×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

चुम्बनले विवादमा परे उदित नारायण, भएको के थियो ?

२० माघ २०८१

२० माघ,एजेन्सी ।

भारतीय चर्चित गायक उदितनारायण झा चुम्बन प्रकरणका कारण विवादमा तानिएका छन्। एक महिला फ्यानलाई चुम्बन गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ। भारतीय संचारमाध्यामका अनुशार ३१ जनवरी राति उदित नारायण एक कन्सर्टमा गाउँदै थिए।

Advertisement

त्यसपछि सेल्फी खिच्ने क्रममा एक महिला फ्यानले उनको गालामा चुम्बन गरिन्। यसपछि उदितले ती फ्यानलाई ओठमा चुम्बन गरेको भिडिओ अहिले भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा विभिन्न खाले टिप्पणी भइरहेको छ।

केहीले पछिल्लो प्रविधि आर्टिफिसियल इन्टलीजेन्स् एआईद्वारा भिडिओ बनाइको बताइरहेका छन् भने केहीले भने उदितको व्यवहार लज्जास्पद भन्दै टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उदितले स्पष्टीकरण नै दिनुपरेको छ।

उनले प्रतिक्रियालाई सहज रुपमा लिँदै भनेका छन् ‘फ्यानहरू धेरै क्रेजी छन्। हामी त्यस्ता होइनौँ। हामी सभ्य मान्छे हौँ। केही मानिसहरूले यसलाई प्रचार गर्छन् र यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन्।’

साथै उनले यसमा ध्यान नदिन आग्रह गरेका छन्। ‘यो कुरा भाइरल बनाएर के गर्ने? भिडमा धेरै मानिस थिए र हामीसँग अंगरक्षक पनि थिए। फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छजस्तो लाग्छ। त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन्। यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न।’

उदितनारायण हिन्दी र नेपाली गीतका कारण संगीतप्रेमीमाझ लोकप्रिय छन्।बलिउड संगीत उद्योगका सुनौलो आवाजका धनी उदितनारायण झा नेपाली माटोमा जन्मेर भारतीय संगीत क्षेत्रमा चम्केका एक बहुप्रतिभाशाली गायक हुन्।

उनको जन्म सन् १९५५ मा नेपालकै सप्तरीमा भएको थियो। नेपाली भूमि र संस्कृतिमा हुर्किएका उदितको प्रारम्भिक जीवन नेपालमै बित्यो। उनले आफ्नो संगीत यात्रा पनि नेपालबाटै सुरु गरेका थिए।

संगीतप्रति गहिरो मोह राख्ने उदितले आफ्नो करिअरको सुरुवात रेडियो नेपालबाट नेपाली गीत गाएर गरेका थिए। पछि, उनी भारतीय संगीत उद्योगमा प्रवेश गर्दै बलिउडका सुप्रसिद्ध गायक बने।उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दु, तमिल, तेलगु, मलयालम, कन्नड, ओडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पाश्र्व गायकको रूपमा गीत गाएका छन्।

उनले हालसम्म करीब ३२ भाषाहरूमा २५ हजार भन्दा बढी गीत गाएका छन्, जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन। उनले पद्म श्री पुरस्कार पाएका छन । नेपालका तत्कालिन राजा बिरेन्द्र बिर बिक्रम शाह देवबाट उनी सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहुबाट सुशोभित भएका थिए ।

साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट उनी सम्मानित भइसकेका छन् । उनको स्वरमा रहेको मिठास, भावप्रवाह र संगीतमय ऊर्जा आज पनि बलिउडदेखि नेपाली संगीत उद्योगसम्म उत्तिकै चर्चित छ।

नेपालमै जन्मिएर बलिउडमा राज गरेका उदितनारायण झा नेपाली श्रोताहरूका लागि मात्रै होइन, सम्पूर्ण नेपाली समुदायका लागि पनि गर्वको विषय बनेका छन्। उनका गीतहरू आज पनि नेपाली माटोमा उत्तिकै लोकप्रिय छन्, जसले उनको नेपालसँगको आत्मीय सम्बन्धलाई झल्काउँछ। यद्यपि बलिउडमा स्थापित भएपछि उनले आफनो जनस्थल विर्सिएको उनीमाथि आरोप लाग्ने गरेको छ ।
नेपाली गीत–संगीतप्रति लगाव राख्दै आफ्नो प्रारम्भिक जीवन नेपालमै बिताएका उदितले बलिउडमा प्रवेश गरेपछि “पापा कहते हैं बड़ा नाम करेगा“, “पहला नशा“, “मेरे ख्वाबों में जो आए“ जस्ता अजरअमर गीत दिए।

तर, नेपालमा उनको संगीत यात्रा सुरू भएको भए पनि बलिउडको सफलतापछि नेपालसँगको उनको सम्बन्ध झिनो भएको आलोचकहरू बताउँछन्। उनले गाएको पूरानो गीत मेची र काली गण्डकी कोशीले धेरैको मन छोएको थियो ।

Advertisement

तर, जब उनी बलिउडमा सफल भए, नेपाल फर्केर योगदान दिने अवसरमा चासो नदिएको आरोप लाग्ने गरेको छ। उनले भने आफू नेपालप्रति सधैं सम्मानभाव राख्ने बताउँदै आएका छन्।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top