×

NEPAL TIMES UPDATES

Playing
अन्तिम मतपरिणामः रास्वपाको १२५ सिट,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026

चीनले ल्यायो एआईको किङ ‘डिपसिक’, सिलिकन भ्यालीमा हलचल

१५ माघ २०८१

१५ माघ , एजेन्सी ।

अमेरिकी कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित अत्याधुनिक प्रविधिहरू, जस्तै च्याटजीपीटी, विकास गर्दै विश्वभर प्रभाव जमाइरहे पनि चीनले चुपचाप आफ्ना एआई प्रविधिहरूलाई अगाडि बढाएर दशकौंदेखि राज गरिरहेका बिलियन डलरका अमेरिकी जायन्ट कम्पनीहरूलाई ठूलो चुनौती दिएको छ।

चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा तहल्का मच्चाएको छ । ‘डिपसिक’ नामक यो मोडेलले च्याटजीपीटी, गुगल जेमिनाई र अन्य जेनरेटिभ एआई मोडेललाई कडा टक्कर दिएको छ।

गुगल र ओपनएआईले वर्षौँ लगाएर करोडौँ डलर खर्चेर बनाएको एआई मोडेललाई डिपसिकले मात्र दुई महिनामा ६० लाख डलरभन्दा कम खर्चमा तयार पारेको दाबी गरिएको छ । यसले उत्कृष्ट ओपन सोर्स मोडेल प्रस्तुत गरेको छ भने अमेरिकी डेभलरले यसैमा आधारित भई काम गरिरहेका छन् ।

सोमबार, जनवरी २७ मा यो अमेरिकामा एप्पलको एप मा उच्चतम मूल्याङ्कन गरिएको निः शुल्क एप बनेको छ । यसको रिलीज भएको दुई हप्ता पछि यसले ओपन एआई च्याट जिपीटीलाई लाई पछि पारेको छ ।

पूर्वी चीनको हङझाउ सहरमा रहेको एउटा स्टार्टअपले डिपसिक को विकास गरेको हो। यो स्टार्टअप यसको अनौठो आविष्कारका लागि परिचित छ। एप डाटा रिसर्च फर्म सेन्सर टावरका अनुसार डिपसिक संचालित एआई सहायक मोडेलले जनवरी १० मा रिलिज भएदेखि धेरै लोकप्रियता हासिल गरेको छ।

डिपसिक विकासकर्ताहरूले डिपसिक भी ३ मोडेलले धेरै खुला स्रोतका मोडेलहरू भन्दा राम्रो प्रदर्शन गर्दछ। चीनले प्रविधिमा मारेको फड्कोले अमेरिकी सिलिकन भ्यालीलाई नै स्तब्ध बनाएको छ ।

गत डिसेम्बरमा सार्वजनिक गरिएको निःशुल्क, ओपन–सोर्स एआई मोडेलले बजारमा रहेका शक्तिशाली मोडेललाई समेत उछिनेको छ । यतिमात्रै होइन डिपसिकले अमेरिकी शेयर बजारमा समेत हलचल ल्याएको छ।

यसले बजारमा तहल्का मच्चाएपछि ५ सय धनाढ्यले १०८ बिलियन अमेरिकी डलर घाटा ब्यहोर्नुपरेको छ। ल्खष्मष्ब कर्पोरेशनका सह–संस्थापक जेन्सेन ह्वाङको नेतृत्वमा विश्वका ५०० धनी व्यक्तिहरूको सम्पत्तिबाट संयुक्त १०८ बिलियन डलरको शेयर घटेको छ ।

ब्लूमबर्गको तथ्याङ्क अनुसार आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडिएका अर्बपतिहरू सबैभन्दा बढी घाटा ब्यर्होने व्यक्तिको रूपमा देखा परेका छन्। यो ओपनएआई वा एन्थ्रोपिकको नयाँ सुरुवात नभएर चीनको डिपसिक नामक अनुसन्धान प्रयोगशालाले विकास गरेको हो ।

यसको विकासको विवरणले अमेरिकाका शीर्ष एआई अनुसन्धानकर्तालाई समेत चकित बनाएको छ । डिपसिकले यसको तेस्रो भर्सन बनाउन केवल ५६ लाख डलर खर्च गरेको रिपोर्ट बाहिर आएको छ ।

यसको तुलनामा ओपनएआईले वार्षिक पाँच अर्ब डलर खर्च गरिरहेको छ । यता गुगलले सन् २०२४ मा ५० अर्ब डलरभन्दा बढी खर्च गरेको अनुमानित रिपोर्ट बाहिर आएको छ । माइक्रोसफ्टले ओपनएआईमा लगानी गर्न मात्रै १३ अर्ब डलरभन्दा बढी खर्च गरेको छ ।

तर, डिपसिकको मोडेलले कसरी यति कम लागतमा अमेरिकाका महँगा मोडेलहरूलाई उछिन्यो भन्ने कुरा झनै आश्चर्यजनक छ । डिपसिकको नयाँ मोडेलले एकदमै प्रभावकारी रूपमा ओपनसोर्स मोडेल बनाएको छ ।

यो सुपर कम्प्युटरमा एकदमै कुशल छ । डिपसिकले तर्क दिन सक्ने नयाँ आरवन मोडेल पनि ल्याएको छ, जसले ओपनएआईको अत्याधुनिक ओ–वनलाई समेत केही परीक्षणमा पछि पारेको दाबी गरिएको छ ।

यो प्लेटफर्मले तीव्र गतिमा प्रयोगकर्ता तयार पारिरहेको छ । चाइना डेलीका अनुसार यो एप अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ । यसअघि उक्त रेकर्ड च्याटजीपीटीको थियो ।

चीनमा पनि यो एप डाउनलोडका हिसाबले शीर्ष स्थानमा छ । चीनमाथिको अमेरिकी सेमिकन्डक्टर प्रतिबन्धका बाबजुद डिपसिकले यी सबै सफलता हासिल गरेको हो । यसको प्रयोगशाला र संस्थापक लिआङ वेनफेङको बारेमा धेरै कम जानकारी बाहिर आएका छन् ।

चिनियाँ मिडिया रिपोर्टका अनुसार डिपसिकको सुरुवात हाई फ्लायर क्वान्ट नामक चिनियाँ हेज फन्डबाट भएको हो, जसले आठ अर्ब डलर बराबरको सम्पत्ति व्यवस्थापन गर्छ । डिपसिकको डेभलपर साइटमा यसको उद्देश्य ‘जिज्ञासाका साथ एजीआईको रहस्य खोल्ने र दीर्घकालीन दृष्टिकोणका साथ आवश्यक प्रश्नको जवाफ दिने’ भनिएको छ ।

अमेरिकाले चीनलाई एआई दौडमा पछाडि पार्न लगाएको चिप प्रतिबन्धले अन्ततः चीनलाई थप रचनात्मक बन्न बाध्य तुल्याएको विश्लेषण गरिएको छ । चीनमाथिको अमेरिकी सेमिकन्डक्टर प्रतिबन्धका बाबजुद डिपसिकले यी सबै सफलता हासिल गरेको हो ।

अमेरिकाले चीनलाई शक्तिशाली चिप जस्तै एनभिदियाको एच–१०० जीपीयू पाउनबाट रोक लगाएको छ । यस्ता चिपलाई प्रतिस्पर्धी एआई मोडेल बनाउन आवश्यक मानिन्छ ।

चिनियाँ प्रविधि कम्पनीहरूको यो प्रगतिले अब अन्तर्राष्ट्रिय स्तरमा पनि अमेरिकी प्रभुत्वलाई चुनौती दिन सुरु गरेको छ। यसले एआईको क्षेत्रमा अमेरिका र चीनबीचको प्रतिस्पर्धा अझ तीव्र बनाउने संकेत गरेको छ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top