×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

सुन अहिलेसम्मकै महँगो,कतिमा हुँदैछ कारोबार ?

३० चैत्र २०८१

३१ चैत , काठमाण्डौ।

आज पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढ्दै १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएकोमा साताको पहिलो कारोबार दिन आज आइतबार १ हजार रुपैयाँले बढ्दै १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मू्ल्य पनि वृद्धि भएको छ । शुक्रबार १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ९६० रुपैयाँ पुगेको छ । विश्वबजारमा सुनको मूल्यमा आएको बढोत्तरीको असर आज नेपाली बजारमा देखिएको हो ।

व्यवसायीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्पारिक भन्सार दर ९० दिनलाई स्थगित गरेपछि त्यसको असर विश्व सुन बजारमा परेको छ । जसअनुसार दुई दिनमै सुन नौ हजार ६ सय रुपैयाँ बढेर आज फेरि अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको हो ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो । विश्व बजारमा शुक्रबार सुनको मूल्य प्रतिऔंस ३ हजार २५० डलर नाघ्दै नयाँ कीर्तिमानमा पुगेको थियो ।

अमेरिकी डलर कमजोर भएको र अमेरिका–चीन व्यापार युद्ध फेरि चर्किएको कारण सुरक्षित लगानीतर्फको माग वृद्धि भएकाले सुनको मूल्य उकालो लागेको हो। चीनले अप्रिल १२ देखि अमेरिकी सामानहरूमा लाग्ने शुल्क १२५ प्रतिशतमा पु¥याएको छ र ह्वाइट हाउसले १४५ प्रतिशतसम्म शुल्क वृद्धि गरेको छ ।

यी कदमहरूका कारण हरेक वर्ष विश्वका दुई ठूला अर्थतन्त्रबीच हुने करिब ७ सय अर्ब डलर बराबरको वस्तु कारोबार प्रभावित हुने देखिएको छ। यसले विश्वव्यापी आर्थिक वृद्धिसँग सम्बन्धित जोखिमयुक्त सम्पत्तिहरूलाई असर पु¥याउँदै सुरक्षित सम्पत्तिमा लगानी प्रवाह बढाएको छ।

सुन प्रायः लन्डनको ओटीसी बजार, अमेरिकी फ्युचर्स बजार र शाङ्घाई गोल्ड एक्सचेन्जमा कारोबार हुन्छ। सुनको मानक फ्युचर्स अनुबन्ध १०० ट्रोय औंसको हुन्छ। राजनीतिक र आर्थिक अन्यौलताका सुन एक आकर्षक लगानीको माध्यम मानिन्छ।

विश्वव्यापी सुनको खपतमा ५०% आभूषणमा, ४०% लगानीमा र १०% उद्योगमा प्रयोग हुन्छ। सुन उत्पादन गर्ने ठूला देशहरूमा चीन, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, रुस, पेरु र इन्डोनेसिया पर्छन्। सुनका गहना सबैभन्दा बढी उपभोग गर्ने देशहरूमा भारत, चीन, अमेरिका, टर्कीए, साउदी अरेबिया, रुस र युएई छन्।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top