×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

 अफ्ताब आलम निर्दाेष कि दोषी ? अब सर्वाेच्चले फैसला गर्ने 

३ श्रावण २०८२
२ साउन , काठमाण्डौं ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च गएको छ।
उच्च सरकारी वकिलको कार्यालयले आलमलाई सफाइ दिने फैसलाविरुद्धको फाइल उठाएको थियो। महान्यायाधिवक्ता रमेश बडालले फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्णय गरेका थिए।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले अफ्ताब आलमलाई सफाइ दिने फैसला गर्दा प्रमाणलाई अनदेखा गरेको महान्यायाधिवक्ताको कार्यालयले दाबी गरेको छ।
उच्च अदालतको फैसला बदर गर्दै आलमसहित सबै प्रतिवादीलाई जन्म कैदको सजाय हुनुपर्ने माग गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले  बताएका छन् ।
यसअघि जिल्ला अदालत रौतहटले जन्म कैदकै फैसला सुनाएको थियो। तर, उच्चले त्यसलाई बदर गर्दै सफाइ दिएको थियो।  यो फैसलाप्रति सर्वसाधारणदेखि उच्च राजनीतिक नेतृत्वहरुले समेत टिप्पणी गरेका थिए ।
उच्च सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्न फाइल पठाएपछि महान्यायाधिवक्ताको कार्यालयले निवेदन तयार गरेर शुक्रबार सर्वोच्चमा पेस गरेको हो।
वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएको थियो। उच्च अदालतले बम विस्फोटको घटना भएको, मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको लगायतका कुनै पनि प्रमाण नरहेको भन्दै सफाइको फैसला गरेको थियो।
तर महान्यायाधिवक्ताको कार्यालयले तयार गरिरहेको निवेदनमा बम विस्फोट भएको र इँटाभट्टामा जलाएको प्रमाण भए पनि उच्च अदालतले ती प्रमाणलाई अनदेखा गरेको निष्कर्ष निकालेको छ।
उच्च अदालतको फैसला त्रुटिपूर्ण देखिएको, उच्चले फैसला गर्दा बुझ्नु पर्ने प्रमाण नबुझेको र नबुझ्नु पर्ने प्रमाण देखाएको पुनरावेदनमा भनिएको छ।
बम विस्फोटका घाइतेलाई इँटाभट्टामा लगेर जलाएको घटनाका कुनै पनि प्रमाण नरहेको उच्चको फैसलामा भनिएको थियो। पुनरावेदनमा बम विस्फोट भएको, घाइतेलाई जिउँदै लगेर इँटाभट्टामा जलाएको र साक्षी समेत जीवितै रहेको दाबी गरिएको छ।
बम पड्किएको, मान्छेको मृत्यु देख्ने व्यक्तिको समेत बयान रहेकाले योभन्दा ठूलो प्रमाण अरु हुन नसक्ने दाबी महान्यायाधीवक्ताको छ। मुख्य प्रमाणका रुपमा भारतको बिहार राज्यको सितामाढीका गौरीशंकर राम चमारलाई लिइएको छ।
उनी बम विस्फोटको घटना भएको हो भन्ने जीवित प्रमाण भएको दाबी गरिएको छ। चमारले दिएको बयान र उनको शरीरमा लागेको चोटको बारेमा मेडिकल रिपोर्टले पनि बम विस्फोटकै कारण भएको प्रमाणित गरेको दाबी गरिएको छ।
अदालतले आलमलाई सफाइ दिएपछि उनले काठमाडौंमा आएर पत्रकार सम्मेलन गरेका थिए । उच्च अदालतबाट जेठ १४ गते सफाइ दिने फैसला गर्ने दुवै न्यायाधीश यतिबेला न्याय परिषद्को छानबिनमा तानिएका छन्।
२०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो दिन पूर्वमन्त्री एवं कांग्रेस उम्मेदवार आलमले घटाएको भनिएको बम विष्फोट र त्यसका घाइतेलाई जिउँदै इँटाभट्टामा लगेर पोलिएको भनिएको घटना नै नभएको निष्कर्ष उच्च अदालतले निकालेको थियो।
घटना नै नभएपछि कसैलाई शंकाका भरमा सजाय पनि गर्न नहुने उच्च अदालतले फैसलाको पूर्ण पाठमा उल्लेख छ। जिल्ला अदालतले आलमसहित ४ जनालाई जन्मकैद हुने सजाय सुनाएको थियो।
जिल्लाको फैसलापछि कारागारमा रहेका उनीहरू उच्च अदालतले उक्त घटना नै नभएको भनी सफाइ दिएपछि त्यसैदिन कारागारबाट छुटेका थिए।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top