NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
Reading Time: 1 min read
A A
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ साउन, काठमाण्डौ ।

शुक्रबार अलास्कामा डोनाल्ड ट्रम्प र भ्लादिमीर पुटिन भेटवार्ता गर्दैछन् । यो पृष्ठभूमिमा दुई नेताबीच अहिलेसम्म भएका भेटवार्ताको इतिहास हेर्ने हो भने हामीले केही अनुमान लगाउँन सक्छौ कि भोलीको वार्तामा कस्तो नतिजा निस्केला ।

दुवै नेताबीचको वार्ता मुख्य रूपले ट्रंपको पहिलो कार्यकाल (२०१७ देखि २०२१) को क्रममा भएको थियो । तर त्यतिबेला परिस्थितिहरु पmरक थिए ।

LS Auto

अहिले रूस–यूक्रेनबीचको युद्धको अवस्थमा जब दुवै नेताहरु भेट गर्दैछन्, यो बेला वार्ताको परिणाम कुनै सम्झौता होला वा स्थिति थप विग्रेला भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

इतिहास पल्टाउँदा सन २०१७ मा जर्मनीको ह्याम्बर्गमा ट्रंप र पुटिनको पहिलो औपचारिक भेटवार्ता भएको थियो जुन २ घण्टा १५ मिनेटसम्म चलेको थियो ।

त्यसको पनि चर्चामा यूक्रेन, सीरिया र सन २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपका आरोपहरु सामेल थिए । पुटिनले हस्तक्षेप अस्वीकार गरेका थिए र उनको पहिलो औपचारिक वार्ता ठिकै रहेको थियो ।

यद्यपि पुटिनको दृढ अडान र ट्रंपको सौहार्दपूर्ण टिप्पणीहरुले रूसलाई नै कूटनीतिक लाभ मिलेको थियो । भियतनाममा भएको ट्रम्प र पुटिन भेटवार्ता भने छोटो रहेको थियो ।

सो वार्तामा पनि दुवैबीच २०१६ को चुनावमा रूसी हस्तक्षेपमै चर्चा भएको थियो । ट्रंपले भनेका थिए कि उनी पुटिनको अस्वीकारमाथि विश्वास गर्छन जसलाई अमेरिकी गुप्तचर एजेन्सीको निष्कर्षहरु विरुद्ध मानिएको थियो ।

उनको सो टिप्पणीले अमेरिकामा विवाद ल्याएको थियो र यसलाई पुटिनको कूटनीतिक जित भनिएको थियो । १६ जुलाई २०१८ मा फिनल्यान्डमा ट्रंप–पुटिनबीच भएको वार्ता सबैभन्दा चर्चित रह्यो ।

जसमा ट्रंपले पुटिनका साथमा संयुक्त प्रेस कन्फ्रेंसमा भने कि उनी २०१६ को चुनावमा रूसी हस्तक्षेपका बारेमा पुटिनको अस्वीकारलाई स्वीकार गर्दछन् जसलाई अमेरिकी गुप्तचर एजेन्सीले झुठो भनेको थियो ।

यसले अमेरिकामा तीव्र आलोचना भयो र ट्रंपको छविलाई हानी गर्यो । उता पुटिनले भने यो भेटवार्तामा स्पष्ट रूपले कूटनीतिक जीत हासिल गरे ।

पछि अर्जेन्टीनाको ब्यूनस आयर्समा हुने तय भएको वार्ता भने रद्द गरिएको थियो । जसको कारण भने रूसद्वारा यूक्रेनी नौसैनिक जहाजहरु कब्जा गरेको ट्रम्पले भनेका थिए ।

यद्यपि दुवै नेताले एक पर्सनल डिनरका क्रममा अनौपचारिक वार्ता गरे । ट्रंपको वार्ता रद्द गर्ने निर्णयले रूसमाथि दबाव त पारेको थियो तर अनौपचारिक वार्तामा पुटिनले फेरि बाजी मारे ।

यता जापानको ओसाकामा ट्रंप–पुटिनबीच २०१६ को चुनावमा भेटवार्ता भएको थियो । जसमा एक पटक फेरि चुनावी हस्तक्षेप र यूक्रेनको मुद्दामा चर्चा भयो ।

ट्रंपले ठट्टा गर्दै पुटिनसंग भने कि उनले ‘चुनावमा दखल नदिउन‘ । तर सो मीटिंगमा पनि पुटिन बलियो देखिए भने ट्रम्पको हलुका टिप्पणीहरुले उनको गंभीरतामा कमी देखिएको थियो ।

ट्रंपको दोस्रो कार्यकालको शुरुवातमा उनले पुटिनसंग आधिकारिक वार्ता गरे । ट्रंपले यसलाई लामो र प्रोडक्टिभ वार्ता भने । जसमा यूक्रेन, मध्य पूर्व, ऊर्जा र अन्य मुद्दाहरुमा चर्चा भएको थियो ।

दुवै नेताहरुले एकअर्काको देशको भ्रमण र यूक्रेन युद्ध समाप्त गर्ने कुरा गरेका थिए । यो वार्ता संतुलित रहेको थियो किनभने ट्रंपले रूसमाथि दबाव दिए, तर पुटिनले थप वार्ताको विश्वास जनाए ।

अब १५ अगस्त २०२५, अलास्कामा हुन् यो भेटवार्ता यूक्रेन युद्ध समाप्त गर्नका लागि प्रस्तावित गरिएको हो । ट्रंपले यसलाई एक महत्वपूर्ण कदम भनेका छन्, तर यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेंस्कीले यसको विरोध गरेका छन्, किनभने यसमा यूक्रेनलाई सहभागि गराइएको छैन ।

यूरोपेली देशहरुसंगको वार्ता र ट्रंपको हर क्षण बदलिरहेका बयानहरु हेर्दा अब अगाडि के हुन्छ भन्न मुश्किल छ । तर अहिलेसम्म भएका धेरैजसो वार्तामा पुटिनले कूटनीतिक बाजी मारेकाले खासगरी हेलसिन्कीमा, जहाँं ट्रंपका टिप्पणीहरुले उनकै आफ्ना गुप्तचरहरुलाई कमजोर बनाएका थिए ।

पुटिनले भने आफ्नो दृढता र रणनीतिक मौनताले वैश्विक मंचमा रूसको स्थितिलाई बलियो बनाएका थिए । ट्रंपले कयौं पटक पुटिनका साथ सौहार्दपूर्ण सम्बन्ध बनाउने प्रयास पनि गरे तर घरेलू स्तरमा उनको आलोचना भइरह्यो ।

दुई पटक भने ट्रंपको रवैया फरक देखियो, जब २०१८ मा वार्तालाई रद्द गरियो त्यतिबेला र अहिले रूसमाथि दबाब बढाउँदा जसमा उनले लगातार पुटिनलाई धम्कीहरु पनि दिइरहेका छन् ।

तर अब बैठकमा पनि ट्रम्पले यही रवैया कायम राख्छन् कि विगतमा जस्तो पुटिनसामु नरम हुन्छन् त्यो भोली थाहा हुनेछ । ट्रंप र पुटिनको ६ भेटवार्ता र एक फोन कलमा पुटिनको पल्ला प्राय भारी रहेको देखिएको छ ।

खासगरी उनको कूटनीतिक चतुराई र ट्रंपका विवादास्पद टिप्पणीहरुका कारण. अब अलास्का वार्तालाई लिएर पनि के भनिएको छ भने पुटिनमाथि अहिले धेरै दबाव छैन ।

किनभने ट्रंपका क्षेत्रीय साझेदारहरुको सुझाव उनको पक्षमा छ, जबकि यूक्रेन र उसका सहयोगीहरुमा भने चिन्ता बढाएको छ । यता ट्रम्पसंग भेट्नुअघि पुटिनले भने आफ्नो शक्ति देखाउन लागेका छन् ।

रोयटर्सको रिपोर्टका अनुसार रूसले खतरनाक न्यूक्लियर मिसाइल, बुरेभेस्तनिकको परीक्षण गर्ने तयारी गरेको छ । यो परमाणु हतियार सम्पन्न हुनाका साथै परमाणु ऊर्जाले नै संचालन हुन्छ ।

पश्चिमी सुरक्षा स्रोतहरु र स्वतंत्र विश्लेषकहरुले भनेका छन् कि रूसले यो मिसाइलको परीक्षणका लागि नोभाया जेमल्याको प्यान्कोभो टेस्ट साइटमा ठूलो स्तरमा तैयारी गरेको छ ।

यदी पुटिनले यो लन्च गरे भने, यो ट्रंपका साथ उनको वार्ताअघिको शक्ति प्रदर्शन हुनेछ । साथै ट्रंपको युद्धविरामको अपीललाई पनि हलुका लिएको जस्तै मानिने छ ।

Tags: #६ वार्तामा पुटिन भारी#अलास्कामा जम्ला ’मिस्टर सिजफायर’#अलास्का समिट#ट्रम्प चिढ्याउने पुटिनको प्लान

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.