×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती

८ श्रावण २०८२
७ साउन , काठमाण्डौं ।
नेकपा (माओवादी केन्द्र) का नेता, सांसद तथा पूर्वमन्त्री सुदन किराँतीले सुनसरीको धरानमा बनाइएको आफ्नो सालिकलाई हटाउन आग्रह गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत उक्त सालिक ’कसैले नदेख्ने र कहिल्यै नभेट्ने गरी’ गाडिदिन धरान उपमहानगरपालिकासँग विनम्र अनुरोध गरेका छन्  ।
आफ्नो फेसबुक स्टाटसमा उनले सालिक निर्माण गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै लेखेका छन्,“धरानमा मेरो सालिक बनाइदिनुहुने सबैलाई हृदयभित्रबाटै उच्च सम्मान गर्दछु। तर सबैमा स्मरण रहोस्, मलाई मेरो सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन।“
उनले व्यक्तिपूजा र सालिक संस्कृतिको सैद्धान्तिक रूपमा आफू विरोधी रहेको स्पष्ट पार्दै थप लेखेका छन्, “साँच्चै भन्नुपर्दा, मान्छेको सालिक बनाउने र सालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ। फेरि मैले सालिक बनाउनु पर्ने किसिमको देशलाई योगदान पनि के नै पो गरेको छु र?“
सांसद किराँतीले आफ्नो सन्देशमा सामाजिक सञ्जालमा हुने गरेका असभ्य र निम्नस्तरीय टिप्पणीप्रति पनि चिन्ता व्यक्त  गरेका छन् ।
उनले लखेका छन्, “कुनै पनि विषयमाथि प्रतिक्रिया हेर्दा महसुस भयो कि, शब्दहरूले आफैँ आत्महत्या गरिरहेको छ। सामाजिक सञ्जालमा विचार व्यक्त गर्दा स्वाभाविक रूपमा दुनियाँसामु आफ्नो योग्यताको पनि मापन भइरहेको हुन्छ। त्यसैले सभ्य र स्तरीय टिप्पणी गर्दा हामी सबैका लागि स्वस्थकर हुन्छ होला।“
सांसद किराँतीको यो सन्देशको पृष्ठभूमि धरानका मेयर हर्क साम्पाङसँगको पुरानो विवादसँग जोडिएको देखिन्छ। गत वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहँदा किराँतीले प्राविधिक अध्ययनका आधारमा धरानमा विमानस्थल निर्माण सम्भव नभएको निष्कर्ष सार्वजनिक गरेका  थिए ।
उक्त घोषणापछि मेयर साम्पाङले मन्त्री किराँतीविरुद्ध सामाजिक सञ्जालमा आक्रामक रूपमा प्रस्तुत हुँदै कडा आलोचना गरेका थिए । फागुन १५ गते नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल व्यावसायिक रूपमा सम्भाव्य नभएको विज्ञप्ति जारी गरेपछि मेयर साम्पाङले मन्त्री किराँतीलाई लक्षित गर्दै एकै दिन ७ वटा स्टाटस लेखेका थिए ।
उनले किराँतीले कुलकै बेइज्जत गरेको र राज्यको ढुकुटीको सत्यानाश मात्रै गरेको जस्ता गम्भीर आरोपहरू  लगाएका थिए ।
यही तनावपूर्ण सम्बन्धको पृष्ठभूमिमा सांसद किराँतीको पछिल्लो स्टाटसलाई विवादलाई थप बढाउनुको सट्टा शान्त पार्ने प्रयास गर्दै आफूले धरानका लागि केही नगरेको भन्दै धरानमा निर्मित सालिक गाडिदिन अनुरोध गरेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top