×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

३० श्रावण २०८२

२९ साउन, काठमाण्डौ ।

शुक्रबार अलास्कामा डोनाल्ड ट्रम्प र भ्लादिमीर पुटिन भेटवार्ता गर्दैछन् । यो पृष्ठभूमिमा दुई नेताबीच अहिलेसम्म भएका भेटवार्ताको इतिहास हेर्ने हो भने हामीले केही अनुमान लगाउँन सक्छौ कि भोलीको वार्तामा कस्तो नतिजा निस्केला ।

दुवै नेताबीचको वार्ता मुख्य रूपले ट्रंपको पहिलो कार्यकाल (२०१७ देखि २०२१) को क्रममा भएको थियो । तर त्यतिबेला परिस्थितिहरु पmरक थिए ।

अहिले रूस–यूक्रेनबीचको युद्धको अवस्थमा जब दुवै नेताहरु भेट गर्दैछन्, यो बेला वार्ताको परिणाम कुनै सम्झौता होला वा स्थिति थप विग्रेला भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

इतिहास पल्टाउँदा सन २०१७ मा जर्मनीको ह्याम्बर्गमा ट्रंप र पुटिनको पहिलो औपचारिक भेटवार्ता भएको थियो जुन २ घण्टा १५ मिनेटसम्म चलेको थियो ।

त्यसको पनि चर्चामा यूक्रेन, सीरिया र सन २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपका आरोपहरु सामेल थिए । पुटिनले हस्तक्षेप अस्वीकार गरेका थिए र उनको पहिलो औपचारिक वार्ता ठिकै रहेको थियो ।

यद्यपि पुटिनको दृढ अडान र ट्रंपको सौहार्दपूर्ण टिप्पणीहरुले रूसलाई नै कूटनीतिक लाभ मिलेको थियो । भियतनाममा भएको ट्रम्प र पुटिन भेटवार्ता भने छोटो रहेको थियो ।

सो वार्तामा पनि दुवैबीच २०१६ को चुनावमा रूसी हस्तक्षेपमै चर्चा भएको थियो । ट्रंपले भनेका थिए कि उनी पुटिनको अस्वीकारमाथि विश्वास गर्छन जसलाई अमेरिकी गुप्तचर एजेन्सीको निष्कर्षहरु विरुद्ध मानिएको थियो ।

उनको सो टिप्पणीले अमेरिकामा विवाद ल्याएको थियो र यसलाई पुटिनको कूटनीतिक जित भनिएको थियो । १६ जुलाई २०१८ मा फिनल्यान्डमा ट्रंप–पुटिनबीच भएको वार्ता सबैभन्दा चर्चित रह्यो ।

जसमा ट्रंपले पुटिनका साथमा संयुक्त प्रेस कन्फ्रेंसमा भने कि उनी २०१६ को चुनावमा रूसी हस्तक्षेपका बारेमा पुटिनको अस्वीकारलाई स्वीकार गर्दछन् जसलाई अमेरिकी गुप्तचर एजेन्सीले झुठो भनेको थियो ।

यसले अमेरिकामा तीव्र आलोचना भयो र ट्रंपको छविलाई हानी गर्यो । उता पुटिनले भने यो भेटवार्तामा स्पष्ट रूपले कूटनीतिक जीत हासिल गरे ।

पछि अर्जेन्टीनाको ब्यूनस आयर्समा हुने तय भएको वार्ता भने रद्द गरिएको थियो । जसको कारण भने रूसद्वारा यूक्रेनी नौसैनिक जहाजहरु कब्जा गरेको ट्रम्पले भनेका थिए ।

यद्यपि दुवै नेताले एक पर्सनल डिनरका क्रममा अनौपचारिक वार्ता गरे । ट्रंपको वार्ता रद्द गर्ने निर्णयले रूसमाथि दबाव त पारेको थियो तर अनौपचारिक वार्तामा पुटिनले फेरि बाजी मारे ।

यता जापानको ओसाकामा ट्रंप–पुटिनबीच २०१६ को चुनावमा भेटवार्ता भएको थियो । जसमा एक पटक फेरि चुनावी हस्तक्षेप र यूक्रेनको मुद्दामा चर्चा भयो ।

ट्रंपले ठट्टा गर्दै पुटिनसंग भने कि उनले ‘चुनावमा दखल नदिउन‘ । तर सो मीटिंगमा पनि पुटिन बलियो देखिए भने ट्रम्पको हलुका टिप्पणीहरुले उनको गंभीरतामा कमी देखिएको थियो ।

ट्रंपको दोस्रो कार्यकालको शुरुवातमा उनले पुटिनसंग आधिकारिक वार्ता गरे । ट्रंपले यसलाई लामो र प्रोडक्टिभ वार्ता भने । जसमा यूक्रेन, मध्य पूर्व, ऊर्जा र अन्य मुद्दाहरुमा चर्चा भएको थियो ।

दुवै नेताहरुले एकअर्काको देशको भ्रमण र यूक्रेन युद्ध समाप्त गर्ने कुरा गरेका थिए । यो वार्ता संतुलित रहेको थियो किनभने ट्रंपले रूसमाथि दबाव दिए, तर पुटिनले थप वार्ताको विश्वास जनाए ।

अब १५ अगस्त २०२५, अलास्कामा हुन् यो भेटवार्ता यूक्रेन युद्ध समाप्त गर्नका लागि प्रस्तावित गरिएको हो । ट्रंपले यसलाई एक महत्वपूर्ण कदम भनेका छन्, तर यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेंस्कीले यसको विरोध गरेका छन्, किनभने यसमा यूक्रेनलाई सहभागि गराइएको छैन ।

यूरोपेली देशहरुसंगको वार्ता र ट्रंपको हर क्षण बदलिरहेका बयानहरु हेर्दा अब अगाडि के हुन्छ भन्न मुश्किल छ । तर अहिलेसम्म भएका धेरैजसो वार्तामा पुटिनले कूटनीतिक बाजी मारेकाले खासगरी हेलसिन्कीमा, जहाँं ट्रंपका टिप्पणीहरुले उनकै आफ्ना गुप्तचरहरुलाई कमजोर बनाएका थिए ।

पुटिनले भने आफ्नो दृढता र रणनीतिक मौनताले वैश्विक मंचमा रूसको स्थितिलाई बलियो बनाएका थिए । ट्रंपले कयौं पटक पुटिनका साथ सौहार्दपूर्ण सम्बन्ध बनाउने प्रयास पनि गरे तर घरेलू स्तरमा उनको आलोचना भइरह्यो ।

दुई पटक भने ट्रंपको रवैया फरक देखियो, जब २०१८ मा वार्तालाई रद्द गरियो त्यतिबेला र अहिले रूसमाथि दबाब बढाउँदा जसमा उनले लगातार पुटिनलाई धम्कीहरु पनि दिइरहेका छन् ।

तर अब बैठकमा पनि ट्रम्पले यही रवैया कायम राख्छन् कि विगतमा जस्तो पुटिनसामु नरम हुन्छन् त्यो भोली थाहा हुनेछ । ट्रंप र पुटिनको ६ भेटवार्ता र एक फोन कलमा पुटिनको पल्ला प्राय भारी रहेको देखिएको छ ।

खासगरी उनको कूटनीतिक चतुराई र ट्रंपका विवादास्पद टिप्पणीहरुका कारण. अब अलास्का वार्तालाई लिएर पनि के भनिएको छ भने पुटिनमाथि अहिले धेरै दबाव छैन ।

किनभने ट्रंपका क्षेत्रीय साझेदारहरुको सुझाव उनको पक्षमा छ, जबकि यूक्रेन र उसका सहयोगीहरुमा भने चिन्ता बढाएको छ । यता ट्रम्पसंग भेट्नुअघि पुटिनले भने आफ्नो शक्ति देखाउन लागेका छन् ।

रोयटर्सको रिपोर्टका अनुसार रूसले खतरनाक न्यूक्लियर मिसाइल, बुरेभेस्तनिकको परीक्षण गर्ने तयारी गरेको छ । यो परमाणु हतियार सम्पन्न हुनाका साथै परमाणु ऊर्जाले नै संचालन हुन्छ ।

पश्चिमी सुरक्षा स्रोतहरु र स्वतंत्र विश्लेषकहरुले भनेका छन् कि रूसले यो मिसाइलको परीक्षणका लागि नोभाया जेमल्याको प्यान्कोभो टेस्ट साइटमा ठूलो स्तरमा तैयारी गरेको छ ।

यदी पुटिनले यो लन्च गरे भने, यो ट्रंपका साथ उनको वार्ताअघिको शक्ति प्रदर्शन हुनेछ । साथै ट्रंपको युद्धविरामको अपीललाई पनि हलुका लिएको जस्तै मानिने छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top