NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

चुम्बनले विवादमा परे उदित नारायण, भएको के थियो ?

आइतवार माघ २० , २०८१
Reading Time: 1 min read
A A
चुम्बनले विवादमा परे उदित नारायण, भएको के थियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० माघ,एजेन्सी ।

भारतीय चर्चित गायक उदितनारायण झा चुम्बन प्रकरणका कारण विवादमा तानिएका छन्। एक महिला फ्यानलाई चुम्बन गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ। भारतीय संचारमाध्यामका अनुशार ३१ जनवरी राति उदित नारायण एक कन्सर्टमा गाउँदै थिए।

त्यसपछि सेल्फी खिच्ने क्रममा एक महिला फ्यानले उनको गालामा चुम्बन गरिन्। यसपछि उदितले ती फ्यानलाई ओठमा चुम्बन गरेको भिडिओ अहिले भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा विभिन्न खाले टिप्पणी भइरहेको छ।

LS Auto

केहीले पछिल्लो प्रविधि आर्टिफिसियल इन्टलीजेन्स् एआईद्वारा भिडिओ बनाइको बताइरहेका छन् भने केहीले भने उदितको व्यवहार लज्जास्पद भन्दै टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उदितले स्पष्टीकरण नै दिनुपरेको छ।

उनले प्रतिक्रियालाई सहज रुपमा लिँदै भनेका छन् ‘फ्यानहरू धेरै क्रेजी छन्। हामी त्यस्ता होइनौँ। हामी सभ्य मान्छे हौँ। केही मानिसहरूले यसलाई प्रचार गर्छन् र यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन्।’

साथै उनले यसमा ध्यान नदिन आग्रह गरेका छन्। ‘यो कुरा भाइरल बनाएर के गर्ने? भिडमा धेरै मानिस थिए र हामीसँग अंगरक्षक पनि थिए। फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छजस्तो लाग्छ। त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन्। यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न।’

उदितनारायण हिन्दी र नेपाली गीतका कारण संगीतप्रेमीमाझ लोकप्रिय छन्।बलिउड संगीत उद्योगका सुनौलो आवाजका धनी उदितनारायण झा नेपाली माटोमा जन्मेर भारतीय संगीत क्षेत्रमा चम्केका एक बहुप्रतिभाशाली गायक हुन्।

उनको जन्म सन् १९५५ मा नेपालकै सप्तरीमा भएको थियो। नेपाली भूमि र संस्कृतिमा हुर्किएका उदितको प्रारम्भिक जीवन नेपालमै बित्यो। उनले आफ्नो संगीत यात्रा पनि नेपालबाटै सुरु गरेका थिए।

संगीतप्रति गहिरो मोह राख्ने उदितले आफ्नो करिअरको सुरुवात रेडियो नेपालबाट नेपाली गीत गाएर गरेका थिए। पछि, उनी भारतीय संगीत उद्योगमा प्रवेश गर्दै बलिउडका सुप्रसिद्ध गायक बने।उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दु, तमिल, तेलगु, मलयालम, कन्नड, ओडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पाश्र्व गायकको रूपमा गीत गाएका छन्।

उनले हालसम्म करीब ३२ भाषाहरूमा २५ हजार भन्दा बढी गीत गाएका छन्, जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन। उनले पद्म श्री पुरस्कार पाएका छन । नेपालका तत्कालिन राजा बिरेन्द्र बिर बिक्रम शाह देवबाट उनी सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहुबाट सुशोभित भएका थिए ।

साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट उनी सम्मानित भइसकेका छन् । उनको स्वरमा रहेको मिठास, भावप्रवाह र संगीतमय ऊर्जा आज पनि बलिउडदेखि नेपाली संगीत उद्योगसम्म उत्तिकै चर्चित छ।

नेपालमै जन्मिएर बलिउडमा राज गरेका उदितनारायण झा नेपाली श्रोताहरूका लागि मात्रै होइन, सम्पूर्ण नेपाली समुदायका लागि पनि गर्वको विषय बनेका छन्। उनका गीतहरू आज पनि नेपाली माटोमा उत्तिकै लोकप्रिय छन्, जसले उनको नेपालसँगको आत्मीय सम्बन्धलाई झल्काउँछ। यद्यपि बलिउडमा स्थापित भएपछि उनले आफनो जनस्थल विर्सिएको उनीमाथि आरोप लाग्ने गरेको छ ।
नेपाली गीत–संगीतप्रति लगाव राख्दै आफ्नो प्रारम्भिक जीवन नेपालमै बिताएका उदितले बलिउडमा प्रवेश गरेपछि “पापा कहते हैं बड़ा नाम करेगा“, “पहला नशा“, “मेरे ख्वाबों में जो आए“ जस्ता अजरअमर गीत दिए।

तर, नेपालमा उनको संगीत यात्रा सुरू भएको भए पनि बलिउडको सफलतापछि नेपालसँगको उनको सम्बन्ध झिनो भएको आलोचकहरू बताउँछन्। उनले गाएको पूरानो गीत मेची र काली गण्डकी कोशीले धेरैको मन छोएको थियो ।

तर, जब उनी बलिउडमा सफल भए, नेपाल फर्केर योगदान दिने अवसरमा चासो नदिएको आरोप लाग्ने गरेको छ। उनले भने आफू नेपालप्रति सधैं सम्मानभाव राख्ने बताउँदै आएका छन्।

Tags: #उदित नारायणको चुम्बन काण्ड#गायक उदितनारायण झा#चुम्बनले विवादमा परे उदित नारायण

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.