×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

९ महिनादेखि युक्रेनमा रहेका २ नेपालीको उद्धार, कसरी संभव भयो?

२४ माघ २०८१

२४ माघ , एजेन्सी।

रुस र युक्रेनको ३ वर्षलामो युद्धको बीचमा युक्रेनी सेनाको नियन्त्रणमा रहेका दुई नेपालीको उद्धार गरिएको छ । विगत ९ महिनादेखि युक्रेनी सेनाको नियन्त्रणमा रहेका २ नेपालीको उद्धार गरिएको हो । भारतको नयाँ दिल्लीस्थित एक शैक्षिक परामर्श केन्द्रमार्फत ३ महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा उद्धार गरिएको हो ।

उनीहरूलाई युक्रेनको लागि श्रीलंकन अनरी काउन्सिलर किरिल कार्नेटको रोहवरमा माल्दोवा बोर्डरमा लगेर बुधबार छोडिदिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले पनि यसको पुष्टि गरेका छन् ।उनका अनुसार दलालको प्रलोभनमा परी उनीहरू नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए ।

‘दलालको प्रलोभनमा परेर युक्रेन पुगी विगत ९ महिनादेखि त्यहाँको सेनाको नियन्त्रणमा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको खबर सुनाउन पाउँदा खुशी लागेको छ,’ एनआरएनको आधिकारिक फेसबुक पेजमा केसीले भनेका छन्, ‘नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा हुनुहुन्थ्यो।’

केसीका अनुसार गत मे महिनादेखि उनीहरू युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए । अब माल्दोवाबाट गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको फलाइट नम्बर टीके२७४ मार्फत शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने केसीले जानकारी दिए । उनीहरूको उद्धारका लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँललगायतको भूमिका रहेको छ । यस्तै उनीहरूको उद्धारका लागि गैरआवासीय नेपाली संघका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आईसीसी सदस्य चिरन शर्मा र संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत रहेका छन् ।

यसैबीच युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अब आफू रुससंग वार्ता गर्न चाहेको बताएका छन् । रुससँगको युद्धमा अहिलेसम्म ४५ हजार १ सय युक्रेनी सैनिकको मृत्यु भइसकेको पनि बताएका छन् । मंगलबार उनले ३ लाख ९० हजार सैनिक घाइते भएका पनि बताए ।

एक युट्युब अन्तर्वार्तामा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्यका लागि आफू वार्ता गर्न पनि तयार भएको बताएका छन् । जेलेन्स्कीले भने, ’यो युक्रेनमा शान्ति ल्याउने एक मात्र उपाय हो भने हाम्रो देशले अवश्य अपनाउनेछ ।

यद्यपि वार्ताको टेबलमा म पुटिनप्रति धेरै निर्दयी हुनेछु । साँच्चै भन्ने हो भने म उसलाई शत्रु मान्छु।’ जेलेन्स्कीले तीन वर्ष बितिसक्दा पनि युद्धको मोर्चामा अझै द्वन्द्व चर्किरहेको बताएका छन् । २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धले तीन वर्ष पूरा गर्दै छ ।

जेलेन्स्कीले उक्त अन्तर्वार्तामा आफू वार्ताको दिशामा अघि बढे यसमा अमेरिका र युरोपलाई पनि समावेश गर्नुपर्ने बताएका छन् । ’हामी युक्रेनी भूमिहरूमा कुनै पनि रूसी कब्जालाई मान्यता दिने छैनौं,’ उनले भने, ’रुसलाई हाम्रो माटोबाट धपाउन पश्चिमी देशबाट पर्याप्त समर्थन पाउन सकिएन।’

जेलेन्स्कीका अनुसार सन् २०२२ यता ३ लाख ५० हजार बढी रुसी मारिएका छन् भने ७ लाख घाइते वा बेपत्ता भएका छन् । तर, यी तथ्याङ्कको पुष्टि हुन भने सक्दैन । अर्कोतर्फ पुटिनले जेलेन्स्कीसँग कुरा गर्न अस्वीकार गरिसकेका खबरहरू पनि बाहिरिएका छन् ।

जेलेन्स्कीले रुसमाथि लगाइएको प्रतिबन्ध हटाउन नचाहेको पनि उक्त अन्तर्वार्तामा खुलस्त पारे । भविष्यमा फेरि आक्रमणको जोखिम बढाउने भन्दै उनले आफ्नो टोली वाशिंगटनका शीर्ष युक्रेनी अधिकारी किथ केलोग र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग सम्पर्कमा रहेको जानकारी दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग दुई युद्धमा सहयोगको बदलामा ’रेयर अर्थ मेटिरियल’ का लागि सम्झौता गर्ने कुरा यसअघि नै गरिसकेका छन् । ट्रम्पले भने, ’अमेरिकाले युक्रेनलाई आफ्ना युरोपेली सहयोगीभन्दा बढी सैन्य र आर्थिक सहायता पठाइसकेको छ।’

युद्ध सुरु भएदेखि नै अमेरिकाले युक्रेनलाई करिब ६३ अर्ब डलर सहयोग गरिसकेको जनाएको छ । आफ्नो चुनावी अभियानमा पनि ट्रम्पले युक्रेन युद्ध एकै दिनमा अन्त्य गर्ने बताएका थिए । यद्यपि उनले युद्ध अन्त्यबारे चासो भने देखाएका छैनन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top