NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

गाजा कब्जा गर्ने ट्रम्पको खुल्ला घोषणा

बुधबार माघ २३ , २०८१
Reading Time: 1 min read
A A
गाजा कब्जा गर्ने ट्रम्पको खुल्ला घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ माघ ,एजेन्सी ।

यतिन्जेल विध्वशंको पर्याय बनेको गाजापट्टीलाई पुननिर्माण गर्न त्यहाँका प्यालेस्टाइनीहरुलाई छिमेकी मुलुकमा स्थानान्तरण गर्नुपर्ने बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले भने यो सर्वनाश गरिनुको मुल उद्येश्य स्पष्ट हुने गरी एउटा बयान दिएका छन् ।

वास्तवमा गाजापट्टी पूर्ण खाली गराउने र त्यसलाई आफ्नो नियन्त्रणमा लिने अमेरिकी उद्येश्यअनुरुप नै युद्ध छेडिएको उनको पछिल्लो बयानले संकेत गरेको छ । युद्धविरामपछि गाजापट्टी बनाउने भन्दै आएका डोनाल्ड ट्रम्प अब भने यसलाई आफ्नो कब्जामा लिने खुल्लारुपमा घोषणा गर्दैछन् ।

LS Auto

यो घोषणा उनले इजरायली प्रधानमन्त्रीका सामू नै गरेका हुन् । बेन्जामिन नेतन्याहू यतिबेला अमेरिका भ्रमणमा पुगेका छन् । नेतन्याहू नै डोनाल्ड ट्रम्पको दोस्रो कार्याकालमा पहिलो अमेरिका भ्रमण गर्ने विदेशी नेता पनि बनेका छन् ।

उनीहरुबीच ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता भएको छ । ट्रम्पको पहिलो कार्यकालमा पनि नेतन्याहू निकट सहयोगी थिए । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटघाटपछि आयोजित एक पत्रकार सम्मेलनमा, ट्रम्पले गाजा पट्टीमा दीर्घकालीन अमेरिकी स्वामित्व (कब्जा) को सम्भावनाको कल्पना गरेका हुन्, जसले मध्यपूर्वमा स्थिरता ल्याउने र रोजगारी सिर्जना गर्ने दाबी गरे ।

ट्रम्पले भने, ‘मलाई लाग्दैन कि मानिसहरू फर्कनु पर्छ। तपाईं अहिले गाजामा बस्न सक्नुहुन्न । हामीलाई अर्को स्थान चाहिन्छ । मलाई लाग्छ कि यो त्यस्तो स्थान हुनुपर्छ जसले मानिसहरूलाई खुशी पार्नेछ।’

उनले यसअघि पनि छिमेकी देशहरूले विस्थापितलाई शरण दिएर गाजा पूर्ण रूपमा खाली गर्नुपर्ने तर्क गरिसकेका थिए । इजिप्ट, जोर्डन र मध्यपूर्वमा रहेका अन्य अमेरिकी सहयोगीहरूले ट्रम्पलाई गाजाका २० लाखभन्दा बढी प्यालेस्टिनीहरूलाई स्थानान्तरण गर्दा मध्यपूर्वको स्थिरतामा खतरा हुने चेतावनी दिएका छन् ।

तैपनि, ट्रम्पले प्यालेस्टिनीहरूसँग गाजा (ठूलो भग्नावशेषको थुप्रो) छोड्नु बाहेक कुनै विकल्प नभएकोमा जोड दिएका छन् । गत हप्ता, इजिप्ट र जोर्डनले गाजाका मानिसहरूलाई पुनर्वास गर्ने ट्रम्पको आह्वानलाई अस्वीकार गरेका थिए ।

नेतान्याहूसँगको भेटमा, ट्रम्पले इजिप्ट, जोर्डनसहित अन्य देशहरू प्यालेस्टिनीलाई स्वीकार गर्न सहमत हुने विश्वास व्यक्त गरे । ट्रम्पले गाजा क्षेत्रको स्वामित्व लिने र त्यहाँ रहेका खतरनाक बमहरू नष्ट गरेर आर्थिक विकास गर्ने योजना अघि बढाउने बताए ।

सो अवसरमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक सम्झौताको दोस्रो चरणसम्म पुर्याउन प्रयास गर्ने बताए । राष्ट्रपति ट्रम्पले हमास र इजरायल बीचको युद्धविराम सम्झौताको भविष्यमाथि अनिश्चितता व्यक्त गरे ।

उनले भने, ‘युद्धविराम कायम रहन्छ कि रहँदैन भनेर म भन्न सक्दिन । मलाई लाग्छ, हामीले धेरै कुशल काम गरेका छौं। बाइडेन प्रशासनले हामीलाई धेरै सहयोग गरेन, म तपाईंलाई भन्न सक्छु, तर हामीले धेरै बन्धकहरूलाई बाहिर निकालेका छौं। हामी धेरै बाहिर निकाल्नेछौँ। तर हामी धेरै अफट्यारा मानिस (हमास) सँग व्यवहार गरिरहेका छौं।’

ट्रम्पको दोस्रो कार्यकालको पहिलो विदेशी नेताको भ्रमणका लागि नेतान्याहू अमेरिकामा छन् । इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायललाई आफ्ना सबै युद्ध लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

नेतान्याहूले गाजामा रहेका बाँकी बन्धकहरूलाई फिर्ता ल्याउने, हमासको क्षमतालाई नष्ट गर्ने र उक्त क्षेत्रले इजरायललाई खतरा नबनाउने सुनिश्चित गर्ने इजरायलको उद्देश्य दोहो¥याए । उनले ट्रम्पको तारिफ गर्दै भने, ‘तपाईं ह्वाइट हाउसमा इजरायलको अहिलेसम्मकै सबैभन्दा ठूलो साथी हुनुहुन्छ।’

प्यालेस्टिनीहरूलाई गाजाबाट स्थायी रूपमा स्थानान्तरण गर्ने ट्रम्पको पूर्ववत् सुझावको निरन्तरता हो, जसलाई साउदीसहित अन्य अरब राष्ट्रहरूले अस्वीकार गरेका छन्। इजरायली प्रधानमन्त्री नेतान्याहूले गाजामा अमेरिकाले दीर्घकालीन स्वामित्व लिने सम्भावनाको बारेमा राष्ट्रपति ट्रम्पको समर्थन गरेका छन् ।

गाजाबाट खतरा नहोस् भन्ने इजरायलको युद्ध उद्देश्यलाई औंल्याउँदै नेतान्याहूले भने, ‘राष्ट्रपति ट्रम्पले यसलाई धेरै उच्च स्तरमा लैजाँदै हुनुहुन्छ । उहाँले त्यो भूमिको टुक्राको लागि फरक भविष्य देख्नुहुन्छ जुन यति धेरै आतंकवादको केन्द्रबिन्दु बनेको छ। मलाई लाग्छ यसमा ध्यान दिनु उचित छ। हामी यसको बारेमा कुरा गर्दैछौं।’

यसबीच राष्ट्रपति ट्रम्पले गाजा र मध्यपूर्वका अन्य क्षेत्रहरूको भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताएका छन्। उनले भने, ‘मलाई इजरायल मनपर्छ। म त्यहाँ भ्रमण गर्नेछु, र म गाजा भ्रमण गर्नेछु, र म साउदी अरेबिया भ्रमण गर्नेछु, र म मध्य पूर्वका अन्य ठाउँहरूको भ्रमण गर्नेछु। मध्य पूर्व एक अविश्वसनीय ठाउँ हो, यति जीवन्त–यो महान मानिसहरू भएको साँच्चै सुन्दर ठाउँहरू मध्ये एक हो।’

उनले गाजा कब्जा गर्ने कुरा बताउँदै अमेरिकी सेना पठाउने कुरा अस्वीकार गर्न नसकिने तर्क समेत गरे। यो घोषणाले मध्यपूर्वको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याउन सक्छ । प्यालेस्टिनी अधिकार र गाजाको सार्वभौमताको प्रश्नलाई पुनः उठाइएको छ, जसले शान्ति प्रक्रियामा नयाँ चुनौतीहरू थप्न सक्छ ।

Tags: #गाजा कब्जा गर्ने ट्रम्पको खुल्ला घोषणा#ट्रम्पको खुल्ला घोषणा

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
ताजा समाचार

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.