आज दाल दिवसः दाल खाँदा फाइदै फाइदा

२८ माघ , काठमाण्डौ।

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदै छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनको रुपमा खाने गर्दछन् । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन थालिएको हो ।

खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ । हामीले उपभोग गर्ने दाल र दालजन्य गेडागुडीहरू वनस्पतिक प्रोटिनको प्रमुख स्रोत भएको र नियमित मासु खान नसक्ने आर्थिक अवस्था कमजोर भएका वर्गले पनि उपभोग गर्न सक्ने भएकोले यसलाई ‘गरिबको लागि मासु’ पनि भन्ने गरिन्छ ।

Advertisement

उदाहरणको लागि भटमासमा ४५ प्रतिशतसम्म प्रोटिन पाइन्छ । प्रोटिनको अलावा मसुरो, रहर, मास, भट्मास, सिमी, चना, मुँग, केराउ लगायतका दालजन्य गेडागुडीमा क्यालसियम, पोटासियम, फोलेट, जिङ्क, फलाम र म्यानेसियमलगायतका खनिज पदार्थ र वि १, वि २ र वि ३ भिटामिनहरू पाइने भएकाले दालको उपभोगले बालबालिका र युवायुवतीको शारीरिक र बौद्धिक विकासमा प्रत्यक्ष योगदान पु¥याउँछ ।

साथै यी पोषक तत्वको साथै दालमा पाइने हुँदा फाइवरले शरीरमा कोलेस्टोरलको मात्रा घटाउन, रगतमा चिनीको मात्रा कम गर्न तथा पाचन प्रणालीलाई तन्दुरुस्त राख्न समेत मद्दत पु¥याउने हुँदा पोषण र स्वास्थ्यका दृष्टिले दाल र दालजन्य गेडागुडी निकै महत्वपूर्ण मानिन्छन् ।

Advertisement

दालजन्य बाली र यसका उप उत्पादनहरू पशुपन्छीको दानाको रूपमा पनि उपयोग गरिन्छ र व्यवसायिक पशुपालनको क्रम बढेसँगै भटमास लगायतका दालबालीका उत्पादन दानाको प्रयोग हुने क्रम बढेको पाइन्छ ।

दालजन्य बालीहरू माटोको उर्वराशक्ति व्यवस्थापन गर्न र जलवायु परिवर्तनको असर कम गर्नमा पनि उपयोगी छन् ।  यस्ता बालीहरूले वायुमण्डलमा रहेको नाइट्रोजन तत्व स्थिरीकरण गरी माटोमा नाइट्रोजनको मात्रा बढाउँछ ।

नाइट्रोजनयुक्त रासायनिक मलको प्रयोग कम गरी उत्पादन लागत घटाउन दालजन्य बालीको खेतीले मद्दत पुग्छ । रासायनिक मलको प्रयोगको कारणले हुने हानिकारक हरितगृह ग्याँसको उत्सर्जन कम गर्नमा समेत मद्दत पु¥याउँछन् भने माटोको स्वास्थ्य सुधारमा समेत योगदान पु¥याउँछन् ।

त्यसैगरि यी बालीहरूलाई धान, मकै, गहुँ लगायतका बालीहरूको तुलनामा कम पानी आवश्यक पर्ने भएकोले सिँचाई सुविधा नभएको क्षेत्र तथा पानी कम पर्ने क्षेत्रमा पनि अन्य बालीको तुलनामा सफलतापूर्वक खेती गर्न सकिन्छ ।

अन्य बालीसँग मिश्रित र एकल बालीको रूपमा तथा छापो बालीको रूपमा यसको खेती गरिँदा यी बालीहरूले जमिन ढाकिराख्ने भएकाले भूक्षय कम गर्नुको साथै जमिनमा चिस्यान कायम राख्नमा सहयोग पुग्छ । जमिनमा बायोमास थप गरी माटोको उर्वराशक्ति र गुण सुधारमा समेत मद्दत पुग्छ भने कार्बन उत्सर्जन कम गर्न र कार्बन सञ्चितीकरणमा समेत योगदान गर्छन् ।

विभिन्न प्रकारका दाल बालीको खेती गर्दा कृषि जैविक विविधता संरक्षणमा मद्दत पुग्नुको साथै बालीमा लाग्ने विभिन्न रोग तथा किराहरूको प्रकोप कम हुन्छ । दाल र दालबालीको बहुआयामिक महत्वलाई दृष्टिगत गरी संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष फेब्रुअरी १० लाई विश्व दाल दिवसको रूपमा मनाउन सुरु गरिएको छ ।

यो दिवस मनाउनुको मूल उद्देश्य दालको महत्वबारे प्रचारप्रसार गरी उत्पादक कृषक र आम उपभोक्ताको सचेतना अभिवृद्धि गर्नु हो । साथै सम्बद्ध सरोकारवालाबीच यस्तो बाली प्रवद्र्धनको आवश्यकता र अवसर एवं विद्यमान समस्या र तिनको समाधानको उपायबारे अन्तरक्रिया एवं विमर्श गरी यसको खेती र उपभोग बढाउन मद्दत गर्नु हो ।

यस्तै दाल नेपाली भान्साको एक अभिन्न अंग रहिआएको छ । तर नेपालमा दालको उपभोग बढेको भए पनि अपेक्षित रूपमा दालबालीको खेती र उत्पादन बढ्न सकेको छैन । पछिल्लो दश वर्षको तथ्याङ्क हेर्दा दालबाली खेती हुने क्षेत्रफल करिब उस्तै रहेको तर उत्पादन सामान्य रूपले वृद्धि हुँदै आएको पाइन्छ ।

नेपालमा खेती गरिने क्षेत्रफलको करिब १० प्रतिशत जमिनमा दालबाली खेती गरिन्छ । केही दशक अघिसम्म हामी दाल बालीको उत्पादनमा प्रायः आत्मनिर्भर थियौं । पछिल्ला दशकहरूमा मागमा भएको वृद्धिको तुलनामा उत्पादन वृद्धि हुन नसक्दा अहिले हामी विभिन्न प्रकारका दाल एवं दालजन्य वस्तु आयात गर्नु परेको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा नेपालले करिब २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको दालजन्य पदार्थ आयात गरेको तथ्याङ्क छ। यस्तै आर्थिक वर्ष २०७७÷७८ मा दालको निर्यात करिब ५६ करोड रुपैयाँमा सीमित रह्यो, जुन आर्थिक वर्ष २०७५÷७६ मा १ अर्ब ३० करोड रुपैयाँ थियो।

दालबालीको खेती गर्ने क्रम घट्दै जाँदा कतिपय दालबाली एवं रैथाने जातहरू नै लोप हुने खतरा समेत बढेको छ । विगतमा पाखो बारीमा सफलतापूर्वक उत्पादन गरिने मास, गहत, विभिन्न प्रकारका भटमास एवं सिमी, मस्याङ लगायतका दालबालीको खेती उल्लेख्य रूपले घटेको पाइन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top