×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

ट्रम्प–मस्कविरुद्ध लाखौं अमेरिकनहरु सडकमा

२३ चैत्र २०८१

२४ चैत ,  एजेन्सी ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका निकटतम डज प्रमुख इलोन मस्कविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो ।

प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यहरूमा लगभग १ हजार २०० स्थानमा भइरहेकोे छ । यी विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो ।

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलाहरू सहित धेरै मुद्दाहरूमा ट्रम्पको एजेन्डाप्रति आक्रोश व्यक्त गरिरहेका छन् । अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीहरूले अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूमाथि आप्रवासन सम्बन्धी छापा मारिएको कारणले प्रदर्शन गरिरहेको बताएका थिए ।

हालै, अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीहरूलाई पक्राउ गरेर देश निकाला गरिएको थियो । ट्रम्प विरुद्धका प्रदर्शनमा डेमोक्र्याटिक सांसदहरूको भाषण सुन्न वासिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारीहरू भेला भएका थिए ।

यी भाषणहरूमा ट्रम्प प्रशासनका धनी व्यक्तिहरूमाथि धेरै टिप्पणीहरू गरिएका थिए। यी मध्ये प्रमुख नाम खर्बपति व्यापारी तथा ट्रम्प प्रशासनमा सरकारी खर्च र कार्यबल कटौतीको जिम्मा पाएका इलोन मस्क थिए ।

ट्रम्प प्रशासनले गरेको पछिल्ला आदेशहरु र ’डज’ भनिने सरकारी दक्षता विभागको नेतृत्व गर्दै आएका मस्कले व्यक्तिगत डेटामा निगरानी बढाउने, सरकारी निकायमाथि गरिरहेको हस्तक्षेपविरुद्ध शनिबार अमेरिकाका ५० वटै राज्यमा ‘ह्याण्डस् अफ’ नामक अन्तर्राष्ट्रिय विरोध दिवसको अवसरमा लाखौं अमेरिकीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उत्रिएकामध्ये ६ लाखले औपचारिक सहभागीको रुपमा हस्ताक्षरसमेत गरेका छन् । नागरिक अधिकार संगठनहरु, श्रमिक युनियनहरु, अधिवक्ताहरु, भूतपूर्व सैनिकहरु र निर्वाचन कार्यकर्ताहरुसहित एक सय ५० भन्दा बढी समूहहरुले प्रदर्शनको आयोजना गरेको सिएनएनले उल्लेख गरेको छ ।

५० वटै राज्यहरुको एक हजार २ सयभन्दा बढी स्थानमा प्रदर्शन गरिएको थियो । लाखौं प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प र अर्बपति मस्कले सरकारी कटौती, अर्थतन्त्र, आप्रवासन र मानव अधिकारमाथि गरेको कदमको आलोचना गरेका थिए ।

प्रदर्शनकारीहरुले हजारौं संघीय कर्मचारीहरुलाई बर्खास्त गर्ने, सामाजिक सुरक्षा प्रशासनका क्षेत्रीय कार्यालयहरु बन्द गर्ने, सम्पूर्ण एजेन्सीहरुलाई प्रभावकारी रुपमा बन्द गर्ने, आप्रवासीहरुलाई देश निकाला गर्ने, तेस्रो लिंगीहरुको लागि सुरक्षा कटौती गर्ने र स्वास्थ्य कार्यक्रमहरुको लागि अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको कदमप्रति आक्रोश व्यक्त गरेका छन् ।

दुई अर्बपतिले राज्यको शक्ति कब्जा गरेको भन्दै त्यसको अन्त्यका लागि ‘ह्याण्डस् अफ’ नारासहित ५० वटै राज्यका राजधानी, संघीय भवनहरु, कंग्रेसका कार्यालयहरु, सामाजिक सुरक्षाको मुख्यालय, पार्कहरु र सहरका मुख्य स्थानहरुमा विरोध प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरुले ट्रम्प र मस्कको कार्यशैलीको विरोध गर्दै तीनवटा मुख्य मागसहित विरोध प्रदर्शन गरेको सिएनएनले जनाएको छ । अर्बपतिहरुको अधिग्रहण र ट्रम्प प्रशासनको व्यापक भ्रष्टाचारको अन्त्य, सरकारबाट उपलब्ध गराइने पूर्ण स्वास्थ्य बिमाको कार्यान्वयन, सामाजिक सुरक्षाको सर्वपक्ष ग्यारेन्टीको माग राख्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् ।

राजधानी वासिङ्टन डिसीको नेसनल मलमा प्रदर्शनकारीहरुले ‘हे हो, ट्रम्पस् गट गो’ जस्ता नारा लगाएका थिए । उनीहरुले ‘प्रोटेक्ट योर कन्स्टिच्युसन’ र ‘ह्यान्ड अफ योर राइट्स’ लेखिएको साइनबोर्डहरु बोकेका थिए ।

राजधानी वासिङ्टन डिसीमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका मेरिल्याण्डका डेमोक्र्याटिक सांसद जेमी रस्किनले मुसोलिनीको राजनीति र हर्बर्ट हुभरको अर्थशास्त्र भएका राष्ट्रपतिको कुनै भविष्य नभएको बताए ।

वासिङ्टन स्मारकमा भेला भएका हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै सांसद रस्किनले भने ‘कुनैपनि नैतिक व्यक्ति अर्थव्यवस्थामा ध्वस्त हुने तानाशाह बन्न चाहँदैन, तर अहिलेको ट्रम्प प्रशासनले मुलुकको अर्थव्यवस्था नै संकट पर्ने र जनता मारमा पर्ने काम गरिरहेको छ ।

यसको विरुद्धमा हामी जुट्न आवश्यक छ ।’ वासिङ्टन प्रदर्शनकै क्रममा मिनेसोटा डेमोक्रेटिक प्रतिनिधि इल्हान ओमारले यदि अमेरिकामा सबैको भविष्य सुरक्षित हुने हो भने, छिमेकीहरु, गरिब, बच्चाहरुको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन योजना ट्रम्प प्रशासनले अघि बढाउन आवश्यक भएको बताए ।

फ्लोरिडाका सांसद म्याक्सवेल फ्रस्टले विरोध र प्रदर्शनलाई सहज रुपमा नलिन ट्रम्पलाई आग्रह गरे । ‘मानव इतिहासमा, अधिनायकवादीहरु आफूसँग भएको शक्तिबाट कहिल्यै सन्तुष्ट हुँदैनन् र उनीहरुले सीमाको परीक्षण गर्छन्, उनीहरुले कानुन तोड्छन्, र त्यसपछि उनीहरुले जनतालाई हेर्छन् कि उनीहरु शान्त छन् वा उनीहरु चर्को छन् कि छैनन्,’ फ्रस्टले भने ‘त्यसकारण ट्रम्पको ध्यान खिच्न पनि विरोध आवश्यक छ ।’

प्रदर्शनको आयोजकमध्ये एक नेसनल फेडरेसन अफ फेडरल इम्प्लोइजका अध्यक्ष रेन्डी इरविनले बिना गल्ती, बिना कारण हजारौं संघीय कर्मचारीलाई बर्खास्त गर्नु एक क्रुर मजाक भएको टिप्पणी गरेका छन् । उनले वर्षौंदेखि सरकारी सेवामा रहेकालाई बिनाकारण बर्खास्त गर्नुले उनीहरुको परिवारमाथि अपराध गरेको आरोप लगाए ।

‘म सेनाको भूतपूर्व सैनिक हुँ । हामी चुप लाग्ने छैनौं । हामी झुक्ने छैनौं । हामी खडा हुनेछौं र हामी निरन्तर विरोध गरिरहने छौं,’ एएफजीईका अध्यक्ष एवरेट केलीले प्रदर्शनका क्रममा उनले भने ।

सिएनएनले मार्च २८ मा सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म एक लाख २१ हजार ३ सय ६१ कामदारलाई संघीय निकायबाट निकालिएको छ । उता ट्रम्पले कर लगाउन थालेपछि अमेरिकाबाहिर पनि उनको नीतिको विरोध भइरहेको छ ।

लन्डन, पेरिस, तथा बर्लिनमा पनि यसबारेमा सभाहरू आयोजना भएका छन् । यसले ट्रम्पविरोधी प्रदर्शन अमेरिकामा मात्र सीमित नरहेर युरोपसम्म फैलिएको देखाउँछ । ट्रम्पले ५७ देशमाथि कर लगाउँदा अमेरिकीहरू पनि यसबाट पीडित बनेका छन् ।

करका कारण महँगी बढ्न सक्ने चिन्ताले अमेरिकीहरूलाई सताएको छ । अर्कातर्फ करकै कारण मन्दी हुन सक्ने आशंका पनि गरिएको छ । मानिसहरूको आक्रोश ट्रम्पमा मात्र सीमित नरहेर मस्कसम्म पुगेको छ ।

जर्मनीको फ्र्याङ्कफर्टमा बस्ने अमेरिकीहरूले ट्रम्प र मस्कविरुद्ध ¥याली निकालेका छन् । बर्लिनमा पनि मस्कको कम्पनी टेस्लाको शोरुमबाहिर सयौँले प्रदर्शन गरेका छन् । बर्लिनमा प्रदर्शनकारीहरूले एक प्लेकार्ड बोकेका थिए ।

जसमा लेखिएको थियो– सटअप इलोन मस्क, हामीले तिमीलाई भोट दिएका होइनौँ । त्यस्तै एउटा ककुरलाई कपडा लगाइदिइएको थियो जसमा लेखिएको थियो– हामी डगी (डीओजीई डज) को विपक्षमा छौँ ।

यसका अलावा पेरिस, लिस्बन जस्ता शहरहरूमा पनि ट्रम्प र मस्कविरुद्ध प्रदर्शन भइरहेको छ । उनीहरूले स्वाभिमानी अमेरिकीहरू शर्मनाक भएको सन्देश दिने प्लेकार्ड बोकेका थिए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top