहिँ माधव नेपाल र झलनाथ खनालसँग अध्यक्ष पदमा किन प्रतिस्पर्धा गरेको भनेर प्रतिप्रश्न गरेका छन्। रावलले पार्टीको दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको सुनाउँदै उक्त प्रतिप्रश्न गरेका हुन्।

‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो’, रावलले भने, ‘तपाईं केपी ओलीले चाहिँ आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा किन प्रतिस्पर्धा गरेको?’

रावलले देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने भएका छन् । उनले ‘अबको बाटो’ देखाउँदै भनेका छन्, “देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ ।”

रावलले एमाले ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाएका छन् । “तपाईंको झुटा कुराको सहारामा लत बसेछजस्तो छ,” रावलले ओलीप्रति आक्रोश पोख्दै भने, “म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई सपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट सपथ लिएन भनेर प्रचार गराइएको होइन र ?”

यस्तै रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली आफैंले प्रतिगामी भनेकाहरुसँगको साँठगाँठमा रहेको आरोप लगाएका छन् । उनले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको बताएका छन् । उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन।

त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’ उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे , रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक कविताबाट पत्रकार सम्मेलनको सुरु गरेका थिए ।

ओलीले आफूलाई पूर्वाग्रही शैलीमा आफूलाई हटाएको भन्दै पत्रका सम्मेलनको अशिकांश समय उनले आक्रोश पोखेका छन्।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top