×

NEPAL TIMES UPDATES

Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026

आज दाल दिवसः दाल खाँदा फाइदै फाइदा

२८ माघ २०८१

२८ माघ , काठमाण्डौ।

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदै छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनको रुपमा खाने गर्दछन् । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन थालिएको हो ।

Advertisement
Advertisement

खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ । हामीले उपभोग गर्ने दाल र दालजन्य गेडागुडीहरू वनस्पतिक प्रोटिनको प्रमुख स्रोत भएको र नियमित मासु खान नसक्ने आर्थिक अवस्था कमजोर भएका वर्गले पनि उपभोग गर्न सक्ने भएकोले यसलाई ‘गरिबको लागि मासु’ पनि भन्ने गरिन्छ ।

उदाहरणको लागि भटमासमा ४५ प्रतिशतसम्म प्रोटिन पाइन्छ । प्रोटिनको अलावा मसुरो, रहर, मास, भट्मास, सिमी, चना, मुँग, केराउ लगायतका दालजन्य गेडागुडीमा क्यालसियम, पोटासियम, फोलेट, जिङ्क, फलाम र म्यानेसियमलगायतका खनिज पदार्थ र वि १, वि २ र वि ३ भिटामिनहरू पाइने भएकाले दालको उपभोगले बालबालिका र युवायुवतीको शारीरिक र बौद्धिक विकासमा प्रत्यक्ष योगदान पु¥याउँछ ।

साथै यी पोषक तत्वको साथै दालमा पाइने हुँदा फाइवरले शरीरमा कोलेस्टोरलको मात्रा घटाउन, रगतमा चिनीको मात्रा कम गर्न तथा पाचन प्रणालीलाई तन्दुरुस्त राख्न समेत मद्दत पु¥याउने हुँदा पोषण र स्वास्थ्यका दृष्टिले दाल र दालजन्य गेडागुडी निकै महत्वपूर्ण मानिन्छन् ।

दालजन्य बाली र यसका उप उत्पादनहरू पशुपन्छीको दानाको रूपमा पनि उपयोग गरिन्छ र व्यवसायिक पशुपालनको क्रम बढेसँगै भटमास लगायतका दालबालीका उत्पादन दानाको प्रयोग हुने क्रम बढेको पाइन्छ ।

दालजन्य बालीहरू माटोको उर्वराशक्ति व्यवस्थापन गर्न र जलवायु परिवर्तनको असर कम गर्नमा पनि उपयोगी छन् ।  यस्ता बालीहरूले वायुमण्डलमा रहेको नाइट्रोजन तत्व स्थिरीकरण गरी माटोमा नाइट्रोजनको मात्रा बढाउँछ ।

नाइट्रोजनयुक्त रासायनिक मलको प्रयोग कम गरी उत्पादन लागत घटाउन दालजन्य बालीको खेतीले मद्दत पुग्छ । रासायनिक मलको प्रयोगको कारणले हुने हानिकारक हरितगृह ग्याँसको उत्सर्जन कम गर्नमा समेत मद्दत पु¥याउँछन् भने माटोको स्वास्थ्य सुधारमा समेत योगदान पु¥याउँछन् ।

त्यसैगरि यी बालीहरूलाई धान, मकै, गहुँ लगायतका बालीहरूको तुलनामा कम पानी आवश्यक पर्ने भएकोले सिँचाई सुविधा नभएको क्षेत्र तथा पानी कम पर्ने क्षेत्रमा पनि अन्य बालीको तुलनामा सफलतापूर्वक खेती गर्न सकिन्छ ।

अन्य बालीसँग मिश्रित र एकल बालीको रूपमा तथा छापो बालीको रूपमा यसको खेती गरिँदा यी बालीहरूले जमिन ढाकिराख्ने भएकाले भूक्षय कम गर्नुको साथै जमिनमा चिस्यान कायम राख्नमा सहयोग पुग्छ । जमिनमा बायोमास थप गरी माटोको उर्वराशक्ति र गुण सुधारमा समेत मद्दत पुग्छ भने कार्बन उत्सर्जन कम गर्न र कार्बन सञ्चितीकरणमा समेत योगदान गर्छन् ।

विभिन्न प्रकारका दाल बालीको खेती गर्दा कृषि जैविक विविधता संरक्षणमा मद्दत पुग्नुको साथै बालीमा लाग्ने विभिन्न रोग तथा किराहरूको प्रकोप कम हुन्छ । दाल र दालबालीको बहुआयामिक महत्वलाई दृष्टिगत गरी संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष फेब्रुअरी १० लाई विश्व दाल दिवसको रूपमा मनाउन सुरु गरिएको छ ।

यो दिवस मनाउनुको मूल उद्देश्य दालको महत्वबारे प्रचारप्रसार गरी उत्पादक कृषक र आम उपभोक्ताको सचेतना अभिवृद्धि गर्नु हो । साथै सम्बद्ध सरोकारवालाबीच यस्तो बाली प्रवद्र्धनको आवश्यकता र अवसर एवं विद्यमान समस्या र तिनको समाधानको उपायबारे अन्तरक्रिया एवं विमर्श गरी यसको खेती र उपभोग बढाउन मद्दत गर्नु हो ।

यस्तै दाल नेपाली भान्साको एक अभिन्न अंग रहिआएको छ । तर नेपालमा दालको उपभोग बढेको भए पनि अपेक्षित रूपमा दालबालीको खेती र उत्पादन बढ्न सकेको छैन । पछिल्लो दश वर्षको तथ्याङ्क हेर्दा दालबाली खेती हुने क्षेत्रफल करिब उस्तै रहेको तर उत्पादन सामान्य रूपले वृद्धि हुँदै आएको पाइन्छ ।

नेपालमा खेती गरिने क्षेत्रफलको करिब १० प्रतिशत जमिनमा दालबाली खेती गरिन्छ । केही दशक अघिसम्म हामी दाल बालीको उत्पादनमा प्रायः आत्मनिर्भर थियौं । पछिल्ला दशकहरूमा मागमा भएको वृद्धिको तुलनामा उत्पादन वृद्धि हुन नसक्दा अहिले हामी विभिन्न प्रकारका दाल एवं दालजन्य वस्तु आयात गर्नु परेको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा नेपालले करिब २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको दालजन्य पदार्थ आयात गरेको तथ्याङ्क छ। यस्तै आर्थिक वर्ष २०७७÷७८ मा दालको निर्यात करिब ५६ करोड रुपैयाँमा सीमित रह्यो, जुन आर्थिक वर्ष २०७५÷७६ मा १ अर्ब ३० करोड रुपैयाँ थियो।

Advertisement

दालबालीको खेती गर्ने क्रम घट्दै जाँदा कतिपय दालबाली एवं रैथाने जातहरू नै लोप हुने खतरा समेत बढेको छ । विगतमा पाखो बारीमा सफलतापूर्वक उत्पादन गरिने मास, गहत, विभिन्न प्रकारका भटमास एवं सिमी, मस्याङ लगायतका दालबालीको खेती उल्लेख्य रूपले घटेको पाइन्छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top