NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ? बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो बुधबार भदौ १८ , २०८२
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

सुनको भाउ तोलाको २ लाख नजिक, एकै दिन ३९ सय बढ्यो

शुक्रबार चैत्र २९ , २०८१
Reading Time: 1 min read
A A
सुन र डलर नै एकसाथ महँगो, नेपाललाई के असर गर्छ ?

Gold bullion on american dollar banknotes close up

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ चैत , काठमाण्डौ।

नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

यो इतिहासकै सबैभन्दा उच्च मूल्य हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ । विश्वबजारमा सुनको मूल्यमा आएको बढोत्तरीको असर आज नेपाली बजारमा देखिएको हो । व्यावसायीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्पारिक भन्सार दर ९० दिनलाई स्थगित गरेपछि त्यसको असर विश्व सुन बजारमा परेको बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उछाल आएको छ । लगानीकर्ताहरूले सुन लगायत सेफ हेभन एसेटमा लगानी बढाइरहँदा सुनको माग बढेर भाउले नयाँ उचाइ छोएको हो । शुक्रबार सुनको भाउ पहिलो पटक प्रतिऔंस ३ हजार २०० डलरमाथि उक्लिएको छ ।

बिहानी कारोबारदेखि नै न्यूयोर्कको मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ उकालो लाग्न थालेको थियो । उक्त दिनको कारोबारमा सुनको भाउ अधिकतम प्रतिऔंस ३ हजार २ सय १९ डलर ८२ सेन्टसम्म पुगेको थियो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान १०ः५३ बजे स्पट गोल्ड प्रतिऔंस ३ हजार २१० डलर ३४ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ५४ प्रतिशत धेरै हो ।

शुक्रबारको कारोबारमा स्विस फ्र्याङ्लगायत अन्य सेभ हेभन एसेटको भाउ आकासिएका छन् । हप्ताको सुरुमा अमेरिकी ऋणपत्रमा देखिएको सेल–अफ पुनः देखिएपछि शुक्रबार अमेरिकी डलरको तुलनामा स्वी फ्र्याङ्कको भाउ बढेर एक दशकयताकै उच्च स्तरका उक्लिएको छ ।

सन् २०२५मा सुनको मूल्य ४ सय डलरभन्दा बढीले वृद्धि भईसकेको छ । अमेरिका र चीनबीच बढ्दै गएको व्यापार युद्धका कारण सुनको मूल्यमा उछाल आएको हो । अमेरिकी राष्ट्रपतिले चीनमाथि ट्यारिफ थपेको थप्यै गरिरहेका छन् ।

अहिले चीनमाथिको अमेरिकी ट्यारिफ १४५ प्रतिशतसम्म पुर्याएका छन् । जसको प्रतिउत्तरमा चीनले पनि अमेरिकामाथि ट्यारिफ घोषणा गरिरहेको छ । विश्वका यी दुई शक्ति राष्ट्रबीचको व्यापारीक सम्बन्धमा आएको तिक्तताले ठूलो रुप लिने भयका कारण लगानीकर्ता सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएका छन् ।

यता उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले भारतसँगको स्थिर विदेशी विनिमय दर (फिक्सड पेग)को विकल्प खोज्न सुझाव दिएको छ । लामो समयसम्म एकै तहमा भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय दर रहेको, भारतसँग बढ्दो व्यापार घाटाका कारण अबको सुधारमा क्रमशः पुँजीगत खाता खोल्दै जान थालिएको स्थितिमा स्थिर विनिमय दरको विकल्पमा छलफल, अनुसन्धान र तयारी गर्नुपर्ने आयोगले सुझाएको छ ।

हाल नेपाल र भारतबीच १०० भारु बराबर १६० नेरु छ । स्थिर विनिमय दरका कारण डलरको मूल्य निर्धारण हुने गरेको छ । भारतमा डलर महँगो हुँदा नेपालमा पनि त्यसको असर पर्ने र सस्तो हुँदा नेपाली रुपैयाँ बलियो हुने गरेको छ ।

भारुसँगको स्थिर विनिमय दर लामो समयदेखि एउटै कायम भएकाले यसको परिमार्जनका विषयमा छलफल आवश्यक भएको राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले बताए । लामो समयदेखि छलफल नहुँदा नेपालको विनिमय दर अधिमूल्य भएमा निर्यात कमजोर हुन्छ भन्ने आशय भएको उनको भनाइ छ ।

यद्यपि, बजारको आवश्यकताअनुसार मुद्रा बलियो र कमजोर दुवै हुने उनको तर्क छ । भारुसँग स्थिर विनियम दर भएका कारण कहिले डलरसँग अधिमूल्य र कम मूल्य हुने गरेको उनले बताए । नेपालले हाल द्वैध विनिमय दर नीति अवलम्बन गरेको छ ।

नेरुको भारुसँग स्थिर र परिवत्र्य विदेशी मुद्रासँग खुला बजार विनिमय दर प्रणाली नेपालले अवलम्बन गरेको छ । नेरुको भारुसँगको स्थिर विनिमय दर प्रणाली ०१७ वैशाख १ गतेदेखि कायम हो । ०४९ फागुन १ गतेदेखि नेरुको परिवत्र्य विदेशी मुद्रासँग खुला बजार विनिमयय दर पद्धति लागु छ ।

०४९ फागुन १ गतेदेखि नेरुलाई चालु खाता कारोबारका निम्ति पूर्ण परिवत्र्यता प्रदान गरिएको हो । ०१७ वैशाख १ पहिला नेरुको भारुसँगको विनिमय दर मूलतः बजारको माग र आपूर्तिअनुसार परिवर्तन भइरहन्थ्यो । ०१७ वैशाख १ गतेबाट भारु १०० को नेरु १६० निर्धारण गरिएको विनिमय दर ६० वर्षपछि पनि उही रहेको छ ।

Tags: # सुनको भाउ# सुनको भाउले इतिहास बनायो

लोकप्रीय

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२

विचार

थप समाचार

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए
अन्तर्राष्ट्रिय

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो
ताजा समाचार

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए
अन्तर्राष्ट्रिय

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.