×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

क्यानडाले तोड्यो अमेरिकासंगको सबै सम्बन्ध

१४ चैत्र २०८१

१५ चैत , एजेन्सी।

क्यानडामा जस्टिन टु«डोका बेला अमेरिकासंग तनावग्रस्त बनेको सम्बन्धलाई उनको स्थानमा आएका नयाँ प्रधानमन्त्री मार्क कार्नीले सम्बन्ध सुधार गर्ने ठानिएको थियो । उनले प्रधानमन्त्रीका लागि चुनिएपछि यो कुरा आफ्नो सम्बोधनमा पनि बताएका थिए ।

तर अब उनै कार्नीले अमेरिकासंगको आफ्नो पुरानो सम्बन्ध समाप्त भएको उद्घोष गरेका छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अमेरिकासँगको सैन्य सुरक्षादेखि आर्थिक सम्बन्ध पनि सकिएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको नीतिले क्यानडाको अर्थतन्त्र प्रभावित भएको र आर्थिक गतिविधि बढाउन क्यानडाले निकै प्रयास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

बुधबार मात्रै ट्रम्पले आयातित सवारी साधन र सवारी पाट्र्समाथि २५ प्रतिशत स्थायी कर लगाउने घोषणा गरेका थिए । लिबरल पार्टीका नेता समेत रहेका कार्नीले १९६५ मा हस्ताक्षर भएको क्यानाडा–अमेरिका अटोमोटिव उत्पादन सम्झौता विपरित अहिले स्थायी कर लगाइएको बताए ।

कार्नीले अर्को महिना हुने निर्वाचनमा आयात शुल्कहरूको सामना गर्न सक्ने गरि आफ्नो अभियान योजनामा परिवर्तन समेत गरे । अमेरिकाले पहिले नै क्यानाडाका सामानहरूमा २५ प्रतिशतको कर लागू गरेको छ ।

साथै सबै एल्युमिनियम र स्टील आयातमाथि पनि थप २५ प्रतिशत शुल्क लगाएको छ । व्हाइट हाउसका अनुसार नयाँ सवारी साधन ट्यारिफहरू २ अप्रिलबाट लागू हुनेछन् । सवारी साधन आयात गर्ने व्यवसायहरूका लागि अर्को दिनदेखि शुल्क लागू हुनेछ ।

पाट्र्समाथि करहरू मे वा त्यसपछि लागू हुनेछन् । मार्क कार्नीले क्यानडाले पनि प्रतिशोधात्मक कर लगाउने उल्लेख गर्दै यसले सबैभन्दा बढी असर अमेरिकालाई पर्ने दाबी गरे । यद्यपि कार्नीले भनेका छन्, ‘ट्रम्पको कार्यालयबाट फोन वार्ताको तालिका बनाउने प्रस्ताव आएको छ र दुई नेताबीच चाँडै वार्ता हुन सक्छ।’

यसो भयो भने कार्नी प्रधानमन्त्री बनेपछि उनी र ट्रम्पबीच फोनमा कुराकानी पहिलोपटक हुनेछ । क्यानडामा अर्को महिना आम चुनाव हुँदै छ । यता ग्रिनल्याण्ड कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो प्रतिक्रिया जनाएका छन् ।

‘संक्षेपमा भन्नुपर्दा ग्रिनल्यान्डलाई लिएर अमेरिकाको योजना गम्भीर छ ।’ आर्कटिक सर्कलको सबैभन्दा ठुलो सहर मुर्मान्स्कमा आयोजित रुसको आकर्टिक फोरममा पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् । यी योजनाको जरा इतिहासमा रहेको पनि उनले बताए ।

ग्रिनल्याण्डमाथि नियन्त्रण प्राप्त गर्ने अमेरिकाको प्रयास कुनै नयाँ वा आश्चर्यजनक कदम नभएको उनले भने । अमेरिकाले पहिले नै खनिज सम्पन्न यो क्षेत्रमा चासो राख्दै आएको पुटिनले बताए ।

‘अमेरिकाले १९ औँ शताब्दीको सुरुमै ग्रिनल्याण्ड कब्जा गर्ने योजना बनाएको थियो र दोस्रो विश्वयुद्धपछि डेनमार्कबाट यसलाई किन्न पनि प्रस्ताव गरेको थियो’ पुटिनले भने । जहाँसम्म ‘ग्रिनल्यान्डको कुरा छ, यो दुई देशको मामिला हो ।

यसमा रुसको कुनै सरोकार छैन । ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चाहनाप्रति पुटिनले प्रतिक्रिया दिएको यो पहिलो पटक हो । अमेरिकाले आर्कटिक क्षेत्रमा आफ्नो भू–रणनीतिक, सैन्य र आर्थिक स्वार्थ बढाउने प्रयास गर्नेछ भन्ने कुरा स्पष्ट भएको पनि उनले बताए ।

चीन र रुस दुवैको नजर यस क्षेत्रको जलमार्ग र प्राकृतिक स्रोत साधनमा रहेकाले ग्रिनल्याण्डको रणनीतिक महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top