NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ? बिहिबार माघ १ , २०८२
रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ? बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको बिहिबार माघ १ , २०८२
अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा बिहिबार माघ १ , २०८२
गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ? बिहिबार माघ १ , २०८२
Next
Prev

समाचार

ट्रम्पका विरोधी कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री

सोमवार फाल्गुन २६ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पका विरोधी कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ फागुन,एजेन्सी ।

क्यानडामा अबको नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने भएका छन् । लिबरल पार्टीको नेता चयनका लागि भएको निर्वाचनमा ८५.९ प्रतिशत मत पाएसँगै कार्नीले जस्टिन ट्रुडोको स्थानमा देशको नेतृत्व सम्हाल्ने भएका हुन् ।

कार्नीले दलको नेता तथा प्रधानमन्त्री पदका लागि भएको प्रतिस्पर्धामा पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्ड, करिना गोल्ड र फ्र्यांक बेलिसलाई हराएका हुन् । उनी क्यानडाको इतिहासमा कुनै विधायकी वा क्याबिनेटको अनुभव नभएका वा राजनीतिक पृष्ठभूमि नभएका पहिलो प्रधानमन्त्री बन्नेछन् ।

यसबीच वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएका छन् । उनले आफ्नो आधिकारिक एक्स खातामा पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् । निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले पार्टी र आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए ।

उनले भने, ‘मलाई गलत नसम्झिनुहोस्, पछिल्लो १० वर्षमा हामीले जे गरेका छौँ, त्यसमा हामीलाई गर्व छ । तर, आजको रात एक पार्टी र देशका रूपमा हाम्रो भविष्यको बारेमा छ ।’ उनले समर्थकहरूलाई सक्रिय रहन आग्रह गर्दै पहिलेभन्दा बढी देशलाई आवश्यकता रहेको बताएका छन् ।

लिबरल पार्टीले यो ‘नेसन डिफाइनिङ्ग मुमेन्ट’ को सामना गर्ने पनि उनले विश्वास व्यक्त गरे । लोकतन्त्र र स्वतन्त्रताका लागि निरन्तर प्रयासको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि साहस, बलिदानी, आशा र कडा मिहिनेत गर्नुपर्नेमा जोड दिए ।

मार्क कार्नी अर्थशास्त्री र केन्द्रीय बैंकका पूर्वगभर्नर हुन् । कार्नी २००८ मा बैंक अफ क्यानडाको गभर्नर भएका थिए । क्यानडालाई आर्थिक मन्दीबाट बाहिर निकाल्न चालेको प्रभावकारी कदमका कारण सन् २०१३ मा बैंक अफ इंग्ल्याण्डले उनलाई गभर्नर बनाएको थियो ।

बैंक अफ इंग्ल्याण्डको ३ सय वर्षको इतिहासमा गभर्नरको जिम्मेवारी पाउने उनी पहिलो गैरब्रिटिस नागरिक थिए । उनी सन् २०२० सम्म बैंक अफ इंग्ल्याण्डको गभर्नर बने । कार्नी क्यानडाको लिबरल पार्टीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरोधी मानिन्छन् ।

उनले देशको अहिलेको अवस्थामा जिम्मेवार ट्रम्प भएको आरोप लगाएका छन् । गत मंगलबार एक बहसका क्रममा उनले ट्रम्पको धम्कीभन्दा पहिलेदेखि नै देशको हालत खराब रहेको भन्दै धेरै क्यानडाली जनताले कठिन जीवन बिताइरहेको बताएका छन् ।

उनले आप्रवासीको संख्या बढ्दा देशको अवस्था थप खराब भएको बताएका छन् । कार्नी प्रतिस्पर्धीको तुलनामा पार्टी नेता बन्ने अभियानका बढी सतर्क देखिए । प्रधानमन्त्री पदको उम्मेदवार बनेपछि उनले हालसम्म एउटा पनि अन्तर्वार्तासमेत दिएका छैनन् ।

ट्रम्प विरोधी भए पनि उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउनेदेखि कर लगाउने ट्रम्पको अभिव्यक्तिबारे उनले कडा प्रतिक्रिया दिएका छैनन् । गत वर्ष जुलाईमा जस्टिन ट्रुडोको स्थान लिन सक्ने सम्भावित उम्मेदवारबारे गरेको सर्वेक्षणमा सहभागी २ हजारमध्ये १४० जना अर्थात् करिब ७ प्रतिशतले मात्रै मार्क कार्नीको नाम लिएका थिए ।

तर, जनवरीमा ट्रुडोको राजीनामा पछि उनले लिबरल पार्टी नेताको उम्मेदवारका रुपमा आफूलाई उभ्याएपछि केही मन्त्री र सांसदले समर्थन गरेका थिए । पार्टीभित्र बलियो समर्थनसहित नेता चुनिए पनि उनी कति समयसम्म प्रधानमन्त्री पदमा रहन्छन् भन्ने निश्चित छैन ।

किनकि लिबरल पार्टीसँग एकल बहुमत छैन । प्रधानमन्त्री बनेपछि उनले अक्टोबरभित्रै चुनाव गराउनुपर्नेछ । हाल उनी सांसद पनि नभएका कारण छिटो निर्वाचनमा जान बाटो अपनाउन सक्छन् । मार्क कार्नीको जन्म मार्च १६, १९६५ मा क्यानडाको उत्तर–पश्चिममा रहेको फोर्ट स्मिथमा भएको थियो ।

यद्यपि उनको सुरुवाती जीवन अल्बर्टाको एडमन्टनमा बित्यो । त्यसपछि, उनी अमेरिका गएका थिए र हार्बर्ड विश्वविद्यालयबाट अर्थशास्त्र अध्ययन गरे । पछि, उनी बेलायत गए र अक्सफोर्ड विश्वविद्यालयबाट पहिले मास्टर डिग्री तथा १९९५ मा अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरे ।

कार्नी २००८ मा बैंक अफ क्यानडाको गभर्नर नियुक्त भएपछि उनको नेतृत्वलाई छिट्टै विश्वव्यापी रूपमा चिनिन थालियो । २०१० मा टाइम म्यागजिनले उनलाई विश्वका २५ सबैभन्दा प्रभावशाली नेताहरूको सूचीमा समावेश ग¥यो ।

२०११ मा, रिडर्स डाइजेस्ट क्यानडाले उनलाई ‘सबैभन्दा भरपर्दो क्यानाडेली’ को उपाधि प्रदान ग¥यो । २०१२ मा, युरोमनी म्यागजिनले उनलाई ‘सन् २०१२ को उत्कृष्ट केन्द्रीय बैंक गभर्नर’ घोषित ग¥यो । २०१३ मा, कार्नी बैंक अफ इङ्ल्याण्डका गभर्नर बने र संस्थाको ३०० वर्षको इतिहासमा यस पदमा पुग्ने पहिलो गैरब्रिटिश नागरिक बने ।

हालका वर्षहरूमा, मार्क कार्नी संयुक्त राष्ट्रसंघको जलवायु कार्य तथा वित्तसम्बन्धी विशेष दूत र ब्रुकफिल्ड एसेट म्यानेजमेन्टको ट्रान्जिसन इन्भेस्टिङ प्रमुखका रूपमा कार्यरत थिए। तर, उनले यी पदहरूबाट राजीनामा दिएर क्यानडाको लिबरल पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् ।

Tags: #ट्रम्पका विरोधी कार्नी

लोकप्रीय

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२

विचार

थप समाचार

राजनीति

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?
समाचार

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

मङ्लबार पुस २९ , २०८२

हालका पोस्टहरू

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.