×

NEPAL TIMES UPDATES

Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026

चीन र भारतको रुसलाई हतियार र सेना सहयोग

२६ चैत्र २०८१

२६ चैत , एजेन्सी ।

युक्रेन युद्ध सुरु भएपछि पश्चिमी देशहरूले चीन र भारतमाथि रूसको समर्थन गरिरहेको आरोप लगाउँदै आएका छन्। भारत र चीनले नै रूसबाट तेल खरिद गरेको विषयमा अमेरिकाले विभिन्न किसिमका प्रतिबन्धसमेत लगाएको छ।

यसमा अमेरिका चाहन्छ कि भारतले त अब रूसबाट हतियार खरिद नगरोस्, तर नरेन्द्र मोदी सरकार त्यसका लागि तयार देखिएको छैन। केही समय अघि प्रधानमन्त्री नरेन्द्र मोदीले रूसको भ्रमण गरेर राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।

पुटिन यस वर्ष भारत भ्रमणमा समेत आउन तयारीमा छन्। यसैबीच युक्रेनी सेनाले दाबी गरेको छ कि रूसी हतियार प्रणालीभित्र पहिलोपटक भारतमा निर्मित उपकरण भेटिएको छ। यदि यो दाबी सही हो भने भारत र युरोपियन मुलुकहरू बीचको सम्बन्धमा तनाव थपिन सक्ने संकेत देखिएको छ।

’कीभ इन्डिपेन्डेन्ट’ को रिपोर्ट अनुसार युक्रेनको मिलिटरी इन्टेलिजेन्सले ७ अप्रिलमा सार्वजनिक गरेको रिपोर्टमा पहिलोपटक रूसी हतियार प्रणालीभित्र भारतमा बनेको उपकरण भेटिएको उल्लेख छ।

अब रूसी हतियारहरूबाट अमेरिकामा बनेका उपकरणहरू पूर्णरूपमा हटिसकेको युक्रेनी सैन्य गुप्तचरको दाबी छ। उनीहरूले टेलिग्राममा लेखेका छन्, “रूसी हतियार प्रणालीमा पहिलोपटक भारतमा निर्मित उपकरण भेटिएको छ। यो ’अउरा सेमिकन्डक्टर’ कम्पनीको ‘क्लक बफर’ हो।“

युक्रेनी मिलिटरी इन्टेलिजेन्सले भनेको छ कि ६ प्रकारका रूसी हतियार प्रणालीभित्र २०० नयाँ पाट्र्स फेला परेका छन् । तीमध्ये केही महत्त्वपूर्ण भागहरूमा रूसले परिमार्जन गरेको शाहेद ड्रोनको सीआरपी एन्टेना, उत्तर कोरियाको केएन–२४ ब्यालिस्टिक मिसाइल, किंझल मिसाइलको कम्प्युटर प्रणाली तथा विभिन्न निगरानी र आक्रमण ड्रोनहरू रहेका छन्।

ईरानले डिजाइन गरेको शहीद–१३६ ड्रोनलाई रूसले ठूलो मात्रामा उत्पादन गरी युक्रेनका सहरहरू, ऊर्जा संरचना तथा अग्रपंक्तिमा हमला गर्न प्रयोग गरिरहेको छ।
यसअघि पनि रूसी हतियारहरूमा चिनियाँ चिपहरू फेला परेको थियो।

दशकौंदेखि भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता रूस नै रहँदै आएको छ। यद्यपि, अमेरिकालगायत पश्चिमी मुलुकहरूले रूसमाथि कडा प्रतिबन्ध लगाएपछि भारतले फ्रान्स जस्ता देशहरूबाट पनि व्यापक मात्रामा हतियार खरिद गर्न थालेको छ।

प्रधानमन्त्री मोदीले विभिन्न अवसरमा पुटिनसँग कुरा गर्दै यो समय युद्धको लागि होइन भनेर उल्लेख गरिसकेका छन्। युक्रेन युद्ध सुरु भएयता भारत र रूसबीचको व्यापार रेकर्ड स्तरमा पुगेको छ। भारतले अमेरिका समक्ष स्पष्ट रूपमा बताइसकेको छ कि ऊ रूससँगको मित्रता अन्त्य गर्ने पक्षमा छैन।

भारतले हालै रूसबाट एस–४०० वायु रक्षा प्रणालीको खेपसमेत प्राप्त गरिसकेको छ भने केही नयाँ रक्षा सम्झौताहरू पनि दुई देशबीच भएका छन्। अर्काेतर्फ युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसी सेनासँगै युक्रेन विरुद्धको युद्धमा संलग्न दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो युक्रेनी सीमामा रहेको डोनेट्स्क क्षेत्रमा भएको हो। यी व्यक्तिहरूसँग परिचयपत्र, बैंक कार्ड र व्यक्तिगत जानकारी पनि फेला परेको छ।’ यी दुई व्यक्तिबाहेक युक्रेन नजिकै रुसी सेनामा धेरै चिनियाँ नागरिकहरू रहेको रिपोर्ट प्राप्त भएको जेलेन्स्कीले दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी यी तथ्यहरूको अनुसन्धान गरिरहेका छौं। गुप्तचर विभाग, युक्रेनको सुरक्षा सेवा र सेनाका सम्बन्धित विभागहरूले यसमा काम गरिरहेका छन्।’ जेलेन्स्कीले युक्रेनका विदेशमन्त्रीलाई तुरुन्तै चीनसँग सम्पर्क गर्न र यस विषयमा छलफल गर्न आग्रह गरेको बताएका छन्।

यसैबिच, युक्रेनका विदेशमन्त्री एन्ड्रिया सिबिहाले पनि सामाजिक सञ्जालमा एक पोस्ट मार्फत यस विषयमा प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, ‘जहाँसम्म युक्रेनी सेना विरुद्धको युद्धको कुरा छ, हामी युक्रेनमा रुसी सेनासँग चिनियाँ नागरिकहरूको संलग्नताको कडा आलोचना गर्छौँ। हामीले युक्रेनका लागि चिनियाँ राजदूतलाई यस विषयमा हाम्रो आपत्ति व्यक्त गर्न र उनको स्पष्टीकरण माग्न परराष्ट्र मन्त्रालयमा बोलाएका छौँ ।’

यसअघि अमेरिकी अधिकारीहरुले पटक पटक युक्रेन युद्धमा चीनले हतियार सहयोग गरेको बताउँदै आएका थिए । तर चीनले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top