५ साउन , काठमाण्डौ ।
बंगलादेशमा एयरफोर्सको अभ्यास प्रशिक्षण उडानमा रहेको जेट दुर्घटनामा परेको छ । उक्त विमान सोमवार राजधानी ढाकाको उत्तरा भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो ।
चीनमा निर्मित एफ–७ बीजीआई विमानले दिउँसो उडान भरेको थियो । बंगलादेशको मिडिया विंगले भनेको छ कि आफ्नो उडानको केही क्षणमा नै यो विमान उत्तरामा दुर्घटनामा पर्यो ।
अग्नीनियन्त्रकहरुले यो दुर्घटनामा एकजनाको ज्यान गएको बताएका छन् । विमान माइलस्टोन कलेजको क्यान्टिनको छतमा खसेको हो । प्रत्यक्षदर्शीहरुले विमान अचानक ठूलो आवाजका साथ भवनमा ठोक्किएको बताएका छन् ।
जसले कलेज परिसरमा रहेका विद्यार्थी र कर्मचारीहरुका बीचमा कोलाहल मच्चिएको थियो । सो भवन प्लेग्रुप कक्षाहरुका लागि प्रयोग हुँदै आएको थियो । दुर्घटना हुनु केही क्षण अघिमात्रै त्यहाँ संचालमा रहेका कक्षाहरु सकिएको थियो ।
ढाका मेट्रोपोलिटन पुलिसको उत्तरा डिभिजनका आयुक्त मोहिदुल इस्लामले यस दुर्घटनाबारे जानकारी दिदै भने, वायु सेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएपछि स्थानीय प्रशासनले सो स्थानमा पुगेको छ ।
उनले घाइतेहरुलाई अस्पताल लगिएको र अवस्थालाई सामान्य बनाउने काम गरिरहेको पनि बताएका छन् । फायर ब्रिगेडका ड्यूटी अफिसर लीमा खानले प्रोथोमओलोलाई भनेका छन् कि दिउँसो १ः३० बजे दियाबारीमा भएको दुर्घटनापछि चार घाइतेहरुलाई सैन्य अस्पताल लगिएको छ ।
घटनास्थलमा अहिले पनि अग्निनियन्त्रक सेवाका तीन यूनिट राहतका काममा जुटेका छन् । ढाका मेडिकल कलेज अस्पताल, कुर्मीटोला जनरल अस्पताल, कुवैत बांग्लादेश मैत्री सरकारी अस्पताल, उत्तरा महिला मेडिकल कलेज र शहीद मोनसूर अली मेडिकल कलेज अस्पतालमा घाइतेहरुलाई पठाइएको छ ।
बंगलादेशको राजधानीमा दुर्घटनाग्रस्त भएको एफ–७ बीजीआई चीनमा निर्मित बहुउद्देश्यीय लडाकू विमान हो । यो विशेष रूपले बंगलादेश वायु सेनाका लागि डिजाइन गरिएको एफ–७ (मिग–२१ के एक रूप) को एक उन्नत संस्करण हो ।
यसलाई एफ–७ श्रृंखलाको सबैभन्दा उन्नत संस्करण मानिन्छ । तर अहिले बंगलादेशमा भएको यो क्रयाशले चीनमा निर्माण भएको यो विमानको विश्वनीयताका लागि झट्का लागेको छ ।
केही समय पहिला भारतको अहमदावादमा पनि अमेरिकी कम्पनी बोइंगले निर्माण गरेको इन्डियन एयरलाइन्स यसैगरी एक कलेजको परिसरमा जोतिन पुगेको थियो ।
जसमा परि विमानमा सवार र मेडिकल कजेलका चिकित्सक, विद्यार्थी र कर्मचारी गरी २७५ जनाको ज्यान गएको थियो ।