NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

मङ्लबार असार ३१ , २०८२
Reading Time: 1 min read
A A
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ असार , काठमाण्डौं ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले देशको अन्तर्राष्ट्रिय उपस्थिति खुम्च्याउँदै जाँदा चीनले कूटनीतिक पहल थालेको छ । अमेरिकी सिनेटको फरेन रिलेसन्स कमिटीले सोमवार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो ।

महिनौंसम्म अमेरिकी कर्मचारीहरूले गरेको यात्रा र अनुसन्धानका आधारमा यो प्रतिवेदन तयार पारिएको रोयटर्स समाचार संस्थाले समाचार दिएको छ । ट्रम्प प्रशासनले विदेश मन्त्रालयमा कर्मचारी कटौतीको काम शुक्रवारबाट सुरु भएको छ ।

कुल ३ हजार कर्मचारीलाई बर्खास्त गर्ने योजना छ । ट्रम्पले विदेशी सहायतामा दिइँदै आएको अर्बौं डलर पनि कटौती गरेका छन् । उनले संसारभरि मानवीय र विकास सहायता निकाय यूएस एजेन्सी फर इन्टरनेशनल डिभलपमेन्ट (यूएसएड) पनि बन्द गरिदिएका छन् ।

यूएसएड बन्द गरिँदा हजारौं कर्मचारीलाई बर्खास्त गरिएको छ र ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू बन्द गरिएका छन् । विदेशमा अमेरिकी सरोकारलाई प्रतिरक्षा र प्रवर्धन गर्नका लागि यस्तो कटौतीले रोक लगाउने आलोचकहरू बताउँछन् ।

द ल्यान्सेट नामक मेडिकल जर्नलले प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनले यूएसएडको लगानी कटौतीका कारण सन् २०३० सम्ममा १ करोड ४० लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ ।

‘ट्रम्प प्रशासनले दोस्रो कार्यकाल चलाउन थालेको केही दिनमै संसारभरि अमेरिकाको कार्यक्रममा कटौती गरिदियो,’ उक्त समितिकी डेमोक्रेट सांसद जीन शाहीनले बताइन्, ‘चीनले त्यति बेलैदेखि अमेरिका भरपर्दो साझेदार हैन भन्न थालिसकेको थियो ।

हामी विश्व मञ्चबाट पछि हट्दै गर्दा चिनियाँहरूले आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।’ तर, अनावश्यक खर्च घटाउन र संघीय प्रशासनलाई सानो बनाउनका लागि ट्रम्प प्रशासनले काम गरिरहेको बहालवाला अधिकारीहरू बताउँछन् ।

अमेरिकाले विदेशी सहायताका लागि अनावश्यक खर्च गरिरहेको र अन्य मुलुकहरूले थप भार वहन गर्नुपर्ने ट्रम्प तर्क गर्छन् । डेमोक्रेट सिनेटरहरूले तयार पारेको ९१ पृष्ठको प्रतिवेदनमा चीनले प्रसारणदेखि स्वास्थ्य कार्यक्रम र विकास निर्माणमा प्रभाव विस्तार गरिरहेको उल्लेख छ ।

उदाहरणका लागि, अफ्रिकामा अमेरिकाले खाद्य सहायता कार्यक्रममा कटौती गरेपछि चीनले मार्च महिनामा युगान्डालाई २० लाख डलर बराबरको चामल सहयोग गरेको थियो ।

त्यस्तै मे महिनामा अमेरिकाले जाम्बियालाई दिँदै आएको ३ करोड ७० लाख डलर बराबरको एचआईभी÷एड्स निवारण अनुदान बन्द गरेपछि चीनले ५ लाखवटा एचआईभी परीक्षण किटहरू दान गरेको छ ।

दक्षिणपूर्वी एसियामा चीनका राष्ट्रपति सी चिनपिङले भियतनाम, कम्बोडिया र मलेसिया भ्रमण गरी शीर्ष नेतृत्वसँग भेटघाट गरेका थिए । भियतनाममा रेलमार्ग निर्माण, कम्बोडियामा ऊर्जा, शिक्षा र पूर्वाधार क्षेत्रमा ३७ वटा सहकार्य सम्झौताका साथै मलेसियामा उत्पादन आदानप्रदानका विषयमा सम्झौता भएको छ ।

चीनले गत मे महिनामा चाइना–ल्याटिन अमेरिकन यान्ड द करिबियन फोरम आयोजना गरेर दक्षिण अमेरिकामा ९ अर्ब डलर बराबरको क्रेडिट लाइन र थप पूर्वाधार लगानीको घोषणा गरेको थियो ।

अहिले चीनले सांघाई सहयोग सङ्गठन (एससीओ)को सम्मेलन आयोजना गरिरहेको छ । जसमा सदस्य देशका विदेशमन्त्रीहरु सहभागि भएका छन् ।

यसक्रममा आजमात्रै राष्ट्रपति सी जिंगपिंगले भारत, रुससहितका विदेशमन्त्रीहरुलाई भेटेका छन् । यो सम्मेलनमा भारत र पाकिस्तानका विदेशमन्त्रीहरु पनि आमनेसामने हुँदैछन् ।

एससीओका सदस्य देशहरु १० वटा छन् । जसमा रुस, बेलारुस, चीन, भारत, पाकिस्तान, इरान, ताजाकिस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र किर्गिस्तान रहेका छन् ।

Tags: #सुपर पावरको दौडमा चीनअमेरिका पीडितसँग सम्बन्ध जोड्दै#चीनले बढायो कूटनीतिक पहल

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.