×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

नेटोमा सामेल नगर्ने भएपछि बिच्किए जेलेन्स्की

४ फाल्गुन २०८१

४ फागुन , एजेन्सी ।

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले आफूमाथि हमला जारी राखेको रुसले अब युरोपका अन्य देशहरुमा पनि हमला गर्न लागेको दाबी गरेका छन् । यसका लागि उनले युरोपलाई एक हुन र एउटा बलियो संयुक्त सेना बनाउन पनि अपिल गरेका छन् ।

म्यूनिख सुरक्षा सम्मेलनमा आफ्नो सम्बोधनका क्रममा जेलेंस्कीले आशंका जनाउँदै अमेरिकाले यूरोपका यी मुद्याहरुमा वेवास्था गर्न सक्ने पनि भनेका छन् । यदी यस्तो भयो भने यूरोपको सुरक्षाका लागि गंभीर खतरा उत्पन्न हुने उनले बताएका छन् ।

जेलेंस्कीले दाबी गर्दै आफूलाई आफ्नो गुप्तचर एजेंसीबाट सूचना प्राप्त भएको जसमा रूसले आउँदो गर्मीमा नै यूरोपलाई निशाना बनाउने तैयारी गरिरहेको भनेका छन् । यूक्रेनी राष्ट्रपतिले भने, ’मलाई विश्वास छ कि यूरोपका लागि अब आफ्नो स्वयंको सशस्त्र सेना बनाउने समय आएको छ ।

ईमानदारीपूर्वक भन्छु, अब हामीले यो कुराबाट पन्छिन हुँदैन कि अमेरिकाले यी ती कुराहरुमा नाइ भन्छ, जुन उसका लागि खतरा उत्पन्न गर्न सक्छन्’ । मीडिया रिपोट्र्सका अनुसार, जेलेंस्कीले जोड दिएर भने कि ’यूरोपले एकजुट हुन र एक समान विदेश र रक्षा नीति बनाउन आवस्यक छ ।

जसले अमेरिकालाई देखाओस् कि यो ब्लक आफ्नो सुरक्षाका बारेमा गंभीर छ । उनले भने, ’यूरोपसंग त्यो सबै कुरा छ जसको उसलाई आवस्यक पर्छ । यसलाई मात्रै एक साथ मिलेर काम गर्न आवस्यक छ ताकि कसैले पनि यसलाई ’नाई’ भन्न नसकोस, यसमाथि हुकुम चलाउन नसकोस वा यसलाई सजिलैसंग हराउन नसकोस’ ।

जेलेंस्कीले दाबी गरे कि रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो सशस्त्र बलहरुमा १ लाख ५० हजार सैनिकहरुलाई भर्ती गरिरहेका छन्, जुन अधिकांश यूरोपीयन सेनाहरु भन्दा पनि ठुलो आंकडा हो । रूसमा हरेक साता सेना भर्ती कार्यालय खुलिरहेका छन् ।

यूक्रेनी राष्ट्रपतिले भने कि उनको गुप्तचर सेवाहरुसंग ’स्पष्ट गोप्य जानकारी छ कि यो गर्मीमा नै रूसले प्रशिक्षण अभ्यासका बाहानामा बेलारूसमा सेना पठाउने योजना बनाइरहेको छ’ । उनले भने यो यूरोपेली देशहरु विरुद्धको अभियानको शुरुवात हुनसक्छ ।

जेलेन्स्कीले यस्तो दाबी गरिरहँदा नेटोको सैन्य समितिका अध्यक्ष एडमिरल ग्यूसेप क्याभो ड्रयागनले भने अहिले उनीसंग यसलाई पुष्टी गर्ने जानकारी नभएको बताएका छन । यता आफ्नो भाषणमा, जेलेंस्कीले रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई झूटो करार गरेका छन् र भनेका छन् कि उनले सहिरुपमा सुरक्षा ग्यारेन्टी दिन सक्दैनन् ।

उनले अगाडि भने, ’हाम्रो सहभागिता विना, हाम्रो पिठ्युँ पछाडी गरिएका सम्झौताहरुलाई यूक्रेनले कहिले पनि स्वीकार गर्दैन’ । जेलेंस्कीले जोड दिएर भने कि यूक्रेनको उत्तरी अटलांटिक संधि गठबंधन (नेटोमा) भविष्य छ ।उनको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र अमेरिकी रक्षा मंत्री पीट हेगसेथको बयानहरु पछि आएको हो ।

जसमा उनीहरुले यूक्रेनलाई नेटोमा सामेल गर्न अस्वीकार गरेका छन् । उनले थप भने, कि रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई मस्कोमा ९ मे मा द्वितीय विश्व युद्धको विजय वर्षगांठ परेडमा एक सम्मानित नेताका रूपमा होइन बरु आफ्नो प्रदर्शनमा एक सहायकका रूपमा लैजाने प्रयास गर्नेछन् ।

यसअघि, जर्मन चान्सलर ओलाफ शोल्जले युक्रेनको सार्वभौमिकता रक्षा गर्न अमेरिका र यूरोपबीचको साझा प्रतिबद्धताको प्रशंसा गरेका थिए। तर, उनले ट्रंपको नयाँ राजनीतिक रणनीतिलाई लिएर आपत्ति जनाए।

शोल्जले दक्षिणपन्थी प्रवृत्तिहरूको कडा विरोध गर्दै भने, “हामी लोकतन्त्रमा हस्तक्षेप गर्ने तत्वहरूलाई स्वीकार गर्न सक्दैनौं।“ ट्रंपको नीतिले यूरोपमा हलचल ल्याएको छ भने जेलेंस्कीको चेतावनीले साझा यूरोपीय सैन्य बल निर्माणको बहसलाई पुनः ताजा बनाएको छ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top