×

NEPAL TIMES UPDATES

Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026

 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

१९ असार २०८२
१९ असार, काठमाडौं ।
अमेरिकामा एक विपक्षी दलका नेताले हातैले खाना खाएपछि बबण्डर मच्चिएको छ । न्युयोर्क शहरमा मेयर पदका उम्मेदवार जोहरान मामदानीले हातैले दालभात तरकारी खाएको भिडियो सार्वजनिक भएपछि ट्रम्पसमर्थकहरूले आक्रोश व्यक्त गरेका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले मामदानीलाई ‘बौलाहा कम्युनिस्ट’ भनी अपमान गरिरहेको सन्दर्भमा उनका समर्थकहरूले पनि मामदानमाथि आपत्तिजनक टिप्पणी गरेका हुन् ।
टेक्सस राज्यका रिपब्लिकन सांसद ब्रान्डन गिलले मामदानीलाई तेस्रो विश्वतिर फर्केर जान भनेका छन् । हातैले भात खानुलाई मेक अमेरिका ग्रेट अगेनका अनुयायीहरूले राजनीतिक हतियारका रूपमा प्रयोग गरिरहेका छन् ।
चम्चाकाँटाको साटो हातैले खाना खाने मान्छे अमेरिकी हुन नसक्ने उनीहरूको भनाइ छ । नेपाल, भारत, श्रीलंका लगायतका देशमा हातैले खाना खाने प्रचलन छ । यो सांस्कृतिक परम्पराको पालन मात्र हो ।
तर, अमेरिकाका जातिवादी र श्वेत सर्वोच्चतावादीहरूले हातैले खाना खानुलाई अर्को संस्कृतिको परम्पराका रूपमा लिएर सम्मान गर्नुको साटो पश्चिमी संस्कृतिमाथिको धावाका रूपमा लिए ।
उनीहरूको पूर्वाग्रही दृष्टिकोणमा गोरा मानिस र पश्चिमी संस्कृतिभन्दा बाहेकका सबै गतिविधि शंकाको घेरामा पर्छन् । ‘तेस्रो विश्वतिरै फर्केर जानू’ अपमानजनक शब्दावली हुनुका साथै राजनीतिक बहिष्कारको संकेत पनि हो ।
श्वेत सर्वोच्चतावादीहरूले अन्यलाई ‘तिमीहरू जहाँबाट आएको हो, त्यहीँ फर्केर जाओ’ भन्ने गरेका छन् र अहिले तेस्रो विश्व भनेर उनीहरूले त्यही कुरालाई भूराजनीतिक शब्दावलि दिएका छन् ।
यसले स्पष्ट रूपमा सांस्कृतिक सीमारेखा कोरेको छ । तिमीहरू हामी जस्ता हैनौ भनी बहिष्कारको भाषा बोलिएको हो । मामदानीका पिता भारतीय मूलका युगान्डाली महमूद मामदानी हुन् भने आमा प्रख्यात फिल्म निर्देशक मीरा नायर हुन् ।
युगान्डाको राजधानी कम्पाला जन्मिएका मामदानी सात वर्षको हुँदा उनका आमाबुवा अमेरिकामा बसाइ सरेका हुन् । मामदानी न्युयोर्कको नगरसभामा निर्वाचित सदस्य हुन् ।
उनलाई त यस्तो अपमान गरिन्छ भने अश्वेत सर्वसाधारणप्रति कति घृणा प्रकट गरिन्छ होला ? तेस्रो विश्व भन्ने शब्दावलि शीतयुद्धको समयमा प्रयोग गरिन्थ्यो । त्यो अब अर्थहीन भइसकेको छ ।
गोरा अमेरिकीहरू हातैले बर्गर, चिप्स र फ्राइज खान्छन् तर उनीहरूलाई असभ्य भनिँदैन । दक्षिण एसियालीहरूले हातले भात खाँदा किन यति धेरै आपत्ति उठाइन्छ ?
अमेरिकामा बस्ने दक्षिण एसियाली मूलका मानिसले मामदानीको भिडियोमा मिश्रित प्रतिक्रिया जनाएका छन् । कतिपयलाई यो देखेर लाज लाग्यो भने अन्य कतिपयले आफ्नो संस्कृतिलाई संसारसामु प्रस्तुत गरेको भन्दै मामदानीको प्रशंसा गरे ।
मामदानीले हातैले भात खानु सांस्कृतिक क्षण मात्र हैन, यो त फरक संस्कृतिको अभ्यासले श्वेत सर्वोच्चतावादीहरूलाई असहज बनाउँछ भन्ने तथ्यको स्थापना पनि हो ।
मामदानीले पहिला पनि रोडी यान्ड रोजेज नाम दिएर अभियान चलाएका थिए । उनले आफ्नो राजनीतिलाई खाना, संस्कृति र न्यायसँग जोड्ने गरेका छन् ।
उनले आप्रवासी लगायतका कामकाजी वर्गको सुरक्षाका लागि खाद्य न्याय, बसोवासको अधिकार र श्रम सुरक्षाका विषयमा पैरवी गर्दै आएका छन् । त्यसैले, मामदानीले हातैले खाना खाएको भिडियो सार्वजनिक गर्नु आफ्नो जराप्रति एक्यबद्धता र गर्वको अभिव्यक्ति हो ।
तर, अमेरिकाका उग्रदक्षिणपन्थीहरूले त्यो सांस्कृतिक गर्वलाई जोरी खोज्ने कामका रूपमा हेरिरहेका छन् । यसअघि ट्रम्पले ममदानीलाई पक्राउ गर्ने चेतावनी दिएका थिए ।
ट्रम्पले संघीय आप्रवासन तथा भन्सार प्रवर्तन एजेन्सी (आईसीई)को कारबाहीको अवज्ञा गरे ममदानीलाई पक्राउ गर्ने चेतावनी दिएका हुन्।
मंगलबार फ्लोरिडाको एभरग्लेड्समा नयाँ एलिगेटर अल्काट्राज आप्रवासी हिरासत केन्द्रमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ३३ वर्षीय डेमोक्रेटिक नेता ममदानीलाई कम्युनिस्ट भएको आरोप लगाए ।
न्युयोर्क सहरको डेमोक्रेटिक मेयरमा प्राइमरी निर्वाचन जितेपछि ममदानीले छिमेकीलाई निर्वासन गर्ने मास्क लगाएका आईसीई एजेन्टलाई रोक्ने बताएका थिए । यसबारे एक पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भनेका छन, “त्यसो भए हामी उनलाई पक्राउ गर्छौं ।
हेर्नुहोस्, हामीलाई यो देशमा कम्युनिस्ट चाहिँदैन, तर यदि कोही छ भने म राष्ट्रको तर्फबाट उसलाई निकै सावधानीपूर्वक निगरानी गर्नेछु।” उनले ममदानी देशमा अवैधरूपमा बसेको गलत दाबी पनि दोहो¥याए ।
“धेरै मानिसहरू भनिरहेका छन् कि उनी यहाँ अवैधरूपमा छन् । हामी सबै कुरा जाँच्नेछौँ । आदर्श रूपमा, उनी कम्युनिस्टभन्दा धेरै कम सावित हुनेछन्, तर अहिले उनी कम्युनिस्ट हुन्, समाजवादी होइन ।”
मंगलबार बिहान ह्वाइट हाउसबाट बाहिरिँदा ट्रम्पले ममदानीमाथिको आक्रमणलाई निरन्तरता दिँदै उनलाई पूरै ’पागल’ र ’खराब’ पात्रका रूपमा व्यख्या गरे । ममदानीले मंगलबार एक वक्तव्यमार्फत ट्रम्पको भनाइको खण्डन गर्दै धम्कीलाई अस्वीकार गर्ने बताएका छन् ।
यस्तै डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई पनि तुरुन्तै पद छोड्न निर्देशन दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘टु लेट, उनले तुरुन्तै राजीनामा दिनुपर्छ।’
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्ष बनाएका थिए । ट्रम्पले ब्याजदर कटौती नगरेकामा पावेलको बारम्बार आलोचना गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन । पावेलको निरन्तर आलोचना गरे पनि ट्रम्पले यस वर्षको सुरुमा भनेका थिए, ‘पावरलाई बर्खास्त गर्ने उनको कुनै मनसाय छैन।’
ट्रम्प आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउन चाहन्छन् । अर्कातर्फ पावेलले मंगलबार भनेका थिए, ‘ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रलाई असर नगरेको भए केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुने थियो।’
यसअघि ट्रम्पले आफैलाई पैसाको खोला बगाएर चुनाव जिताएका इलोन मस्कलाई पनि दक्षिण अफ्रिका फर्कन बाध्य पारिदिने चेतावनी दिएका थिए ।
मस्कले डज प्रमुख भएर गरेको कामको पनि जाँच गरिने, यस्तै उनलाई दिएको सब्सिडी रोकिदिने, व्यापार ठप्प पारिदिने र अन्त्यमा अमेरिका छाड्न बाध्य पारिदिनेसम्मको धम्की ट्रम्पले मस्कलाई दिएका छन् ।
मस्कले पनि ट्रम्पको बिग बिउटीफुल विल पास भएको अवस्थामा नयाँ दल खोलेर अर्को वर्षको चुनावमा चुनौती दिने बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top