एजेन्सी, असोज १५
सामाजिक सञ्जाल फेसबुकलाई यूरोपमा जरिवाना तिराइएको छ । गत हप्ता मात्रै फेसबूकका ५ करोड प्रयोगकर्ताको एकाउन्ट ह्याक भएको थियो । यसै मामिलामा यूरोपेली सङ्घ (ईयू)को गोपनियता हेर्न निकाय कम्पनीलाई १ अर्ब ६२ करोड डलर बराबरको जरिवाना तिराएको हो ।
आयरल्याण्डको डाटा सुरक्षण आयोग (डीपीसी)ले कम्पनीलाई यस मामिलाबारे थप विवरण बुझाउन आदेश पनि दिएको छ । ह्याकरहरुले ५ करोड खाता ह्याक गरेर सूचनाहरु चोरेको कम्पनीले मंगलबार नै कम्पनीले थाहा पाएको थियो ।
सो घटनामा लाखौं प्रयोगकर्ताका एकाउन्ट प्रभावित भएको थियो तर फेसबुकले सो हमलाको प्रकृति र यसले प्रयोगकर्तालाई हुन सक्ने खतराबारे स्पष्ट पार्न सकेको छैन ।
ह्याकरहरुले करीब ५ करोड प्रयोगकर्ताको ‘एक्सेस टोकन’ चोरेर निजी सूचनाहरु लिएको शुक्रवार फेसबूकले स्वीकार गरेको थियो । एक्सेस टोकन भनेको विद्युतीय साँचो (डिजिटल कि) हो । यसको प्रयोग मार्फत फेसबूक चलाउँदा प्रयोगकर्ताले हरेक पटक आफ्नो पासवर्ड हानिरहनु पर्दैन ।