NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

उर्जामन्त्रीलाई नराम्रो काम नगर्न गगनको सुझाव

आइतवार फाल्गुन २५ , २०८१
Reading Time: 1 min read
A A
उर्जामन्त्रीलाई नराम्रो काम नगर्न गगनको सुझाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ फागुन , काठमाण्डौ ।

तीन दिनको समय दिएर सरकारले सोधेको छैटौँ स्पष्टीकरणको जवाफ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले आज बुझाउने तयारी गरेका छन् । यसअघि नै कार्यसम्पादनमा शून्य नम्बर दिइसकेको सरकारले सम्भवतः आज स्पष्टीकरणको जवाफ पनि चित्त नबुझेको भन्दै कुलमानलाई पदबाट हटाउन सक्ने सम्भावना छ ।

किनभने उर्जामन्त्रीले संसदको रोष्टममै उभिएर कुलमानले सरकारले भनेको नटेरेको, उनका थुप्रै कमजोरीहरु रहेको, सरकारलाई नै काम गर्न अप्ठेरोमा पारेको आरोप लगाइसकेका छन् ।

उनले सरकारले चाह्यो भने कसैलाई नियुक्त गर्न वा कसैलाई बर्खास्त गर्न सक्ने पनि बताएका छन् । त्यसो हुँदा यसपटकको स्पष्टीकरण कुलमानलाई हटाउने अन्तिम प्रक्रिया रहेको बुझ्न सकिन्छ ।

यसबीच माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका प्रतिपक्षी दलहरुले कुलमानलाई हटाए प्रतिवाद गर्ने चेतावनी सरकारलाई दिएका छन् । उता सडकमा पनि सर्वसाधारणहरु कुलमानको पक्षमा निस्कन थालेका छन् ।

यसबीच एकातिर कुलमानको समर्थनमा प्रदर्शन बढ्दै जाँदा र अर्कातिर प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले उनलाई बर्खास्त गर्नै लाग्दा बल्ल सत्तासाझेदार कांग्रेस महामन्त्री गगन थापाले पनि यस विषयमा बोलेका छन् ।

प्रधानमन्त्री ओली र आफ्नै पार्टीबाट ऊर्जामन्त्री बनेका खड्काले पटक–पटक अनावश्यक विवरण माग्ने र स्पष्टीकरण सोध्ने गरेर दुःख दिँदै आए पनि कांग्रेस मौन रहेकोमा शनिबार महामन्त्री गगन थापाले विरोध गरेका हुन् ।

सिन्धुली– १ को पार्टी क्षेत्रीय सम्मेलनलाई बेलघारीमा सम्बोधन गर्दै थापाले सेवानिवृत्त हुन लागेका कुलमानलाई हटाउन भनेर नचाहिने काम गरिरहेका मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्नुपर्ने बताए ।

कुलमान हटाउन भइरहेको गलत कामका कारण सरकारका अन्य राम्रा काम पनि ओझेलमा परेको उनको भनाइ छ । ‘तपाईं कि राम्रो गर्नुस्, राम्रो गर्न सक्नुहुन्न भने कम्तीमा नराम्रो नगर्नुस् ।

५० वटा राम्रो काम गरेको वेलामा एउटा नराम्रो काम भयो भने त्यो नराम्रो कामको हल्लाले सबै राम्रो काम छोपिन्छ,’ उनले भने, ‘हामी अहिले सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयमा । ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ ।

प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण सुनिरहेका छौँ । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ढंग नपुगेको बेढंग हो । तीन–चार महिनामा सेवानिवृत्त हुने । तीन–चार महिनापछि सेवानिवृत्त भइसकेपछि उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने ।’

तर, सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको र किचकिच गरिरहेकोमा उनले असन्तुष्टि पोखे । गलत गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले रोक्नुपर्ने उनको माग छ । नत्र, गलत कामको अपजस प्रधानमन्त्रीले नै लिनुपर्ने महामन्त्री थापाले बताए ।

‘सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको, किचकिच गरिरहेको देखिन्छ । यस्ता कुराहरू ठिक होइन, उपयुक्त हुँदैन । यस्तो नचाहिने काममा कोही पनि मन्त्रीहरू पनि लाग्नुहुँदैन । मन्त्री नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो,’ उनले भने, ‘प्रधानमन्त्री भनेको सरकारको, क्याबिनेटको मास्टर हो ।

उसले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ । हामीहरू सहयोगी हौँ । यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सेवनिवृत्त हुन लागेका कुलमानको पछाडि लागेर सरकारले गलत गरिरहेको बताएका छन् ।

यसबारे ऊर्जामन्त्री खड्कालाई सुझाव दिँदा पनि सकारात्मक नदेखिएको शर्माको भनाइ छ । मन्त्रीलाई प्रधनमन्त्रीले साथ दिएको देखिएकाले मन्त्रिपरिषद्बाटै यसलाई रोक्नुपर्ने उनले बताएका छन् ।

यसअघि काँग्रेस नेता एवं ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले भने कुलमानलाई हटाउन खोजेर मन्त्री खड्का र सरकारले गल्ती गरेको पटक–पटक बताउँदै आएका थिए । त्यस्तै, इतर समूहका नेता डा. शेखर कोइरालाले पनि कुलमान हटाउन लागेर सरकारले गलत गरेको बताउँदै आएका छन् ।

मन्त्रीस्तरीय निर्णयमा ऊर्जा मन्त्रालयबाट तीनपटक स्पष्टीकरणकै शैलीमा विभिन्न विवरण माग र दुईपटक स्पष्टीकरण सोधे पनि कुलमान हटाउने आधार नभेटेपछि सरकारले गत बुधबार (२१ फागुन) मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट बिहीबार मन्त्रालयले ‘बक्यौता नउठाएको’लगायत चारबुँदे आरोप लगाएर ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो । जबकि कुलमानले वर्षौँसम्म अर्बौँ महसुल नबुझाउने उद्योगमा लाइन काटेर बक्यौता उठाउन खोज्दा सरकारले नै प्रत्यक्ष हस्तक्षेप गरेर रोक्दै आएको छ ।

सरकारी स्वामित्वका संस्थानहरूमा विद्युत् प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने संस्थान बनाएकै वर्ष (०८०÷८१)को कार्यसम्पादन मूल्यांकनमा समेत मन्त्रालयले शून्य अंक दिएर कुलमानप्रति प्रतिशोध साँधेको छ । यही कार्यसम्पादनलाई समेत एउटा आधार बनाएर ‘किन पदबाट नहटाउने’ भन्दै प्रश्न गरेको छ ।

Tags: #उर्जामन्त्रीलाई गगनको सुझाव#कुलमानलाई हटाउँदै लाग्दा बल्ल बोले गगन

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.