NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि….. बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने बुधबार कार्तिक १२ , २०८२
सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बुधबार कार्तिक १२ , २०८२
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
Next
Prev

समाचार

अमेरिकाबाट देश निकालामा पर्ने नेपालीहरुको संख्या बढ्यो

शुक्रबार फाल्गुन २ , २०८१
Reading Time: 1 min read
A A
१०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा झारिदियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ फागुन , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी सम्बन्धी कठोर नीतिका कारण विश्वभरका आप्रवासीहरु देशनिकालामा परिरहेका बेला यसको सन्त्रासमा नेपालीहरु पनि परेका छन् । अहिलेसम्म ट्रम्पको आप्रवासन नीतिका कारण नेपालीलाई देश निकाला गरिएको पुष्टि नभएपनि उनको कार्यकाल सुरु भएपछि भने अमेरिकाबाट २२ नेपाली देशनिकाला भएका छन् ।

ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु या त जनवरी २० अघि नै देशनिकालाको प्रकृयामा रहने क्रममा ट्राभल डकुमेन्टहरु बनाइसकेका या त अद्यावधिक पासपोर्ट नरहेका नेपालीहरु रहेका छन् ।

LS Auto

जनवरी २० पछि कुनै नेपालीलाई अमेरिकाबाट देशनिकालाका लागि ट्राभल डकुमेन्ट बनाउनका लागि आइसमार्फत कुनै अनुरोध नआएको वासिंटन डिसीमा रहेको नेपाली दूतावासले जनाएको अमेरिकास्थित नेपाली संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

देशनिकालामा पर्ने कुनै नेपालीको पासपोर्ट नभएको खण्डमा वा पासपोर्टको म्याद सकिएको खण्डमा अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन आइसले दूतावास समक्ष ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ ।

२२ जनवरी २०२५ पछि अमेरिकाबाट नेपालमा डिपोर्ट भएर आउनेहरुको संख्यामा विगतको तुलनामा बृद्धि भएको नेपालको अध्यागमन विभागका अधिकारीहरुले बताएका छन् । २२ जनवरी देखि ३० जनवरीसम्म अमेरिकाबाट ८ जना नेपालीहरु देशनिकाला भएर नेपाल आएको र फेबु्रअरी १ देखि ९ सम्ममा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या १४ रहेको त्रिभुवन विमानस्थलमा रहेको नेपालको अध्यागमन कार्यालयले जनाएको छ ।

देशनिकाला भएर आउने नेपालीहरुलाई आइसले नेपालको अध्यागमनमा बुझाउनका लागि पत्र दिने गरेको र उक्त पत्रका आधारमा आफूहरुले तथ्यांक राख्ने गरेको अध्यागमन कार्यालयका अधिकारीको भनाई छ ।

अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक नेपालले सहज रुपमा नै स्वीकार गर्दै आएको छ । सोही अनुरुप वासिंटन डिसीमा रहेको नेपाली दूतावासले पनि आइसबाट अनुरोध आएको खण्डमा सहज रुपमा नै अमेरिकाबाट देशनिकाला हुने नेपाली नागरिकको ट्राभल डकुमेन्ट सहज रुपमा नै बनाइदिदै आएको छ ।

दूतावासले तोकिएको शुल्क लिएर नै ट्राभल डकुमेन्ट बनाइदिने गरेको र उक्त शुल्क आइसले तिर्ने गरेको जनाइएको छ । देशनिकालामा पर्ने नेपालीहरुको म्यादसहितको पासपोर्ट भएमा भने आइसले दूतावासमा कुनै जानकारी नदिई त्यस्ता व्यक्तिलाई देशनिकाला गर्ने गरेको छ ।

त्यस्ता नेपालीबारे आइसले नेपालको अध्यागमन विभागलाई भने देशनिकाला हुने आप्रवासीलाई प्रदान गरिने पत्रमार्फत जानकारी प्रदान गर्ने गरेको छ । बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकाबाट आइसमार्फत १३० जनालाई डिपोर्ट गरेको आइसले जनाएको छ ।

पक्राउ पछि आइसले विमानमार्फत देशनिकाला गरेका नेपालीहरु आर्थिक बर्ष २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जना गरी कुल १३० जना रहेका थिए । अघिल्लो ट्रम्पकालको ४ बर्षमा ३५० जना नेपालीहरुलाई आइसमार्फत देशनिकाला गरिएको थियो ।

आइसका अधिकारीहरू आप्रवास नियन्त्रण कारबाहीलाई तीव्र बनाउन दबाबमा परेको एनबीसी न्युजले उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो हप्तामा अपेक्षाभन्दा कम आप्रवासीहरू देश निकाला भएको भन्दै असन्तुष्टी जनाएका छन्।

यसैले उनले थप व्यक्तिहरूलाई निष्कासन गर्नुपर्नेमा जोड दिइरहेका छन्। एनबीसी न्युजले भनेको छ, अपेक्षित संख्यामा आप्रवासीहरू निष्कासन नभएपछि राष्ट्रपति ट्रम्प रिसाएका छन् । यो सन्देश “बोर्डर जार“ टम होमन, होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएम, ह्वाइट हाउस उपप्रमुख स्टेफन मिलर र आइसका कार्यवाहक निर्देशक कालेब भिटेलो सम्म पुगेको छ।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईका अनुसार, “बाइडेन प्रशासनको चार वर्षको अक्षमता र लापरवाहीपछि, ट्रम्प प्रशासनले आप्रवासन कानुनको कडाइका साथ कार्यान्वयन पुनःस्थापना गरेको छ।

अपराधी, हिंस्रक र गिरोहमा संलग्न अवैध आप्रवासीहरूको सयौं संख्यामा पहिचान गरी देश निकाला गरिसकिएको छ। निर्देशक कालेब भिटेलोले आइस एजेन्टहरूलाई दैनिक १,२०० देखि १,४०० गिरफ्तार गर्ने लक्ष्य तोकेको बताएका छन्।

तर आइसले सार्वजनिक गरेको डेटा अनुसार ट्रम्पको सपथ ग्रहणपछि अहिलेसम्मको उच्चतम दैनिक पक्राउ संख्या १,१०० मात्र रहेको छ। ट्रम्पले उद्घाटन समारोहमा गरेको “लाखौं लाख“ आप्रवासीहरू निष्कासन गर्ने वाचा पूरा गर्न प्रशासनले दैनिक २,७०० आप्रवासीहरू देश निकाला गर्नुपर्ने हुन्छ।

तर गिरफ्तार गरिएकाहरुलाई तुरुन्तै हिरासतमा लिइने वा निष्कासन गर्न सकिने छैन् । ट्रम्प प्रशासनको पहिलो दुई हप्तामा ८,००० भन्दा बढी आप्रवासी पक्राउ परेका थिए, तर तीमध्ये ४६१ जना रिहा गरिएको ह्वाइट हाउसले जनाएको छ।

Tags: #२२ नेपाली देश निकाला#अमेरिकाबाट देश निकाला#अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

लोकप्रीय

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

विचार

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

थप समाचार

आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..
ताजा समाचार

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने
ताजा समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

हालका पोस्टहरू

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.