NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

गाजामा घर फर्किनेको लावालस्करः २ घण्टामै २ लाख फर्किए , ८ बन्दी मृतक

मङ्लबार माघ १५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
गाजामा घर फर्किनेको लावालस्करः २ घण्टामै २ लाख फर्किए , ८ बन्दी मृतक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ माघ ,एजेन्सी ।

प्यालेस्टाइनी समूह हमासले सर्तबमोजिम रिहा गर्ने बन्धकहरुको सूचीबारे इजरायलले गरेको आशंका सहि सावित भएको छ । इजरायली अधिकारीहरुले गरेको आशंका जस्तै हमासले रिहा गर्ने बन्दीहरुको सूचीमा रहेका ३३ जनामध्ये ८ जना पहिल्यै मरिसकेका पाइएको छ ।

यसबारे इजरायलले नै खुलासा गरेको हो । हमासको सूचीबाट युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गर्ने भनिएका ३३ जनामा ८ जनाको पहिल्यै नै ज्यान गइसकेको पत्ता लागेको इजरायली अधिकारीहरुले बताएका छन् ।

Advertisement

सरकारका प्रवक्ता डेभिड मेन्सरले पत्रकारलाई दिएको जानकारी अनुसार हमासले अन्य २५ जना जीवित रहेको जानकारी दिएको छ । उनले हमासबाट बन्दीहरुको अवस्थाबारेको जानकारी प्राप्त भएको बताएका छन् ।

प्रवक्ता मेन्सरले मृतकको नाम भने पत्रकारलाई बताएनन् । यद्यपि, परिवार तथा आफन्तजनलाई उनीहरुको स्थितिबारे सूचित गरिएको उनले जानकारी दिए । अब, बन्दीहरुको अघिल्लो रिहाई बिहीबार र शनिबार हुने बताइएको छ ।

अझै पनि ९० भन्दा बढी व्यक्ति हमास कै नियन्त्रणमा रहेको बताइन्छ । यो घोषणाअघि इजरायलले कम्तिमा पनि ३५ जना बन्दी मारिएको अनुमान गरेको थियो । सम्झौताको पहिलो चरण अन्तर्गत गाजामा बन्धक ३३ बन्दीलाई हमासले रिहा गर्नेछ भने बदलामा १९ सय बढी प्यालेस्टाइनीलाई इजरेलले रिहा गर्नु पर्नेछ ।

यसबीच गाजाका मानिसहरू अब आफ्नो घर फर्कन थालेका छन् । गाजाका एक सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार सोमबार बिहान नेत्जारिम करिडोर खुलेको दुई घण्टाभित्र दुई लाख विस्थापित मानिसहरू पैदल उत्तरी गाजा प्रवेश गरेका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार सरकारी तथ्याङ्कले गाजा सहर र उत्तरमा रहेका आफ्ना ध्वस्त घरहरूमा फर्कनका लागि एक लाख ३५ हजार टेन्ट आवश्यक पर्ने देखाएको छ । घर फर्किरहेका मानिसहरूको अनुहारमा धेरै भाव छन् ।

उनीहरू घर फर्कन पाउँदा खुसी भए पनि विनाशबाट दुःखी पनि छन् । हमासले उत्तरी गाजामा गाजा शरणार्थीहरूको फिर्तीलाई ‘विजय’को रूपमा वर्णन गरेको छ । अतिवादी संगठन हमासले भनेको छ, ‘विस्थापितहरूको फिर्ती हाम्रा जनताको लागि विजय हो ।

यो विस्थापन र इजरायली कब्जा योजनाको असफलता र पराजयको संकेत हो ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार हमासले अर्बेल येहुद नामक इजरायली बन्धकलाई रिहा गर्न सहमति जनाएपछि यो करिडोर खोलिएको हो ।

उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्नेछ । यसअघि इजरायली प्रधानमन्त्री नेतान्याहूले ‘हमासले यसै हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने’ बताएका थिए ।

सर्वसाधारणलाई रिहा नगरिएका कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिइरहेको थिएन । इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लंघन गरेको आरोप लगाएको थियो ।

सम्झौता अन्तर्गत इजरायलका आम नागरिकहरूलाई पहिले रिहा गर्नुपर्ने थियो । स्याटेलाइट तस्बिरहरूको विश्लेषण अनुसार, गाजा पट्टीमा सबैभन्दा बढी क्षति उत्तरी गाजामा भएको छ । जनवरी ११ सम्म उत्तरी गाजा प्रशासनिक क्षेत्रका दुई तिहाइभन्दा बढी भवन ध्वस्त भइसकेका थिए ।

सम्पूर्ण गाजा पट्टीमा यो औसत ५९.८ प्रतिशत हो । जबकि गाजा सहरको प्रशासनिक क्षेत्रमा यो ७४.२ प्रतिशत हो । घर फर्कन चाहनेहरूलई पैदलमात्र नभएर कार लिएर आउन पनि अनुमति दिइएको छ तर यसका लागि उसले अनुसन्धानको चरणबाट गुज्रिनुपर्नेछ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘ध्वस्त ठाउँ’ भनेका थिए । गाजाबाट विस्थापित प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनले आश्रय प्रदान गरून् भन्ने उनी चाहन्छन् । यसरी ठाउँ दिने काम अस्थायी पनि हुन सक्ने र दीर्घकालीन पनि हुन सक्ने उनले बताएका थिए ।

ट्रम्पको यो भनाइको हमास र प्यालेस्टिनी प्राधिकरण दुवैले निन्दा गरेका छन् । जोर्डन र इजिप्टले पनि यो प्रस्ताव अस्वीकार गरेका छन् । जर्मन विदेश मन्त्रालयले पनि यसबारे एक विज्ञप्ति जारी गरेको छ ।

जर्मनीले युरोपेली संघ, अरब सहयोगीहरू र संयुक्त राष्ट्र संघ प्यालेस्टिनीहरूलाई गाजाबाट विस्थापित गर्नु हुँदैन र गाजा स्थायी रूपमा इजरायलले कब्जा गर्न सक्दैन भन्ने मान्यता राख्दै आएको प्रस्ट पारेको छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मृत्यु भइसकेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा एक हजार २०० इजरायली मारिएका थिए भने २५१ जनालाई हमासले बन्धक बनाएको थियो ।

Tags: # बन्दी मृतक#गाजामा घर फर्किनेको लावालस्कर#प्यालेस्टाइनी समूह हमास

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

शुक्रबार अशोज १८ , २०८१
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.