नेपाल प्रहरीकै वेबसाइट ह्याक, चोरी भयो २० लाख डेटा

२१ बैशाख ८२, सोमबार

२२ वैशाख , काठमाण्डौ।

सर्वसाधारणलाई चोरीडकैतीबाट बचाउने र त्यस्ता कार्यमा संलग्नहरुलाई पक्राउ गर्ने नेपाल प्रहरी स्वयं नै चोरको फन्दामा परेको छ । नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक भएको छ । काजु नामको ह्याकरको समूहले नेपाल प्रहरीको वेबसाइट ह्याक गरेको हो ।

ह्याकरको समूहले उक्त वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरीसमेत गरेको छ । ह्याकर समूहले ह्याक भएको जानकारी डार्क फोरममार्फत सार्वजनिक गरेको छ । काजु समूहले वेबसाइटबाट चोरेको डेटाहरु बिक्रीमा राखेका छन् ।

Advertisement

जसको मूल्य ७ हजार अमेरिकी डलर तोकिएको छ । पोस्टमा उक्त ह्याकरले महत्व दर्शाउँदै भनेका छन्, ‘म बगको एक्सप्लोइट कोड बिक्री गर्छु । तपाईंले स्क्रिप्ट मात्रै चलाउनुपर्छ, अनि डेटा स्वतः डाउनलोड हुनेछ” ।

यतिमात्र होइन ह्याकर समूहले नेपाल प्रहरीको केन्द्रीय रेकर्ड पोर्टललाई मुख्य निशाना बनाएको उल्लेख गरेका छन्। जसमा प्रहरीको आधिकारिक वेबसाइटको ठेगाना (यूआरएल) पनि दिइएको छ ।

Advertisement

जसमा लेखिएको छ नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत सञ्चालन हुने नेपालको केन्द्रीय कानुन कार्यान्वयन निकाय हो । यसले वेबसाइट एफआईआर दर्ता, उजुरी ट्र्याकिङ, अफिसर डाइरेक्ट्री जस्ता सेवा दिन्छ ।

पोस्टमा ह्याकरले नेपाल प्रहरीको बेससाइटबाट लिएको डेटा भने सन् २०२५ कै रहेको भए पनि कुन महिनामा लिएको भनेर उल्लेख गरेको छैन । ह्याकरले किन्न चाहने व्यक्तिले सम्पर्कका लागि सेसन आइडी, सिग्नल र क्यूटक्स को ठेगाना समेत उपलब्ध गराएका छन् ।

ह्याकरले चोरी गरेको भनिएको उक्त संवेदनशील डेटाहरूमा नेपाली नागरिकको फोटो, नागरिकता, पासपोर्ट र पर्सन आइडेन्टी फिकेशन इन्फरमेशन (पीआईआई) व्यक्तिगत पहिचान गर्न सक्ने सूचना भएको दाबी गरेका छन् ।

नेपालमा पटक पटक सरकारी वेबपेजहरु ह्याक हुँदै आएको छ । साइबर सुरक्षा विज्ञका अनुशार वेबपोर्टलको सेक्युरिटी अडिट नगर्दा, भीपीएटी नगर्दा सरकारी वेबसाइट ह्याकरको निशानामा पर्ने गरेका छन् ।

यस्तै ह्याकरले सिष्टम, वेब एप्लिकेशन, नेटवर्कको कमजोरी पत्ता लगाएर आक्रमणको प्रयासमा लागेका हुन्छन् । ह्याकरको निशानामा पर्नुको मुख्य कारण नै सरकारी वेबपोर्टलहरूमा सुरक्षाको तह निक्कै नै कमजोर हुन्छन्।

उनीहरू सेक्युरिटी टेष्ट वार्षिक रुपमा पनि गराउँदैनन् । संवेदनशील कागजात र जानकारीहरू सेक्युरिटी अलआर्म हुँदैनन्। साइबर हाइजिन मेन्टेन हुँदैनन्। उनीहरुले एसक्युएल इन्जेक्शन, क्रस साइड स्क्रिप्टिङ (एक्सएसएस) लगायत अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा रहेका अभ्यासहरू गर्न जरुरी रहेको समेत बताएका छन् ।

ह्याकरका कारण सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अवरुद्ध हुँदा हवाई उडानहरु प्रभावितदेखि, बैंकमा समस्या, एकैपटक देशैभरका अधिकाँश सरकारी वेबसाइटहरु समेत बन्द भइसकेका छन् ।

ह्याकरहरुले विभिन्न सरकारी डिजिटल बोर्डहरु नियन्त्रणमा लिएर प्रधानमन्त्रीकै नाममा अपशब्द लेख्नेदेखि प्रेम प्रस्ताव समेत लेखेका थिए । अहिले प्रहरीकै वेबसाइट ह्याक गरेर लाखौं नागरिकहरुको डेटा चोेर्दै ह्याकरले नेपाल प्रहरीलाई नै चुनौती दिएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top