×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

वाशिङटनडिसीमा प्लेन र हेलिकोप्टर ठोक्कियो, ६० यात्रु के भए ?

१७ माघ २०८१

१७ माघ,एजेन्सी ।

अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकासमै हेलिकप्टरसँग ठोकिएको छ । यो जानकारी संघीय उड्डयन प्रशासनले दिएको हो । बीबीसीका अनुसार यो विषयमा अनुसन्धान भइरहेको छ ।

दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमाथि भएको हो । रेगन एयरपोर्टले एक्समा लेखेको छ– हालका लागि सबै उडान रोकिएका छन् ।

वासिङ्टन डीसीको आपत्कालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ । त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देखिएका छन् । डीसी फायर र ईएमएस विभागका अनुसार विमान डीसी हुँदै बग्ने पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको थियो ।

एक्समा लेखेको छ– फायरबोटले नदीमा खोजिरेहका छन् । दुर्घटनामा परेको विमानमा ६० जना यात्रु सवार रहेको बताइएको छ । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।

यो दुर्घटनाको बारेमा राष्ट्रपति डोनाल्ड ट्रंपलाई जानकारी दिइएको छ । यस्तै उपराष्ट्रपति जेडी भान्सले सोशल मीडिया प्लेटफर्म ’एक्स’ मा राहत र उद्यार कार्यमा तिव्रता दिन निर्देशन दिएका छन् र मानिसहरुसंग हर सम्भव सहयोगका लागि आह्वान गरेका छन् ।

संघीय उड्डयन प्रशासनका अनुसार यो दुर्घटना त्यतिबेला भयो जब भिचिटा (कंसास) बाट रवाना भएको एक क्षेत्रीय जेट एयरपोर्ट रनवे नजिकै ल्याडिंगका क्रममा एक सैन्य ब्लाकहक हेलीकप्टरसंग ठोक्किन पुग्यो ।

यो घटनाले १३ जनवरी, १९८२ मा पोटोम्याकमा खसेको एयर फ्लोरिडाको उडानको दुर्घटना सम्झाएको छ, जसमा ७८ यात्रु मारिएका थिए । उक्त दुर्घटना खराब मौसमका कारण भएको भनिएको थियो ।

हालको दुर्घटनामा के कति मानविय क्षति भयो भन्नेमा आधिकारिक जानकारी अहिलेसम्म दिइएको छैन । यता दक्षिण सुडानमा पनि विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएका छन् ।

राजधानी जुबाका लागि उडेको विमान करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । ’विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जना मात्र बाँचेका छन्,’ गतवेच विपालले भने ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी) ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए । उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top