×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026

गाजामा आँशु र मुस्कानको दिनः४ बन्धकको साटो २ सय कैदमुक्त

१३ माघ २०८१

१३ माघ , एजेन्सी ।

दशकौंको द्वन्द्व र क्रुरताका बीच एक वर्षअघि सुरु भएको विनाशकारी युद्ध अन्त्य गर्नका लागि गाजापट्टीमा शान्तिको एउटा कोशेढुंगा बनेको छ— इजरायल र हमासबीचको युद्धविराम सम्झौता।

यो सम्झौताको दोस्रो चरणमा चार इजरायली महिला बन्धक हमासको कब्जाबाट मुक्त भएका छन्, उनीहरूको घरफिर्तीसँगै परिवारमा खुसीका आँशु झरेका छन् । यता, इजरायलले पनि मानवीय सहकार्यको रूपमा २०० कैदीबन्दीलाई रिहा गरेको छ।

रिहाइको यो क्षणले युद्धको धूलोमा हराएका मानवीय भावनालाई पुनः उजागर गरेको छ। हमासले चार इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पेको छ। यी चारै जना महिला हुन् । प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि यी महिलाहरुलाई मञ्चमा ल्याइएको थियो ।

हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ। बन्धकहरूलाई रिहा गरेपछि तेल अभीभमा खुसीको वातावरण छ।

यहाँ परिवारका सदस्यहरू घण्टौँसम्म आफ्ना प्रियजनको पर्खाइमा उभिएका थिए। इजरायली मिडियाका रिपोर्टहरूका अनुसार बन्धकहरूका परिवारहरू आफ्ना प्रियजनहरूलाई स्वागत गर्न गाजा सीमामा पर्खिरहेका थिए ।

मुक्त गरिएका ४ इजरायली महिला सैनिक बन्धकहरू र परिवारहरू बीच हर्सौल्लास साथै उनीहरु भाबुक बनेका छन् । उनीहरुलाई ४७७ दिन पछि रिहा गरिएको हो भने इजरायलले पनि सयौ प्यालेसटाइनीहरु रिहा गरेको छ ।

उनीहरु पनि अत्यन्तै हर्षित भएका छन् । शनिबार गाजामा बन्धनबाट मुक्त भएका चार महिला सैनिकहरूका परिवारहरूले आफ्ना प्रियजनहरूको फिर्तीमा खुशी व्यक्त गरेका छन्।करिना एरिभको परिवारले कृतज्ञता ज्ञापनको साथै मन आनन्दले भरिएको जनाएको छ ।

पीडा र अनन्त चिन्ताका ४७७ अशान्तका दिनहरू पछि हामीले अन्ततः हाम्री प्यारी करिनालाई अँगालो हाल्न, उनको आवाज सुन्न र उनको मुस्कान हेर्न पायौं जसले हामीलाई फेरि एक पटक उज्यालोले भरेको छ ,” परिवारले एक विज्ञप्तिमा भनेको छ ।

एरिभ १९ वर्षकी थिइन् जब उनलाई नाहल ओज सैन्य अड्डाबाट अपहरण गरिएको थियो जहाँ उनले गाजा पट्टी भित्र गतिविधि अवलोकन गर्दै सैन्य चौकीको रूपमा काम गरेकी थिइन्। त्यस्तै डेनिला गिल्बोआको परिवारले गाजाको नर्कमा ४७७ दिन बाचिन र अन्ततः हाम्रो परिवारको अँगालोमा फर्किएकी छिन् ,गिल्बोआ परिवारले बिज्ञप्तिमा भनेको छ ।

गिल्बोआ शनिबार बेइलिन्सन अस्पताल पुगेकी छिन् । यसै गरि २० वर्ष पुगेकी नामा लेवीको परिवारहरु पनि खुसीका साथ भावुक भएका छन् । लिरी अल्बागको परिवारले एक विज्ञप्ति जारी गर्दै ४७७ लामो असहनीय दिनको विदारक पर्खाइ पछि राहत र आनन्दको लहरले छाएको बताएका छन् ।

“हामी यी कठिन दिनहरूमा हाम्रो साथमा उभिएका, हामीलाई समर्थन गर्ने, प्रार्थना गर्ने र माया पठाउने सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं ,” विज्ञप्तिमा भनिएको छ। चारै परिवारले अगम बर्गरको परिवारलाई श्रद्धांजलि अर्पण गरेका छन् ।

जो १९ वर्षकी थिइन् जब उनलाई नाहल ओज सैन्य अड्डाबाट छ जना अन्य महिला सिपाहीहरूसँगै अपहरण गरिएको थियो । उनको शव गाजामै राखिएको सिएनएनले जनाएको छ ।यता इजरायलले हमाससँगको सम्झौता अनुसार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

इजरायलको कारागार सेवाले शनिबार २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको जनाएको छ । गाजामा भएको युद्धविराम सम्झौता अन्तर्गत हमासद्वारा इजरायली बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान भएको यो दोस्रो पटक हो ।

समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार इजरायल कारागार सेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेलमा आवश्यक प्रक्रियाहरू पूरा भएपछि र प्रशासनको स्वीकृति पछि, सबै आतंककारीहरूलाई ओफर र जियोट जेलबाट रिहा गरिएको छ।’

इजराइल हमास युद्धविरामपछि पहिलो चरणमा तीन इजराइली बन्धकमुक्त भएका थिए भने इजरेलले ९० कैदीबन्दी छाडेको थियो । बन्धकमुक्त हुने तीनै जना इजराइली महिला थिए । बन्धकमुक्त हुनेमा २४ वर्षीय रोमी गोनेन, ३१ वर्षीया डोरन स्टेनब्रिचर र २८ वर्षीया इमिली दमारी छन्।

गत वर्षको अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभल भइरहेको ठाउँबाट हमासले बन्धक बनाएर २५० जनालाई लगेको थियो । जसमा अझै ८६ जना हमासको बन्धनमा रहेको अनुमान छ । युद्धविरामको ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इजराइलले झन्डै २ हजार प्यालेस्टिनी कैदीहरूलाई कैदमुक्त गर्नेछ।

यो अवधिमा हमासले रिहा गर्ने ३३ जनाको नाम सार्वजनिक गरेकोमा ७ जनालाई छाडिसकेको छ । नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेका छन् । तर रिहा गर्ने पहिलो चरणका ३३ सूचीमा भने उनी रहेका छैनन् । उनलाई तत्काल रिहा गराउन नेपाल सरकारले समेत पहल गरिरहेको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top