NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ? आइतवार कार्तिक २ , २०८२
नेपाली टोली यूएईमा, अनिलको पुनरागमन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

अन्ततः अमेरिकाले युक्रेनलाई आफ्नो रुप देखाइदियो

मङ्लबार फाल्गुन १३ , २०८१
Reading Time: 1 min read
A A
अन्ततः अमेरिकाले युक्रेनलाई आफ्नो रुप देखाइदियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ फागुन, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वासिङ्टनले युक्रेन युद्धबारे नयाँ नीति लिएको संकेत दिँदै संयुक्त राष्ट्रसंघ महासभामा युक्रेनमाथि भएको आक्रमणको विरोध गर्ने प्रस्तावको विपक्षमा मतदान गर्यो। युद्ध सुरु भएदेखि पहिलो पटक अमेरिकाले युक्रेनलाई संयुक्त राष्ट्रसंघ भित्र समर्थन नगर्ने निर्णय लिएको हो । यसको विश्वमै हलचल मच्चिएको छ ।

संयुक्त राष्ट्रसंघ महासभाले युद्ध अन्त्य गर्न र शान्तिपूर्ण समाधान खोज्न आह्वान गर्दै प्रस्ताव पारित गर्यो, जसलाई ९३ सदस्य राष्ट्रहरूले समर्थन गरे। तर, अमेरिकाले उक्त प्रस्तावको विपक्षमा मतदान गर्दा अन्तर्राष्ट्रिय राजनीतिमा ठूलै हलचल मच्चिएको छ। युक्रेनलाई समर्थन गर्दै आएको अमेरिका अहिले किन युक्रेनविरुद्ध उभियो त? भन्ने बहस सुरु भएको छ ।

LS Auto

युद्धको सुरुवातमा नै जब रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गर्यो, त्यसको पछाडि अमेरिका रहेको ठानिन्छ। तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनले नेटो सदस्यता पाउनु पर्ने र उसको सुरक्षाका लागि नेटो सेना रुसी सीमामा खटिनु पर्ने अभिव्यक्ति नदिएको भए, सायदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय लिने थिएनन्।

नेटो विस्तारको भयले नै रुसलाई आक्रामक कदम चाल्न बाध्य बनाएको पटक पटक रुसी राष्ट्रपति, विदेशमन्त्री लगायतले बताउँदै आएका छन् । तर, २०२२ को अमेरिका र २०२५ को अमेरिका फरक देखिएको छ।

अमेरिकी राष्ट्रपति परिवर्तन भएसँगै अमेरिकाको युक्रेन र रुसलाई हेर्ने दृष्टिकोण मात्र होइन, शत्रु र मित्र राष्ट्रको परिभाषासमेत फेरिएको छ। लामो समयदेखि कट्टर शत्रुतापूर्ण सम्बन्ध रहेका अमेरिका र रुस एकअर्कासँग नजिकिएका छन्, भने युक्रेन—जसलाई अमेरिका नै रुसविरुद्धको युद्धमा अगाडि सारेर लडाइँमा होमिएको थियो—त्यसैमाथिबाट अमेरिकाले आफ्नो हात झिक्दै आफूलाई उत्तर कोरियाको पंक्तिमा उभ्याएको छ ।

युद्ध सुरु भएपछि अमेरिका युक्रेनलाई सैन्य, आर्थिक, कूटनीतिक रूपमा साथ दिँदै आएको थियो। आधुनिक हतियार, युद्धक विमान, गोला–बारुददेखि ठूलो मात्रामा आर्थिक सहयोग अमेरिका गर्दै आइरहेको थियो। तर, समयक्रमसँगै अमेरिकी नीतिमा ठूलो परिवर्तन आएको छ।

ट्रम्प प्रशासनले रुससँग मैत्रीपूर्ण सम्बन्ध सुधार्ने संकेत दिएको छ भने युक्रेनमाथि अब सीमित सहयोग मात्रै दिने देखिएको छ। अमेरिकाले सुरुमा युक्रेनलाई “रुसविरुद्ध लड्नका लागि पर्याप्त शक्ति छ“ भनेर प्रोत्साहित गर्यो।

उसले रुसको सैन्य आक्रमणलाई परास्त गर्न सक्छ भन्ने मानसिकता तयार गरायो। तर, जब युक्रेनलाई पूर्ण समर्थन आवश्यक पर्न थाल्यो, अमेरिका पछि हट्न थाल्यो। अब अमेरिका आफैंले युद्धको शुरुवात गराएर त्यसको भार बोक्न अस्वीकार गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघ महासभाले युद्ध समाप्ति र शान्तिपूर्ण समाधान खोज्न आह्वान गर्दै प्रस्ताव पारित गरेको थियो, जसलाई ९३ सदस्य राष्ट्रहरूले समर्थन गरे। यस प्रस्तावको विपक्षमा १८ राष्ट्रहरूले मतदान गरे भने ६५ राष्ट्रहरूले तटस्थ रहनु उचित ठाने।

वासिङ्टनले यो मतदानमा रसिया, उत्तर कोरिया, सुडानलगायतका राष्ट्रहरूको साथ दिएको थियो। पारित प्रस्तावले युद्धलाई कम गर्न, शत्रुता अन्त्य गर्न, नागरिक जनतामाथिको असर घटाउन र अन्तर्राष्ट्रिय कानुनअनुसार समाधान खोज्न आह्वान गरेको छ।

यो प्रस्ताव युक्रेनका लागि जित भए पनि उसको घट्दो अन्तर्राष्ट्रिय समर्थनलाई पनि देखाउँछ। अघिल्लो वर्षहरूमै तुलना गर्दा यस पटक युक्रेनलाई कम समर्थन प्राप्त भएको छ। यसबीच, अमेरिकाले पनि एउटा फरक प्रस्ताव अघि सारेको थियो, जसलाई संयुक्त राष्ट्रसंघमा रुसी राजदूतले ’सही दिशा तर्फको एउटा कदम’ भनेका थिए। तर, अमेरिकाका युरोपेली सहयोगी राष्ट्रहरू – फ्रान्स, बेलायत लगायतका देशहरूले अमेरिकी प्रस्तावमा परिवर्तनको माग गर्दै यसको समर्थन गर्न अस्वीकार गरे।

अमेरिकाले प्रस्तावमा यूक्रेनको क्षेत्रीय अखण्डताको प्रतिवद्धता हटाएपछि युरोपेली राष्ट्रहरूले दबाब दिँदै यसलाई पुनः संशोधन गर्न आग्रह गरे। अन्ततः, अमेरिकाले आफ्नो नै प्रस्तावमा मतदान गर्न अस्वीकार गर्यो, जसलाई संयुक्त राष्ट्रसंघ महासभाले पारित गर्यो।

अमेरिकाले संयुक्त राष्ट्रसंघमा युक्रेनविरुद्ध मतदान गर्नु एउटा ठूलो संकेत हो। यसले अमेरिकाले अब युक्रेनलाई पहिलो प्राथमिकतामा नराख्ने स्पष्ट देखाउँछ। रुसविरुद्ध कडा प्रतिबन्ध लगाउने, युक्रेनलाई हरसम्भव सहयोग पुर्याउने, नेटोमार्फत रुसमाथि दबाब बढाउने रणनीति लिएको अमेरिका अहिले युक्रेनलाई विस्तारै एक्लै छोड्दैछ।

युद्धमा अमेरिका आफैं नरहे पनि उसले युक्रेनलाई प्रयोग गरेर रसियालाई कमजोर बनाउने रणनीति लिएको थियो। तर, अहिले अमेरिकाले आफूलाई सुरक्षित राख्दै युक्रेनलाई संकटको बीचमा छोड्ने रणनीति अपनाइरहेको देखिन्छ।

युक्रेनलाई पहिले अगाडि धकेल्ने, त्यसपछि पछि हटेर हेर्ने नीति अमेरिकी विदेश नीतिको खास विशेषता बनिरहेको छ। यसरी हेर्दा, आजको परिवेशमा अमेरिकाले युक्रेनलाई मात्रै होइन, सम्पूर्ण विश्वलाई एउटा सन्देश दिएको छ,अमेरिकी हित सर्वोच्च छ, मित्रताको कुनै ग्यारेन्टी छैन् ।

Tags: #अमेरिका-युक्रेन#युक्रेन न घरको न घाटको

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ताजा समाचार

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?
ताजा समाचार

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.