NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

सुरु भो वल्र्ड ट्रेड वार ? ट्रम्प नायक कि खलनायक ?

मङ्लबार फाल्गुन २० , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० फागुन , एजेन्सी ।

पाहुनाका रुपमा अमेरिका बोलाएर युक्रेनी राष्ट्रपति भोलोदेमिर जेलेन्स्कीलाई झपारेपछि युरोपेली नेताहरुको आँखामा बिझाइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर ट्रेड वार सुरु हुने स्थिति सिर्जना भएको छ।

ट्रम्पको प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा लगाएको अतिरिक्त महसुल लागू भएको छ । मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लाग्नेछ, भने चीनबाट आउने सामानमा पनि नयाँ १० प्रतिशत कर शुरु भएको छ ।

अमेरिकी कदमको प्रतिकारमा क्यानडाले अमेरिकाबाट आउने १ खर्ब ५५ अर्ब मूल्य बराबरको सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको छ । क्यानाडाली ऊर्जा उत्पादनमा १० प्रतिशतको अतिरिक्त ट्यारिफ लगाइएको छ।

उता, चीनले पनि अमेरिकाबाट आउने केही कृषिजन्य उत्पादनमा १० देखि १५ प्रतिशतको अतिरिक्त कर लगाउने बताएको छ । चीनले उड्डयन, रक्षा र प्रविधि क्षेत्रमा रहेका कयौँ अमेरिकी कम्पनीलाई निशाना बनाउँदै यिनीहरूलाई विश्वास गर्न नसकिने कम्पनीको सूचिमा हाली यिनीहरूमाथि निर्यात प्रतिबन्ध लगाएको छ ।

चिनियाँ वित्त मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार थप ट्यारिफहरु मार्च १० देखि लागू हुनेछ। चीनले २५ अमेरिकी कम्पनीको निर्यात र लगानीमा पनि प्रतिबन्ध लगाएको छ। मार्च १० देखि चीनले अमेरिकी कुखुरा, गहुँ, मकै र कपासमा थप १५ प्रतिशत ट्यारिफ लगाउनेछ र अमेरिकी भटमास, जुवार, सुँगुर, गाईको मासु, समुद्री खाना, फलफूल, तरकारी र दुग्धजन्य पदार्थको आयातमा १० प्रतिशत ट्यारिफ लगाउनेछ।

वास्तवमा अमेरिकाले आफ्नो देशमा लागूपदार्थ नियन्त्रण गर्न चीनको ट्यारिफ दोब्बर गरेको छ। अमेरिकाले फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायन चीनले आपूर्ति गर्दै आएको दाबी गरेको छ। तर, अमेरिकाको दाबी चीनले अस्वीकार गरेको छ।

मेक्सिकोले पनि आजै अबेरसम्म अतिरिक्त महसुलको प्रतिकारमा महसुल घोषणा गर्ने अपेक्षा गरिएको छ । त्यहाँकी राष्ट्रपति क्लाउडिया शिनबमले सोमबार नै आफ्नो देशले आकस्मिक योजना बनाइसकेको बताइएको थिइन ।

ट्रम्पको मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लगाउने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्समा १.४ प्रतिशत, एसएन्डपी ५०० मा १.७५ प्रतिशत र नास्ड्याक २.६ प्रतिशत घटेको हो ।

फेब्रुअरी १ मा, ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । ट्रम्पको निर्णयले विश्वव्यापी व्यापार युद्धको सम्भावना बढाएको छ।

यसले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ। ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई अमेरिका बोलाएर रुससँगको युद्ध अन्त्यका लागि दबाब दिएका थिए। तर, दुबै नेताबीचको छलफल तनावपूर्ण भएको थियो, जसपछि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोक्ने निर्णय गरेका छन्।

यसबाट सिंगो युरोप ट्रम्पसँग रुष्ट छ । ट्रम्पका यी कदमहरूले उनलाई विश्व मञ्चमा विवादास्पद बनाएको छ। तर यसले विश्वव्यापी व्यापार र कूटनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने चाँही समयले नै बताउनेछ।

विश्व व्यापार युद्धको इतिहास हेर्ने हो भने, सन् १९३० को स्मूट–हाउली ट्यारिफ युद्ध भएको थियो । अमेरिकाले आयातमा उच्च ट्यारिफ लगाएकने थियो । जसको प्रतिक्रिया स्वरूप अन्य देशहरूले पनि अमेरिकी सामानमा भारी कर लगाए।

यसको परिणाम अन्तर्राष्ट्रिय व्यापार खुम्चियो, जसले ग्रेट डिप्रेसन (महामन्दी) लाई अझै गहिरो बनाएको थियो । यस्तै सन् १९८० को अमेरिका–जापान व्यापार युद्ध भएको थियो । अमेरिकाले जापानको अटोमोबाइल, इलेक्ट्रोनिक्स र स्टिल उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो ।

जसको परिणाम जापानले निर्यात सीमित ग¥यो, तर प्रविधि सुधार गरेर फेरि व्यापारमा बलियो भएको थियो । चीन र अमेरिकाबीचको व्यापार युद्ध भने अझै यथावत छ । सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा चीनमाथि भारी ट्यारिफ लगाइयो।

बौद्धिक सम्पत्तिको चोरी, अमेरिकी उत्पादनलाई प्रतिस्पर्धाबाट बाहिर पार्ने चिनियाँ नीति, व्यापार घाटा यसका कारण थिए । मार्च २०१८मा ट्रम्पले स्टिल २५ प्रतिशत र एल्युमिनियम १० प्रतिशतमा ट्यारिफ लगाउने घोषणा गरे ।

जुलाई २०१८मा अमेरिकाले चीनबाट आयात हुने ४३४ अर्ब बराबरको सामानमा २५ प्रतिशत ट्यारिफ लगायो। सेप्टेम्बर २०१८मा अमेरिकाले थप ४२०० अर्ब मूल्यका चिनियाँ सामानमा १० प्रतिशत ट्यारिफ लागू ग¥यो।

मे २०१९मा चीनले प्रतिउत्तरमा अमेरिकी सामानमा कर लगायो। तर जनवरी २०२० मा एजबकभ इलभ त्चबमभ म्भब िमा चीनले अमेरिकी कृषिजन्य उत्पादन बढी किन्न सहमति ग¥यो।

तर, २०२० मा कोभिड–१९ महामारीपछि पुनः तनाव बढ्यो। यसले दुबै देशको अर्थतन्त्रमा असर पर्याे । चीनले आफ्ना निर्यातका लागि वैकल्पिक बजार खोज्यो भने अमेरिकी उपभोक्ताले महँगीको समाना गर्नुपरेको थियो ।

Tags: #ट्रम्प नायक कि खलनायक ?#सुरु भो वल्र्ड ट्रेड वार ?

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.