NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

शुक्रबार फाल्गुन २३ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ फागुन ,काठमाण्डौ।

कागजविहीन आप्रवासीविरुद्ध कठोर कदम चाल्दै हत्कडी र साङ्लोले बाँधेर देश निकाला गरिरहेको अमेरिकाले अब लोटरीबाट कामदार लैजाने भएको छ । ८५ हजार कामदार भिसाको लोटरीमा समावेश गर्न अमेरिकाले आवेदन खुलाएको छ ।

यसका लागि मार्च ७ को मध्यान्हदेखि मार्च २४ को मध्यान्हसम्म प्रारम्भिक दर्ता अवधि तोकिएको छ । यो अवधिमा सम्भावित रोजगारदाता र प्रतिनिधिहरूले छनोट प्रक्रियाको लागि प्रत्येक लाभार्थीलाई लोटरीका लागि इलेक्ट्रोनिक रूपमा दर्ता गर्न सक्नेछन् ।

अनलाइन एकाउन्टबाट प्रत्येक लाभार्थीको लागि सम्बन्धित दर्ता शुल्क तिर्न सकिनेछ । यसपटक कामदार भिसा एच वानबी लोटरीमा सहभागी हुनका लागि शुल्क १० डलरबाट बढाएर २१५ डलर बनाइएको छ ।

रोजगारदाता कम्पनी वा तिनीहरूका प्रतिनिधिहरूले छनोट प्रक्रियाको लागि प्रत्येक लाभार्थीलाई इलेक्ट्रोनिक रूपमा दर्ता गर्न र प्रत्येक लाभार्थीको तर्फबाट पेश गरिएको प्रत्येक दर्ताको लागि सम्बन्धित २१५ डलर दर्ता शुल्क तिर्न युएससीआईएसको अनलाइन खाता प्रयोग गर्नुपर्ने युएससीआईएसले जनाएको छ ।

सम्भावित कामदारका तर्फबाट आवेदन दिने रोजगारदाताको अनलाइन खाता नभएका युएससीआईएसमा संगठनात्मक खाता सिर्जना गर्नुपर्नेछ। आर्थिक बर्ष २०२१ देखि २०२४ को बीचमा विगतमा अनलाइन खाता भएका तर आर्थिक बर्ष २०२५ का लागि खाता प्रयोग नगरेकाहरुको खाता लग इन पछि संगठनात्मक खातामा रूपान्तरण हुनेछ।

पहिलो पटक दर्ता गर्नेहरूले कुनै पनि समयमा खाता सिर्जना गर्न सक्छन्। प्रारम्भिक दर्ता अवधि बन्द भएपछि लोटरीबाट चयन गरिने भएकाले प्रारम्भिक दर्ता अवधि खुल्ने दिनमा नै दर्ता गर्न हतार गर्नु नपर्ने युएससीआईएसले बताएको छ ।

यसपटक देखि लाभार्थी केन्द्रित छनोट प्रक्रिया प्रयोग गरिने भएको छ । मार्च २४ सम्म पर्याप्त दर्ताहरू प्राप्त भएमा लोटरी प्रणालीबाट लाभार्थीहरू चयन गरिने र प्रयोगकर्ताहरूको अनलाइन खाताहरू मार्फत चयन सूचनाहरू पठाइने युएससीआईएसले प्रष्ट पारेको छ ।

मार्च ३१ सम्ममा सम्भावित याचिकाकर्ताहरू र प्रतिनिधिहरूलाई छनौटबारे जानकारी गराइनेछ । एचवान बी भिसा भनेको एक अस्थायी गैर आप्रवासी भिसा श्रेणी हो जसले अमेरिकी रोजगारदातालाई शिक्षित विदेशी पेशेवरहरूलाई विशेष व्यवसायमा काममा राख्न अनुमति दिन्छ, जसमा कम्तीमा स्नातक वा समान डिग्रीको आवश्यकता हुन्छ।

यो भिसा विशेष रूपमा गणित, इञ्जिनियरिङ, प्रविधि, र मेडिकल विज्ञान जस्ता क्षेत्रहरूमा लोकप्रिय छ। अमेरिका जान चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन ।

यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीले मात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ । कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ । लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ ।

अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन । वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ । वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ ।

जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ । सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।

यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको भिसा पाएका थिए ।

अघिल्लो ट्रम्प प्रशासनको अवधिमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए । आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका थिए ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिसा पाएका थिए भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए ।

यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका थिए । २०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए ।

सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । त्यस्तै २०१७ मा ५९७ जना नेपालीहरुले एच श्रेणीका भिसा पाएका थिए । यसरी ट्रम्पको पहिलो कार्यकालमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए ।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ । यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ ।

त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । अर्काेतर्फ वित्तीय वर्ष २०२५ का लागि रोजगारी–आधारित चौथो प्राथमिकता (EB–4)श्रेणी अन्तर्गत सबै उपलब्ध अमेरिकी आप्रवासी भिसाको वार्षिक सीमा पूरा भइसकेको छ।

वार्षिक सीमा पूरा भएको अर्थ यो हो कि १ अक्टोबर २०२५ मा नयाँ वित्तीय वर्ष सुरु नहुन्जेल कुनै पनि  EB–4 ग्रीन कार्ड जारी गरिने छैन। EB–4 भिसा श्रेणी मुख्य रूपमा धार्मिक कार्यकर्ताहरू, केही विशेष आप्रवासीहरू र अन्तर्राष्ट्रिय प्रसारकहरूका लागि तोकिएको हुन्छ।

यूएस इमिग्रेशन एन्ड नेशनलिटी एक्ट अनुसार, प्रत्येक वर्ष जारी गरिने रोजगारी–आधारित ग्रीन कार्डहरूको संख्या सीमित गरिएको छ, जसमा कुल रोजगार–आधारित कोटाको ७.१ प्रतिशत भ्द्य–द्ध भिसा का लागि छुट्याइएको हुन्छ।

Tags: #अमेरिकाको ८५ हजार कामदार लैजाने#अमेरिकाले लोटरीबाट कामदार लैजाने

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.