×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

छवि थुनामा पुग्दा रवि कसरी छुटे ?अदालतमा उठ्यो प्रश्न

९ फाल्गुन २०८१

९ फागुन , काठमाण्डौ।

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अब सोही सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीसँगै सुनुवाइ हुने भएको छ ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडी घिमिरेको संयुक्त इजलासमा बिहीबार भएको छविको मुद्दाको सुनुवाइको क्रममा सरकारी वकिलले लामिछानेको मुद्दालाई पनि जोशीको सँगै राखेर सुनवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन एकैसाथ राख्न आदेश गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा गएको माघ १३ गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर सोही मुद्दामा जिल्ला अदालत रूपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । अदालतको थुनामा पठाउने आदेशविरुद्ध जोशीका छोरा रोचकले माघ २९ मै उच्च अदालतमा निवेदन दिएका थिए ।

उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो । सरकारी वकिलले फागुन १ मा लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध पनि निवेदन दिएको थियो ।

बिहीबार जोशीको मुद्दा न्यायाधीशद्वय गुप्ता र घिमिरेको इजलासमा पेसी तोकिएकामा सरकारी वकिलले लामिछानेविरुद्धको निवेदनसमेत उच्च अदालतमा दर्ता रहेको भन्दै एकैसाथ राख्न माग गरेको थियो ।

मागबमोजिम लामिछानेको कैफियत प्रतिवेदन साथमा नभएकाले अन्य आदेश भएको उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताएका छन् । एउटै प्रकृतिको मुद्दामा फरकफरक आदेश भएकाले एकसाथ राख्न माग गरिएको उच्च सरकारी वकिल कार्यालय बुटवलका सूचना अधिकारी वसन्तराज पोखरेलले बताएका छन् ।

एउटै प्रकृतिको मुद्दामा फरकफरक आदेश भएकाले उच्च अदालतले एकसाथ राखेर सुनुवाइ पछि समान प्रकृतिको आदेश हुने अपेक्षा सरकारी वकिलको रहेको छ । रविलाई पुर्पक्षका लागि थुनामा नपठाइएपछि सरकारी वकिलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालतमा निवेदन दिएको छ।

तर, लामिछानेका तर्फबाट अहिलेसम्म पुनरावेदनको निवेदन परिसकेको छैन । सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोगमा रवि र छविसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जोशी गोर्खा मिडियामार्फत सहकारी ठगी गरेको अभियोगमा सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ५० लाख धरौटीको आदेश भएको थियो ।

सोही मुद्दामा सूर्यदर्शन ठगीमा रास्वपा सभापति लामिछानेविरुद्ध ६५ लाख, सूर्यदर्शन सहकारी ठगीमा जिल्ला अदालतबाट ६० लाख, सुप्रिम सहकारी ठगीमा रूपन्देही जिल्ला अदालतबाट एक करोड र साहारा चितवन सहकारी ठगीमा जिल्ला अदालत चितवनबाट ५४ लाख धरौटी हुने आदेश भएको छ ।

रविले कास्की जिल्ला अदालतको आदेशविरुद्ध भने कास्की उच्च अदालतमा रिट दायर गरेका छन् । सँगै सरकारी वकिलको कार्यालय कास्कीले पनि रविलाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्ने माग गर्दै रिट दायर गरेको छ ।

अदालतले प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश मगाउने आदेश जारी गरेको छ । काठमाडौं जिल्ला अदालतमा भने रविले पहिलो तारिख बुझेका छन् । स्वर्णलक्ष्मीको मुद्दामा रविलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएको छ । रविले भने जिल्लाको फैसलाविरुद्ध उच्चमा रिट दायर गरेका छैनन् ।

रवि गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए भने ८४ दिनपछि कास्कीबाट हिरासत मुक्त भएका थिए । रविलाई कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

अझै पर्सास्थित सानो पाइला सहकारीको मुद्दा दर्ता हुन बाँकी छ । रविसहित छविलाई पनि प्रहरीले पर्सा पुर्याएर बयान लिइसकेको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top