NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र बिहिबार असार २६ , २०८२
Next
Prev

समाचार

अपरेसन सिन्दूरले पाकिस्तानी मुख्यालय ध्वस्त ! भारतले विश्वलाई बताउँने

आइतवार जेष्ठ ४ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

४ जेठ , एजेन्सी ।

भारतका गृहमन्त्री अमित शाहले ’अपरेसन सिन्दूर’लाई लिएर फेरि एक ठूलो दाबी गरेका छन् । उनले यो अपरेशनले पाकिस्तानी मुख्यालयलाई ध्वस्त पारेको दाबी गरेका छन् ।

शनिबारदेखि गुजरातको भ्रमणमा रहेका उनले गान्धीनगरमा कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मोदीजी प्रधानमन्त्री बनेदेखि तीनवटा आक्रमण भएका छन् र मोदीजीले तीनैवटा आतंकवादी आक्रमणको उचित जवाफ दिएका छन् ।

उरीलाई सर्जिकल स्ट्राइकले ध्वस्त पारेको थियो, पुलवामालाई हवाई आक्रमणले ध्वस्त पारेको थियो भने अहिले पाकिस्तानी मुख्यालयलाई ’अपरेसन सिन्दूर’ ले ध्वस्त पारेको छ।’

गृहमन्त्री शाहले भारतीय सेनाले पाकिस्तानभित्र १०० किलोमिटर भित्र प्रवेश गरेर १०० भन्दा बढी आतंककारीलाई मारेको दाबी गरे । उनले भने, ‘हाम्रो सेनाले पाकिस्तानभित्र १०० किलोमिटर भित्र प्रवेश गरी ९ वटा आतंकवादी लुक्ने ठाउँ ध्वस्त पा¥यो । साथै १०० भन्दा बढी आतंककारी मा¥यो।’

पाकिस्तानले कच्छदेखि कश्मीरसम्म आक्रमण गर्ने दुस्साहस गरेको बताउँदै उनले त्यसलाई भारतीय सेनाले विफल पारेको जिकिर गरेका हुन् ।

शाहले भने, ‘भारतमा एउटा पनि मिसाइल खसेको छैन । हाम्रो सेनाले पाकिस्तानी एयरबेस पनि ध्वस्त पा¥यो । हाम्रो सेनाले पहलगाम आक्रमणको बदला लिँदै जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाको मुख्यालयलाई उडाइदियो।’
.
यसबीच पाकिस्तानविरुद्ध चलिरहेको ’अपरेसन सिन्दूर’का बीच भारतका रक्षा बलले हतियार र गोला बारुद किन्न लगभग ४० हजार करोड रुपैयाँ पाउने भएका छन् ।

भारतीय सञ्चामाध्यमका अनुसार सेनाले आपतकालीन शक्ति अन्तर्गत निगरानी ड्रोन, अत्याधुनिक घातक ड्रोन, लामो दूरीको प्रहार हतियार, तोपखानाका लागि गोला बारुद, विभिन्न प्रकारका वायु रक्षा प्रणाली र मिसाइल र रकेट जस्ता उपकरण खरिदमा ध्यान केन्द्रित गरिरहेको छ ।

रक्षा अधिकारीहरूका अनुसार रक्षा अधिग्रहण परिषद्ले आफ्नो हालैको बैठकमा आपतकालीन अधिकारअन्तर्गत अधिग्रहण अनुमोदन गरेको हो । बैठकमा रक्षा मन्त्रालयका अधिकारीहरू सहित धेरै वरिष्ठ सैन्य अधिकारीहरू पनि उपस्थित थिए ।

यसबीच अपरेशन सिन्दूर’ र ‘सीमापार आतंकवादविरुद्ध भारतको निरन्तर लडाइँ’ बारे विश्वका विभिन्न देशहरूलाई जानकारी दिन भारतका सात प्रतिनिधिमण्डलहरू चाँडै विदेश भ्रमणमा जाने भएका छन् ।

संसदीय मामिला मन्त्री किरेन रिजिजुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै देश भ्रमण गर्ने नेताहरूको पूर्ण सूची जारी गरेका छन् । रिजिजुले जारी गरेको सूची अनुसार, यसमा भाजपा र कांग्रेस लगायत धेरै दलका नेताहरू समावेश छन् ।

जसअनुसार समूह १बाट बीजेपी सांसद बैजयन्त पाण्डा, भाजपा सांसद निशिकांत दुबे, एआईएमआईएम सांसद असदुद्दीन ओवैसी र अन्य ५ जना साउदी अरब, कुवेत, बहराइन, अल्जेरिया जानेछन् ।

समूह–२मा रहेर भाजपा सांसद रविशंकर प्रसाद, शिव सेना (यूबीटी) बाट प्रियंका चतुर्वेदी र अन्य ६ जना बेलायत, फ्रान्स, जर्मनी, ईयू, इटाली, डेनमार्क जानेछन् ।

समूह–३मा रहेका जनता दल युनाइटेडका सांसद संजय कुमार झा, तृणमूल कांग्रेसका सांसद युसुफ पठान र अन्य ७ जना इन्डोनेसिया, मलेसिया, कोरिया गणराज्य, जापान, सिंगापुर जानेछन् ।

समूह–४मा शिव सेना सांसद श्रीकान्त शिन्दे, भाजपा सांसद बांसुरी स्वराज र अन्य ६ जना युएई, लाइबेरिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, सिएरा लियोन जानेछन् ।

समूह–५मा रहेका कांग्रेस सांसद शशि थरुर, भाजपा सांसद तेजस्वी सूर्य र अन्य ७ जना अमेरिका, पानामा, गुयाना, ब्राजिल, कोलम्बिया जानेछन् ।

समूह–६बाट द्रमुक सांसद कनिमोझी करुणानिधि र अन्य ७ जना स्पेन, स्लोभेनिया, ग्रीस, लाटभिया, रूस जानेछन् । समूह–७ मा रहेका एनसीपी (एससीपी) सांसद सुप्रिया सुले, भाजपा सांसद अनुराग ठाकुर र अन्य ७ जना इजिप्ट, कतार, इथियोपिया, दक्षिण अफ्रिका जानेछन् ।

यी सात प्रतिनिधिमण्डलहरूको उद्देश्य भारतका प्रमुख साझेदार देशहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्य देशहरूको भ्रमण गर्नु हो । उनीहरूले अतिवादमा भारतको अडान स्पष्ट पार्नेछन् ।

Tags: #अपरेसन सिन्दूर#पाकिस्तानी मुख्यालय ध्वस्त !

लोकप्रीय

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने
ताजा समाचार

बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.