×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

“सन्चो“बनाउने जडीबुटी केन्द्र ध्वस्त,कसको के बिगारेको थियो ?

१९ चैत्र २०८१

२० चैत , काठमाण्डौ ।

तपाई सन्चो प्रयोग गर्नु हुन्छ ?यदि गर्नु हुन्छ भने बजारमा अब केही समय सन्चो नपाइन सक्छ । सन्चो उत्पादन गर्ने कम्पनी नै चैत्र १५ गते राजावादी समूहको निसानामा प¥यो । सङ्घीय राजधानीको मुटुमा रहेको जडीबुटी उत्पादन केन्द्रले राजावादीको आन्दोलन उक्साउन कुनै पनि भूमिका खेलेको थिएन ।

Advertisement

न त यो कम्पनी प्रदर्शन गर्ने भनिएको इलाकामा नै थियो । तर सबै भन्दा बढी क्षति यसैले व्यहोर्नु प¥यो । तीनकुनेको राजावादीको प्रदर्शन हिंसात्मक बन्न पुग्यो । तीनकुनेमा भड्किएको हिंसाको छिटा कोटेश्वर पार गरेर जरीवुटी पुग्यो ।

जसका कारण सन्चो उत्पादन गर्ने कम्पनी नै जलेर खरानीमा परिणत बन्नपुग्यो । सन्चोले गणतन्त्रवादी राजावादी, सुरक्षाकर्मी, सरकार पक्ष कसैला पनि फरक व्यवहार गर्दैन थियो । रुघाखोकी लाग्दा मात्र हैन टाउको दुख्दा समेत बिरामीलाई आराम प्रदान गर्ने सन्चो कम्पनी अहिले आफै बिरामी परेको छ ।

राजावादी समर्थकको निसानामा परेपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका सबै प्रकारका उत्पादन अहिले बन्द छन् । राजावादी समूहले गरेको आगजनीबाट कम्पनीमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

माओवादीको दश बर्षे सशस्त्र जनयुद्धलाई सम्झना गराउने गरी काठमाण्डौंमा भएको तोडफोड र आगजनीले करोडौँ रुपैयाँको क्षति भएको छ भने २ जनाको ज्यान समेत गएको छ ।

त्यही आगजनीमा परी जडीबुटी उत्पादनतथा प्रशोधन कम्पनीको जीएमपी अनुसार सञ्चालन गरिएको भवन लगायत स्वचालित उपकरण जलेर ध्वस्त हुँदा उत्पादन सबै ठप्प भएको हो ।

गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जीएमपी) सुविधा सहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उपकरण, फर्निचर, कागजात, प्याकेजिङ लगायत सामग्री जलेर खरानीभएका छन् । भवन खण्डहर बनेको छ ।

उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । परिसरमा रहेका एक दर्जन बढी गाडी र मोटरसाइकलको अस्थिरपन्चर मात्रै बाँकी छन् । २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको थियो ।

कम्पनीले २०५६ सालदेखि ‘सन्चो’ उत्पादन गर्दै आएको थियो । यहाँका उत्पादन मध्ये जनता माझ सबै भन्दा बढी रुचाइएको बस्तुमा सन्चो नै पर्छ । कम्पनीले सन्चो, सन्चो बाम (भिक्स), सन्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सन्चो जटा केश तेल, सन्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको थियो ।

जडीबुटी कम्पनीले स्थानीय स्तरसम्म पुगेर जनतालाई रोजगारी समेत दिँदै आएको थियो । सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थका लागि जडीबुटीको खेती कम्पनीको आफ्नै जग्गामा हुने गरेको छ ।

त्यति मात्रै होइन, सन्चो उत्पादनकालागि बिउ कम्पनीले नै वितरण गर्दै आमनागरिकलाई रोजगारी दिँदै आएको छ । कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ । जसमा ९ सयभन्दा बढी किसान जडीबुटी खेतीमा जोडिएका छन् ।

नेपालमा आयुर्वेदिक औषधिको उत्पादन गर्ने सरकारी उद्योगहरूमा सिंहदरबार वैद्यखाना विकास समिति र नेपाल आयुर्वेद औषधि कम्पनी लिमिटेड भक्तपुर हुन । यसै गरी निजीक्षेत्रका उद्योगहरूमा डाबर नेपाल प्रालि बाँके, हिमालय हर्बल्स काठमाडौँ, पाटनजलि आयुर्वेद नेपाल मकवानपुर र एभरेस्ट आयुर्वेद ललितपुर प्रमुख छन् ।

श्री वैद्यनाथआयुर्वेद, आर्य भट्ट आयुर्वेद कम्पनीका साथै साना तथा स्थानीय उत्पादन केन्द्रहरूले पनि औषधि उत्पादन गरी रहेका छन् । आयुर्वेदलाई दक्षिण एसियाको मौलिक उपचार पद्धति मानिन्छ । तर उचित व्यवस्थापन र नीतिगत कमजारीका कारण तीन दशक अघिदेखि चलिआएको यो उपचार पद्धति पछि परेको छ ।

जस कारण पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति मानिसको आकर्षण बढ्न सकेको छैन । संसारभरिका मान्छेले नेपालको हिमालयन हर्बल खोजेका छन् । नेपाल सरकारले नीति बनाएर आयुर्वेद औषधिलाई व्यावसायिक बनाउन सके रोजगारी सिर्जनाका साथै नेपाललाई विश्वसामु चिनाउन सकिन्थ्यो ।

आयुर्वेद उपचारको लागि नेपालएकदमै उपयुक्त देश हो । अहिले एलोपेथिक तिर मात्रै मान्छेको आकर्षण छ । आयुर्वेद तिर कम छ । निरोगी हुने जीवन पद्धति भनेको आयुर्वेद हो। आयुर्वेदको पद्धति अपनाएर मान्छे निरोगी हुन सक्छ ।

रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । यो वैकल्पिक विधिमा परे पनि यसले मान्छेलाई विभिन्न स्वास्थ्यलाभ दिइरहेको छ र निरन्तर दिइरहने छ ।
नेपालमा पाइने तथा खेती भएको आयुर्वेदिक औषधि भारत तथा अन्य देशमा प्रशोधन भएर आउँछ ।

आयुर्वेद उपचार केन्द्र छ्याप छ्याप्ती छन् । औषधि पनि जथाभाबी पाइन्छ । नेपालमा काठमाडौँको नरदेवीमा १०० शय्याको केन्द्रीय आयुर्वेदिक अस्पताल सञ्चालनमा छ। दाङमा ३० शय्याको क्षेत्रीय आयुर्वेदिक अस्पताल सञ्चालनमा छ।

यसका साथै, ७५ वटै जिल्लामा आयुर्वेदिक औषधालयहरू र ३०० भन्दा बढी स्थानमा आयुर्वेदिक प्राथमिक स्वास्थ्य चौकीहरू स्थापना भई सेवा प्रदान गरिरहेका छन्। आयुर्वेदिक सेवाबाट लाभान्वित जनसंख्याः नेपालमा परम्परागत रूपमा आयुर्वेदिक चिकित्सा पद्धति लोकप्रिय छ।

एक अध्ययन अनुसार, नेपालमाकरिब ८० प्रतिशतभन्दा बढी मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आयुर्वेदिक चिकित्साबाट उपचार लिने गरेका छन्। नेपाल जैविक विविधताले सम्पन्न देश हो, जहाँ करिब ७ सय प्रकारका औषधिजन्य जडीबुटी पाइन्छन्।

व्यावसायिक रूपमा उत्पादन र सङ्कलन गरिने प्रमुख जडीबुटीहरूमा टिमुर, तेज पत्ता, रिट्ठा, अमला, मान्थे, लेमनग्रास, अश्वगन्धा, पिप्ला आदि छन्। यी जडीबुटीहरूको ठुलो मात्रा भारत, युरोप, अमेरिका लगायतका देशहरूमा निर्यात गरिन्छ।

सन्चो केवल एउटा औषधि मात्र थिएन, यो नेपाली जनजीवनसँग गाँसिएको नाम थियो। रुघाखोकीदेखि टाउको दुखाइसम्मको सहज समाधान प्रदान गर्ने यो उत्पादन अब अनिश्चित भविष्यतर्फ धकेलिएको छ।

एक हिंसात्मक आन्दोलनको छायाँमा एउटा कम्पनी खरानीमा परिणत हुनु केवल आर्थिक क्षति मात्र होइन, हजारौँ किसान, मजदुर र उपभोक्ताको लागि गहिरो आघात पनि हो।

Advertisement

अब सन्चोको पुनःउत्पदान सम्भव छ वा छैन, त्यो आगामी दिनले देखाउनेछ। तर एक कुरा निश्चित छ,एक क्षणको आवेगले वर्षौँको मेहनतलाई खरानीमा परिणत गर्न सक्छ र यसको असर दीर्घकालीन हुन सक्छ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top