×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

राप्रपालाई बालेनले ठोके एक लाख जरिवाना, राप्रपाले भन्यो तिर्दैनौं

२६ फाल्गुन २०८१

२६ फागुन , काठमाण्डौ।

संघीय राजधानीमा पूर्वराजाको भव्य स्वागतलाई काठमाडौं महानगर र राप्रपा बीच जुहारी देखिएको छ । काठमाडौं महानगरपालिकाले राप्रपालाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गराउने पत्र काटेपछि राप्रपा महानगरविरुद्ध खनिएको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको छ । महानगरले आइतबार काटेको पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’

 

पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ । तर यता राप्रपाले भने यो जरिबाना नतिर्ने भएको छ । पार्टीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राप्रपा र राजसंस्थाप्रति वक्रदृष्टि लगाएको आरोप समेत लगाएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले महानगरले पार्टीलाई १ लाख जरिबाना गर्ने निर्णय गरेपनि त्यो नतिर्ने बताए । उनले आइतबार पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टी सिंगो सहभागी भएको तर त्यहाँ राप्रपाको झण्डा नभएको बताए ।

उनले जरिवाना पूर्वाग्रही भएको भन्दै राप्रपालाई लक्षित गरेर पत्र काटिनु राजसंस्था र राप्रपाप्रतिको बालेनको वक्रदृष्टि रहेको टिप्पणी गरेका छन् । यसअघि पनि राजधानीको दरबारमार्गमा एमालेले कार्यक्रम गर्दा समेत प्रदूषण गराएको भन्दै महानगरले जरिबानाको निर्णय गरेको थियो ।

तर, एमालेले उक्त जरिवाना एमालेले तिर्न अस्वीकार गरेको थियो । महानगरले जरिजवानाको पत्र काटेपछि एमाले नेताहरु पनि बालेनप्रति खनिएका थिए । एमालेको जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेनलाई एमालेविरोधी गतिविधिमा सक्रिय भएको दाबी गरेका थिए्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो ।’

‘कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ,’ उनले लेखेका थिए । महासचिव पोखरेलले मेयर बालेनलाई जरिवानाको स्टण्टबाजी गरेको आरोप लगाउँदै यो कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका थिए ।

यसबीच प्रर्दशनमा प्रहरीले गृहमा गरेको रिपोर्टिङ अनुसार आइतबारको प्रदर्शनमा सबै ठाउँ गरी कम्तिमा १५ हजार प्रदर्शनकारी सहभागी थिए । तर, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भने सबैतिर गरेर एक लाखको हाराहारीमा मानिसहरु उपस्थित भएको दाबी गरेका छन् ।

ज्ञानेन्द्रको स्वागतका लागि राप्रपाका मात्रै नभएर राप्रपा नेपाल , दुर्गा प्रसाई लगायतको नेतृत्वमा नेता कार्यकर्ता शुभचिन्तक, शुभेच्छुकसहित आम सर्वसाधारण समेत काठमाडौंका सडकमा भेला भएका थिए । विभिन्न जिल्लाबाट समेत सहभागीहरु ज्ञानेन्द्रको स्वागतका लागि काठमाडौं पुगेका थिए ।

तर बालेन नेतृत्वको महानगरले भने राप्रपालाई मात्रै जरिवानाका लागि पत्र काटेको छ । पूर्वराजाको स्वागतमा हजारौं मानिस उत्रिएपछि राप्रपा उत्साहित भएको छ । राप्रपा नेताहरुले पछिल्लो समय बढ्दै गएको माहोललाई देखाएर गणतन्त्रवादी नेताहरुलाई ‘नवीन समझदारी’का लागि तयार रहन चेतावनी दिइरहेका छन् ।

उनीहरुले कसैलाई निषेध नगर्ने मौलिक व्यवस्था निर्माण गर्न वकालत गर्दै आएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top