NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

थाइ समकक्षीसंग आज प्रधानमन्त्री ओलीको भेटवार्ता

बुधबार चैत्र १९ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
थाइ समकक्षीसंग आज प्रधानमन्त्री ओलीको भेटवार्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० चैत ,एजेन्सी ।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पाइतोङतार्न सिनावात्राबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावात्राले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।

यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ ।

LS Auto

यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावात्राले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् ।

प्रधानन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न थाइल्याण्ड पुगेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा पनि भाग लिनेछन् । प्रधानमन्त्री कार्यालयका अनुसार मंगलबार साँझ स्थानीय समयअनुसार सवा ६ बजे ओली नेतृत्वको टोली बैंकक पुगेको हो ।

बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री र संस्कृति तथा खेलकुदमन्त्री, थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितका अधिकारीहरूले स्वागत गरेका थिए ।

थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । नेपाल र थाइल्यान्डबीच ६५ वर्षअघि नै कूटनीतिक सम्बन्ध स्थापना भए पनि प्रधानमन्त्री तहमा औपचारिक भ्रमण भएको थिएन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण ढकालले थाइल्यान्डको भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा. सहभागिता प्रधानमन्त्री ओलीको भ्रमणको दुई उद्देश्य रहेको बताए । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भएकाले यसबाट दुई देशबीच आर्थिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास राखिएको उनले जनाए ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान थाइल्यान्डका व्यवसायीहरूसँग भेट्ने र दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन साँझ बिमस्टेक शिखर सम्मेलनका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई दिइने रात्रिभोजमा ओली सहभागी हुनेछन् ।

शुक्रबार बिहान प्रधानमन्त्री ओली ‘मेरी टाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुने र बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । शिखर सम्मेलनमा भाग लिने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷प्रधानमन्त्रीसँग ओलीले ‘साइडलाइन’ बैठक गर्नेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठक बहुप्रतीक्षित मानिएको छ । सम्मेलनको समापनपछि शुक्रबार मोदीसँग भेटको सम्भावना छ । त्यसका लागि कूटनीतिक तहबाट प्रयास गरिए पनि अहिलेसम्म भेट हुने तय भइसकेको छैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले विभिन्न सरकार र राष्ट्र प्रमुखसँग द्विपक्षीय भेटको सम्भावना रहेको बताए । उनले को–कोसँग भेटघाट तय भएकोबारे अहिले स्पष्ट नभएको बताए । सोमबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलगत्तै सम्भव भएसम्म विभिन्न मुलुकका नेताहरूसँग साइडलाइन वार्ताको तयारी रहेको बताएका थिए ।

समयको चाप रहेकाले सम्भव भएसम्मका साइडलाइन भेटघाट हुने उनले उल्लेख गरेका थिए । उनले पनि को–कोसँग भेट हुने खुलाएनन् । ओली प्रधानमन्त्री भएको साढे ८ महिना पुगेको छ । यस अवधिमा उनले भारत भ्रमणको निम्तो पाएका छैनन् ।

त्यसलाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा ओलीको भारतसँग सम्बन्ध चिसो रहेको रूपमा अथ्र्याइने गरेको छ । त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीबीच छुट्टै भेट हुने÷नहुने विषयलाई चासोका साथ हेरिएको छ ।

यसअघि, गत असोजमा न्युयोर्कमा ओली र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । त्यतिबेला संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान साइडलाइन भेटवार्ता भएको थियो । त्यसयता ओली र मोदी बिमस्टेकको मञ्चमा भेट्दै छन् ।

Tags: #थाइ समकक्षी#थाइ समकक्षी संग  ओलीको भेटवार्ता#प्रधानमन्त्री ओलीको भेटवार्ता

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

00:14:24

World News:भारतले लगायो टर्कीएलाई प्रतिबन्ध,बंगलादेशमा उथलपुथल || Nepal Times

00:18:46

World News: इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, अमेरिकामा इजरेली कर्मचारी असुरक्षित || Nepal Times

00:15:01

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

00:12:47

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.