×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

प्रचण्ड भन्छन् यो सरकारदुई तिहाइको हैन षड्यन्त्रको हो

४ बैशाख २०८२

४ वैशाख , काठमाण्डौ ।

गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा सडकमा नारा लाग्न थालेपछि केही समय सरकार विरुद्ध नरम देखिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी चर्को विरोधमा उत्रिएका छन् ।

काठमाण्डौंमा राजावादीले प्रदर्शन गर्न थालेपछि राष्ट्रिय राजनीतिमा सङ्कट आउने खतरा देखेको भन्दै चितवनबाट माओवादीले पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण रोकेर काठमाण्डौं केन्द्रित भएको थियो ।

चैत्र १५ गते नै माओवादी सहितको समाजवादी मोर्चा र राजावादीले काठमाण्डौंमा शक्ति प्रदर्शन गरेका थिए । तर राजावादीको तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो ।

‘राष्ट्रिय राजनीतिमा माओवादी केन्द्रको तर्फबाट हस्तक्षेप नगर्ने हो भने ठुलो राजनीतिक दुर्घटनाको खतरा देखेपछि हामीले चितवनको कार्यक्रम सकेर केही दिनका लागि अभियान रोक्यौँ र काठमाडौँ गयौँ,’ प्रचण्डले भने, ‘काठमाडौँमा हामीले विशाल जनप्रदर्शन र जनसभा गर्‍यौँ ।

त्यसले गणतन्त्रवादी कति अनुशासित र शालीन हुन्छन् भन्ने देखायो भने त्यही दिन जुधाएर राजावादीहरूले तीनकुनेमा गरेको कार्यक्रम एउटा आततायी आपराधिक घटनामा गएर टुङ्गियो ।

यसर्थमा हामीले जे सोचेर केही दिन अभियान रोकेर काठमाडौँ गएको उद्देश्य पूरा भयो ।’ उनले तीनकुने घटनापछि राजावादीहरू लोकतन्त्र विरोधी र आततायी आपराधिक तत्त्वका रूपमा नाङ्गिएको दाबी समेत गरेका छन् ।

नयाँ वर्ष सँगै माओवादीले स्थगन भएको अभियानलाई सुरु गरेको छ । यसै क्रममा भैरहवा पुगेका प्रचण्ड सरकार सँग निकै आक्रोशित देखिएका छन् । उनले वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको टिप्पणी गरे ।

रुपन्देहीको भैरहवामा बिहीबार पत्रकार भेटघाटमा प्रचण्डले यो सरकार असंवैधानिक भएको आरोप समेत लगाउन भ्याए । यो सरकार बनाउँदा काँग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको प्रचण्डको दाबी थियो ।

‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढङ्गले बनेको हो,’ प्रचण्डले भने, ‘यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो, मैले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ ९३० अनुसार काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको हो ।’

काँग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको वर्तमान सरकार बनेदेखि नै जनतामा यो सरकारप्रति कुनै आशा नभएको प्रचण्डले दाबी गरे । चितवन पुगेर स्थगित भएको जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान गैँडाकोटबाट पुनः अघि बढेको छ । यो अभियान झापाबाट सुरु भएको थियो ।

केही दिन अघि यो सरकारको आयु लामो नभएको भन्दै अध्यक्ष प्रचण्डले काँग्रेसलाई सकारको नेतृत्व लिन आग्रह गरेका थिए । उनले काँग्रेसलाई माओवादी सरकारमा जाने सर्तमा र बाहिर बाटै सहयोग गर्ने सत्रमा समेत सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

माओवादी अध्यक्षको यस्तो भनाइ आए सँगै काँग्रेसका दुई महामन्त्रीहरूले समेत सरकारको तीव्र आलोचना गरेपछि एमाले सशङ्कित बनेको थियो । काँग्रेसको ठुलो पङ्क्तिबाट सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

राष्ट्र बैङ्कको गभर्नर नियुक्ति प्रहरीको बढुवा लगायतका विषयमा सत्ता साझेदार दल काँग्रेस र एमालेबिच विवाद बढेको थियो । त्यसलाई साम्मे पार्न बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा काँग्रेसका दुई प्रभावशाली नेता नै अनुपस्थित भए ।

संयन्त्रका संयोजक समेत रहेका काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र संयन्त्र सदस्य तथा काँग्रेस महामन्त्री गगन थापा अनुपस्थित भएपछि बुधवारको बैठक औपचारिकतामा सीमित हुनपुग्यो।

बैठकमा काँग्रेस बाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा उपस्थित थिए । एमाले बाट भने प्रधानमन्त्री ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

प्रधानमन्त्री ओलीले मङ्गलवार काँग्रेस सभापति देउवासँग छलफल गरेपछि शिक्षक आन्दोलन, गभर्नरलगायतका नियुक्ति, दुई दलबिचका असमझदारीलगायत विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाएका थिए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top