NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान

बुधबार असार १८ , २०८२
Reading Time: 1 min read
A A
आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८  असार , काठमाडौं ।
अमेरिकी सिनेटमा घण्टौँको गतिरोध, संघर्ष र रस्साकसीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी विधेयक झिनो मतले पारित भएको छ ।
जसलाई लिएर इलोन मस्कले पनि निकै विरोध गरेका थिए । यो विल पास भयो भने आफूले नयाँ पार्टी खोल्नेसम्मको चेतावनी उनले दिएका थिए ।
र यो पास गराउने सिनेटरहरुलाई लाज लाग्नु पर्ने भन्दै कटाक्ष गरेका थिए । यसको बावजुद विधेयकले एक प्रमुख अवरोध पार गरेको हो। तर यसमा ट्रम्पले आफ्नै पार्टीका सिनेटरहरुको पनि विरोध खेप्नु परेको छ ।
अमेरिकी सिनेटमा २४ घण्टाभन्दा बढीको बहसपछि यो विधेयक पारित भएको हो । तर, सत्तारुढ रिपब्लिकन पार्टीभित्र फुट देखियो । यो विधेयक ‘वान बिग ब्युटिफुल बिल एक्ट’को मतदानमा पक्ष र विपक्षमा बराबर मत परेपछि उपराष्ट्रपति जेडी भान्सले ‘टाई–ब्रेकिङ’ मत दिँदा पारित भएको हो ।
रिपब्लिकन बहुमत भएको सिनेटमा विधेयकबारे मतदान हुँदा पक्ष र विपक्ष दुवैमा ५०–५० मत परेको थियो । सामान्य अवस्थामा उपराष्ट्रपतिले विधेयक पारित गर्ने सन्दर्भमा मतदान गर्दैन ।
बराबरी भएको अवस्थामा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउँछन् भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भान्सले मतदान गरेपछि ट्रम्पले ठूलो र सुन्दर (बिग ब्युटिफुल बिल) भन्दै आएका उक्त विधेयक सिनेटबाट ५१–५० को झिनो अन्तरले पारित भएको थियो ।
यो विधेयक अब तल्लो सदन कंग्रेसमा फर्किनेछ, जहाँ यसले अझै विरोधको सामना गर्नुपर्ने समाचारमा उल्लेख छ । यसअघि तल्लो सदन कंग्रेसमा रिपब्लिकनहरूले यो विधेयकलाई एक मतको झिनो अन्तरले पारित गरेका थिए ।
ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई यो विधेयकको अन्तिम संशोधनलाई ४ जुलाईसम्म कानुनमा हस्ताक्षर गर्न पठाउन समयसीमा दिएका छन् । “संशोधनसहितको विधेयक पारित भएको छ,” भान्सले मंगलबार भने, जुन क्षणमा सिनेट रिपब्लिकनहरूले ताली बजाए ।
डेमोक्र्याटहरू निराश हुँदै आफ्नो सिटमा बसे र टाउको हल्लाए । घाटा, सामाजिक कार्यक्रमहरू र खर्चको स्तरमा विवादले रिपब्लिकनहरूलाई चुनौती दिएको थियो । यसैले अवरोध ल्यायो । 
पार्टी एकजुट गर्ने प्रयासका बाबजुद तीन रिपब्लिकन सिनेटरले यो विधेयकलाई समर्थन दिएनन् । उनीहरूले विधेयकको विपक्षमा मतदान गरेका थिए । दिनभरीको वार्तापछि, रिपब्लिकन नेताहरूले अलास्काकी सिनेटरको समर्थन लिन सफल भएका थिए ।
जसले आफ्नो राज्यमा मेडिकेड कटौतीलाई लिएर समर्थन रोकेकी थिइन् । विधेयक पारित भएपछि ट्रम्पले भने, ‘यो एक उत्कृष्ट विधेयक हो । यसमा सबैका लागि केही न केही छ।’ राष्ट्रपतिको हस्ताक्षरसँगै यो विधेयक कानुन बन्नेछ ।
सामाजिक कार्यक्रममा खर्च कटौती हुने भएकाले यस विधेयकबारे धेरै विवाद छ । यो त्यही विधेयक हो जसका कारण ट्रम्प र उनलाई चुनाव जिताउने अर्बपति इलन मस्कबीच भनाभन भएको थियो ।
पछि उनीहरुको झगडा मस्कले पछुतो जाहेर गरेपछि सुलह भएको थिया े। तर सिनेटमा विधेयक पुगेपछि मस्कले फेरि ट्रम्पसँग वाकयुद्ध सुरू गरेका थिए । उनले विधेयक पारित भए नयाँ पार्टी खोल्ने चेतावनी दिएका थिए ।
ट्रम्पले जबाफमा ट्रम्पले मस्कका कम्पनीहरूलाई दिएको सरकारी अनुदान कटौती गर्ने धम्की दिएका छन् । ट्रम्पले मस्कलाई ‘दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्ने’ चेतावनी समेत दिएका थिए ।
विधेयक सिनेटले पारित गरे पनि मस्कले नयाँ पार्टीबारे भने अभिव्यक्ति दिएका छैनन् । यता यो विधेयकले स्वास्थ्य बीमा कार्यक्रमको कटौती, धनीहरूलाई कर लाभ, ग्रामीण अस्पतालहरू बन्द हुने, वैदेशीक ऋण, नवीकरणीय ऊर्जामा दिएको प्रोत्साहन खारेज गर्ने व्यवस्था रहेकाले धेरै रिपब्लिकनहरूले यसको पक्षमा मतदान गरे पनि तीन जनाले यसको विरोध जनाएका हुन् ।
विधेयक प्रतिनिधि सभा (हाउस अफ रिप्रिजेन्टेटिभ)मा पठाइएको छ । त्यहाँ रिपब्लिकनहरूको २२०–२१२ को झिनो बहुमत छ । प्रतिनिधि सभामा पनि रिपब्लिकनै सदस्यहरू उक्त विधेयकको विपक्षमा रहेका कारण त्यहाँ पनि ठूलो लडाइँ हुने निश्चित रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
https://www.youtube.com/watch?v=tNXUTPTZyAQ
LS Auto
Tags: #ट्रम्पको विधेयक#ट्रम्पको विधेयकविरूद्ध मतदान

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.