NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ? आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ? शनिबार अशोज १८ , २०८२
ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु शनिबार अशोज १८ , २०८२
२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ शनिबार अशोज १८ , २०८२
खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो शनिबार अशोज १८ , २०८२
Next
Prev

समाचार

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
Reading Time: 1 min read
A A
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२९ साउन, काठमाण्डौ । 
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।
उनको राजीनामाले  नेपालमा योग्यता र क्षमतामाथि फोहोरी राजनीतिक खेल कसरी हाबी हुन्छ भन्ने दुःखद दृष्टान्त देखाएको छ।  हाल अमेरिकामा रहेका डा. कोइरालाले सामाजिक सञ्जाल एक्स मार्फत आफ्नो २५ वर्षे लामो सेवाबाट अलग हुने घोषणा गरेपछि यसले मुलुकको बौद्धिक र राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ।
डा. कोइरालाले आगामी असोज ३० गतेदेखि लागू हुने गरी व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । उनले कार्यकारी निर्देशकलाई सम्बोधन गरेको पत्रमा लेखेका छन्, “हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु।“
उनको राजीनामा घोषणामा निराशा, व्यङ्ग्य र एक प्रकारको विद्रोहको भाव झल्किन्छ। उनले लेखेका छन्, “र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला।“
सतहमा व्यक्तिगत कारण भनिए पनि डा. कोइरालाको राजीनामा पछाडि गहिरो राजनीतिक हस्तक्षेप र क्षमताको अवमूल्यन प्रमुख कारक रहेको खुलेको छ ।
उनी पटक–पटक स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्नबाट वञ्चित भएका थिए, जसको पछाडि नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्र मन्त्री आरजु राणा देउवाको प्रमुख भूमिका रहेको आरोप लागेको छ।
तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले डा. कोइरालालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति बनाउन चाहेका थिए। तर, पार्टीभित्रको शक्ति संघर्ष र आरजु राणा देउवाको असहमतिका कारण कृष्णप्रसाद सिटौला निकट मानिएका डा. राजकुमार रौनियार नियुक्त भए, जो पछि भ्रष्टाचारको आरोपमा पदबाट बर्खास्त भएका थिए।
दोस्रो पटक हालै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि डा. कोइरालालाई पहिले पोखरा र पछि बीपी प्रतिष्ठानको उपकुलपति बनाउन खोजेका थिए। तर, उपकुलपति सिफारिस समितिमा रहेका सदस्यहरूले माथिको आदेश भन्दै उनको नाम सिफारिस गर्न आनाकानी गरे।
स्रोतका अनुसार, आरजु राणाले डा. कोइरालाले सामाजिक सञ्जालमा कांग्रेस नेताहरूको आलोचना गर्ने गरेको भन्दै उनलाई कुनै पनि हालतमा नियुक्ति दिन नसकिने अडान लिएकी थिइन्  ।
उनले गंगालालको कार्यकारी निर्देशक नियुक्तिमा पनि डा. कोइरालालाई रोकेर डा. रवि मल्ललाई नियुक्त गर्न भूमिका खेलेको बताइन्छ। यसरी दुई पटकसम्म योग्यता हुँदाहुँदै पनि राजनीतिक पहुँच र भागबन्डाको शिकार बन्नु परेको पीडा उनको राजीनामाको मूल कारण रहेको बुझिएको छ।
डा. कोइरालाको पलायनको खबरले सामाजिक सञ्जालमा बौद्धिक पलायनको बहसमा थप इन्धन थपेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुःख व्यक्त गर्दै भनेका छन्, “केही गर्न सक्ने, केही गर्छु भन्नेहरूले देश छोड्ने क्रम कहिलेसम्म चलिराख्ने होला?“
यसअघि राप्रपाकै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि डाक्टर रामेशले राजीनामा दिएकाप्रति ‘दुःख व्यक्त’ गरेका थिए । सामाजिक सञ्जालमा अन्य नेताहरूले पनि डाक्टर रामेशको अमेरिका पलायतप्रति टिप्पणी गरिरहेका छन्।
डा. कोइराला पेशाले चिकित्सक भए पनि सामाजिक सञ्जालमा राजनीतिक र सामाजिक विषयमा तिखो टिप्पणी गरिरहन्थे। उनले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजको मुटुको सफल शल्यक्रिया गरेर चर्चामा आएका थिए र पछि उनीमाथि पुस्तक पनि लेखेका थिए।
उनी पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस महामन्त्री गगन थापाका निकट मानिन्छन् र थापा मन्त्री हुँदा उनका सल्लाहकार पनि थिए । एकातिर देशका प्रधानमन्त्री र मन्त्रीहरू युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने र देशमै भविष्य खोज्नुपर्ने भाषण गरिरहेका छन्, अर्कोतिर उनीहरूकै राजनीतिक भागबन्डा, गुटगत स्वार्थ र संकीर्णताका कारण डा. रामेश कोइरालाजस्ता हजारौंलाई जीवन दिने दक्ष र अनुभवी विज्ञहरू देश छाड्न बाध्य छन्।
रेमिटेन्सले धानेको देशमा, आफ्नै माटोमा सेवा गरिरहेको एउटा अमूल्य प्रतिभालाई राजनीतिक दाउपेचका कारण गुमाउनु नेपालका लागि ठूलो क्षति हो।
यो घटनाले देशमा प्रतिभाको कदर नहुने र राजनीतिकरणले कसरी राष्ट्रिय संस्थाहरूलाई कमजोर बनाउँछ भन्ने यथार्थलाई फेरि एकपटक उदाङ्गो पारेको छ।
LS Auto
Tags: #कार्डियाक सर्जन डा. रामेश कोइराला#डा. रामेशको राजीनामा

लोकप्रीय

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

विचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

थप समाचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?
ताजा समाचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?
अन्तर्राष्ट्रिय

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
अन्तर्राष्ट्रिय

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२
कस्तो रहनेछ आजको मौसम ?
ताजा समाचार

२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ

शनिबार अशोज १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

00:19:05

World News: राष्ट्रपतिविरुद्ध स्टाटस लेख्दा मृ*त्युदण्ड,गा*जाका कारण इटलीमा हड्ता*ल || Nepal Times

00:24:04

World News: बेलायतमा आतं*कवा*दी ह*म*ला, विलियमले राजतन्त्रमा परिवर्तन गर्ने || Nepal Times

00:17:22

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

00:16:36

World News: Netanyahuले माफी मागे,Chinaमा एकै परिवारका 11 जनालाई मृ*त्यु*दण्ड || Nepal Times

00:16:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२
कस्तो रहनेछ आजको मौसम ?

आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा

बुधबार अशोज १५ , २०८२

हालका पोस्टहरू

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.