NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

राष्ट्र बैंकको नयाँ गभर्नर को ? दलको कि देशको ?

आइतवार चैत्र १० , २०८१
Reading Time: 1 min read
A A
ठूलो बजेट ल्याउने होड, १९ खर्बको बजेट ल्याउने ,नेपालको सुवर्ण बजेट कुन हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ चैत, काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल आगामी चैत २४ मा सकिँदैछ । यससँगै नयाँ अर्थात १९ औं गभर्नर बन्ने आकांक्षीहरुले शक्ति केन्द्रहरुमा दौडधुप सुरु गरिसकेका छन् ।

मौद्रिक नीति तर्जुमा गर्ने, नोटमा हस्ताक्षरसहित अन्तर्राष्ट्रिय एक्पोजरका कारण पनि गभर्नर पद सबैको रोजाइमा पर्ने गरेको छ । पछिल्लो समय त सरकालाई सफल वा असफल बनाउन समेत भूमिका खेल्न सक्ने भएकाले राजनीतिक रुपमा समेत गभर्नरलाई उच्च महत्त्वका साथ हेरिँदै आएको छ ।

सोही कारण १९औं गभर्नरका आकांक्षीहरु शक्ति केन्द्रसँग निकटता बढाउँदै आफू गभर्नर भए शिथिल अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने ब्रिफिङ गर्न थालेका छन् । राजनीतिक नियुक्ति भएकाले पनि योग्यता पुगेका आकांक्षीहरु आफू निकटका नेताहरुको विश्वास जित्न लागिपरेका छन् ।

राष्ट्र बैंक ऐनले गभर्नर सिफारिस गर्दा सिफारिस समितिले बहालवाला डेपुटी गभर्नर मध्येबाट एक जनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । जसकारण बहालवाला दुबै डेपुटी गभर्नर गभर्नरको स्वभाविक मुख्य दाबेदार हुन् ।

नेपाल राष्ट्र बैंक ऐनमा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा स्नातकोत्तर गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य कानुनको क्षेत्रमा कार्यअनुभव भएको व्यक्ति गभर्नर बन्न योग्य हुने उल्लेख छ ।

नेपाल सरकार वा राष्ट्र बैंकको विशिष्ट श्रेणीको विश्वविद्यालको प्राध्यापक, वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतलाई ऐनले तोकेको कार्यअनुभव मानिने उल्लेख छ । त्यस्तै अन्तर्राष्ट्रिय संघ संस्थाको कार्यकारी तहको वा सो सरहको पद र मर्यादाक्रमले सोभन्दा उच्च तहको पदमा काम गरेकालाई पनि कार्यअनुभव मानिने उल्लेख छ ।

राष्ट्र बैंक ऐनले गभर्नरका लागि उमेरहद तोकेको छैन् । तर, अर्थमन्त्रालय सम्वद्ध निकायहरुको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनले भने गभर्नर नियुक्तिका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष नकटेको हुनुपर्ने व्यवस्था गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भएको सोही मापदण्ड गभर्नरका केही दाबेदारका लागि बाधक बन्ने देखिएको छ । उक्त योग्यता पुगेका गभर्नरको दावेदारको सूचीमा राष्ट्र बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशक, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, नेपाल सरकारका पूर्वसचिव लगायका व्यक्ति दावेदार छन् ।

राष्ट्र बैंकको गभर्नर बन्ने आकांक्षीहरु करिब २ दर्जन छन् । जसमध्ये एक दर्जनलाई गभर्नरको बलियो दाबेदारको रुपमा हेरिएको छ । राष्ट्र बैंकको सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना स्वभाविकरुपमा गभर्नरको सबैभन्दा बलियो दाबेदार हुन् । ढुंगानाको निकटता एमालेतिर छ ।

यस्तै राष्ट्र बैंकमा कार्यकारी निर्देशक बनेको केही समयमै डेपुटी गभर्नरमा नियुक्त भएका बमबहादुर मिश्र प्रधानमन्त्री केपी ओलीका छिमेकी मात्रै होइनन्, एमाले निकटसमेत हुन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ पनि गभर्नरका बलियो दावेदार हुन् ।

उनी हाल राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएर कार्यरत छन् । श्रेष्ठले एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए ।

गभर्नरका अर्का बलियो दाबेदार हुन् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट । सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग सिधा पहुँच भएका भट्ट कांग्रेसको भागमा गभर्नर परेमा बलियो दाबेदार हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि गभर्नरका बलिया दाबेदार हुन् । सत्ता साझेदार दुई ठूला नेता शेरबहादुर देउवा र केपी ओलीसँग भट्टको सिधा पहुँच छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशकका रुपमा कार्यरत गोकर्ण अवस्थी पनि गभर्नर बन्ने दौडमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा केही दिनअघि कांग्रेसबाट गभर्नरका लागि सम्भावित उम्मेद्वारहरु को को हुन सक्छन् ? भनेर कोर टिममा भएको छलफलमा अवस्थीको नाम पनि आएको थियो ।

यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरको दौडमा अग्रस्थानमा छन् । उनी कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका अशोक शेरचन एमालेसँग निकट छन् ।

ओलीसँग सिधा सम्बन्ध रहका शेरचन गभर्नरको बलियो दाबेदार हुन् । कांग्रेसको कोटाबाट राष्ट्र बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएका रवीन्द्र पाण्डे पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

डा. रामशरण महत र डा. प्रकाशशरण महतसँग निकट पाण्डे पछिल्लो समय आरजु देउवासँग राम्रो सम्बन्ध रहेकाले कांग्रेसका भागमा गभर्नर परे गभर्नरको बलियो दाबेदार हुन्। यस्तै पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री पनि गभर्नरका लागि बलियो दाबेदार हुन् । गभर्नर बन्ने दौडमा बैंकर सन्तोष कोइराला पनि अग्रस्थानमा देखिएका छन् ।

पछिल्लो समय गभर्नर पदमा आफू समर्थित व्यक्ति पु¥याउन राजनीतिक दल र स्वार्थ समूह निकै सक्रिय छन् । निजी क्षेत्रलाई पनि केन्द्रीय बैंकले लिने नीतिले ठूलो अर्थ राख्छ । त्यसकारण व्यावसायिक घरनाहरु समेत आफू अनुकुलको व्यक्तिलाई गभर्नर बनाउन ठूलै प्रयास गर्दै आएका छन् ।

परम्परागतरुपमा दुई मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन गरिरहेको अवस्थामा कुनै एक पार्टी निकटभन्दा पनि दुवै पार्टीलाई विश्वासमा लिनसक्ने दाबेदारले बाजी मार्ने सम्भावना बलियो छ ।

पछिल्लो समय गभर्नर पद राजनीतिक यात्राको नयाँ पाइला बनेको छ भने सत्तामा विपक्षी दल हुँदा पनि बार्गेन गर्न सक्ने बलियो आधार बनेको छ । त्यसको पछिल्लो उदाहारण हुन् गभर्नर महाप्रसाद अधिकारी । उनले कांग्रेस र माओवादी गठबन्धनको सरकारलाई चरम असहयोग गरे भने एमालेमाथि सफ्ट कर्नर राखेर मौद्रिक उपकरणको प्रयोग गरेको टिप्पणी हुने गरेको छ ।

यसबीच चैत २४ मा गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले सिफारिस समिति नै गठन गरेको छैन ।अर्थतन्त्र प्रतिकूल रहेको र नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’ मा रहेको बेला गभर्नर छनोटमा सरकार गम्भीर नहुने हो कि भन्ने चिन्ता पनि छ ।

अर्थमन्त्री विष्णु पौडेलले गत २२ फागुनको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठनको प्रस्ताव लगेका थिए तर एकपक्षीय समिति बन्न लागेको भन्दै कांग्रेसका मन्त्रीहरूले असहमति राखेका थिए । त्यसपछिका मन्त्रिपरिषद् बैठकमा यो विषयमा छलफल भएको छैन ।

Tags: #को बन्दैछ नयाँ गभर्नर ?#नेपाल राष्ट्र बैंक#राष्ट्र बैंकको नयाँ गभर्नर

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.