×

NEPAL TIMES UPDATES

Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026

पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

२ भाद्र २०८२
२ भदौ , काठमाण्डौ ।
अलास्का वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युटर्न लिएका छन् । यसअघि रुसले जुनसुकै हालतमा पनि युद्ध रोक्नै पर्ने र त्यसो नगरे दुखद परिमाण भोग्नु पर्ने चेतावनी दिदै आएका थिए ।
तर अहिले भने उनले बल जेलेन्स्कीकै कोर्टमा भएको भन्दै, उल्टै रुसका सर्तहरु युक्रेनले मान्नु पर्ने दबाब दिन थालेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगमा भेटको पूर्वसन्ध्यामा ट्रम्पले युद्ध अन्त्य गरेर शान्ति सम्झौता गर्न युक्रेन नेटो सामेल हुन नपाउने पनि सर्त अघि सारेका हुन् ।
ट्रम्पले भनेका छन्, ‘यदि उनी (जेलेन्स्की)चाहन्छन् भने तुरुन्तै रुससँगको युद्ध अन्त्य गर्न सक्छन् ।’ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट्नु केही घण्टा अघि ट्रम्पले क्रिमिया प्रायद्वीप पनि युक्रेनले फिर्ता नपाउने बताएका छन् ।
मस्कोले २०१४ मा क्रिमिया कब्जा गरेको थियो । अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको शिखर बैठकपछि जेलेन्स्कीलाई अमेरिका बोलाएका ट्रम्पले युक्रेनलाई नेटोमा सामेल नहुने सर्त र क्रिमिया छाड्न सुझाएका हुन् ।
युक्रेनले अहिलेसम्म यी दुवै सर्त मान्न नसकिने बताउँदै आएको छ । नेटोमा सामेल हुने कुरा आफ्नो सार्वभौमिक अधिकारको निर्णय बताउँदै आएको युक्रेनलाई ट्रम्पले अघि सारेका सर्त मञ्जुर हुने÷नहुनेमा आशंका छ ।
अलास्कामा भएको शिखर वार्तामा ट्रम्पले युद्धविरामको मागलाई छोडेर स्थायी शान्ति सम्झौताका लागि आह्वान गरेका थिए ।आइतबार अबेर अमेरिका आइपुगेका जेलेन्स्कीले भने सहयोगी राष्ट्रहरूबाट प्रभावकारी सुरक्षा ग्यारेन्टीको माग दोहो¥याएका छन् ।
एक अमेरिकी दूतका अनुसार युक्रेनको सुरक्षार्थ नेटो जस्तै तर, फरक अमेरिकी सुरक्षा सम्झौताका लागि पुटिन समेत तयार भएका छन् ।आइतबार राति निजी स्वामित्वको ‘ट्रुथ सोसल’ पोस्ट गर्दै भनेका छन् ‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन्, यदि उनी चाहन्छन्, वा उनी लडाइँ जारी राख्न सक्छन् ।’
‘सम्झनुहोस्, यो कसरी सुरु भयो, ओबामाको पालामा कुनै गोली नचलाई १२ वर्षअघि क्रिमिया गुमाइएको थियो, र युक्रेन नेटोमा जान पाउने छैन । केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन्’, ट्रम्पले थप लेखेका छन् ।
यसैबीच, नेटोका महासचिव मार्क रुटे र युरोपेली नेताहरू, जसमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर पनि जेलेन्स्कीकै साथमा ट्रम्पसँगको वार्तामा सहभागी हुने भएका छन् ।
यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मजर्Þ, फिनिश राष्ट्रपति अलेक्जेंडर स्टब र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन यसअघि नै संयुक्त बक्तव्य जारी गरेर युक्रेनलाई समर्थन गर्ने बताएका थिए ।
यद्यपि इयुका कति नेता ट्रम्प–जेलेन्स्की वार्ताका लागि ह्वाइट हाउस पुग्नेछन् भन्ने स्पष्ट छैन ।जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्पको निमन्त्रणाप्रति ‘आभारी’ भएको बताएका छन् ।
‘हामी सबै यो युद्धलाई छिटो र भरपर्दो रूपमा अन्त्य गर्ने बलियो इच्छा राख्छौं’, जेलेन्स्कीले लेखेका छन् ।सन् १९९४ मा युक्रेनलाई तथाकथित ‘सुरक्षा ग्यारेन्टी’ दिँदा काम नगरेको भन्दै सहयोगीहरूबाट प्रभावकारी सुरक्षा ग्यारेन्टी चाहेको जेलेन्स्कीको भनाइ छ ।
ट्रम्पले शान्ति सम्झौता स्वीकार गर्न जेलेन्स्कीलाई दबाब दिन सक्नेतर्फ कूटनीतिहरूले चिन्ता व्यक्त गरेका छन् ।यद्यपि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोलेसीबीएससँगको कुराकानीमा जेलेन्स्कीलाई ट्रम्पले शान्ति सम्झौता स्वीकार गर्न धम्की दिने कुनै पनि सुझावलाई ‘मूर्ख मिडिया कथा’ भनेका छन् ।
यसअघि ट्रम्प र जेलेन्स्कीबीचको सम्बन्धमा तिक्तता आएको थियो । युरोपेली नेताहरूले त्यसपछि सम्बन्ध सुधार्नका लागि काम गरिरहेका छन् र जेलेन्स्कीलाई ट्रम्पसँग मेल खाने भाषामा कुरा गर्न प्रशिक्षित गरिएको समाचारमा उल्लेख छ ।
युक्रेनले अमेरिकालाई देशको वित्तीय हिस्सा दिने खनिज सम्झौतामा हस्ताक्षर गरेको छ ।अलास्का शिखर वार्ताअघिसम्म ट्रम्पले पनि लगातार रुसको लगातार आलोचना गर्दै आएका थिए ।
उनले अल्टिमेटम नमान्दा रुसी राष्ट्रपति पुटिनलाई ‘पागल’ भनेका थिए । साथै उनले युक्रेनविरुद्धको युद्ध नरोके रुसमाथि कडा अमेरिकी प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
पछिल्ला वार्ताहरू चलिरहँदा पनि रुसी सेनाले युक्रेनविरुद्धको आक्रमण जारी राखेको छ । मस्कोले सन् २०२२ को फेब्रुअरीमा पूर्ण आक्रमण थालेपछि युक्रेनको लगभग पाँच भागको एक भाग कब्जा गरिसकेका छन् अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरूले उल्लेख गरेका छन् ।
आइतबार जेलेन्स्की र तथाकथित ‘कोएलिसन अफ द विलिंग’ गठबन्धन राष्ट्रहरूबीच भर्चुअल शिखर वार्ता भएको थियो । यो गठबन्धनमा बेलायत, फ्रान्स र जर्मनी लगायतका युरोपेली राष्ट्रहरू छन् ।
बैठकमा सदस्य राष्ट्रहरूले युक्रेनमा शान्ति कायम भएपछि त्यसलाई सुरक्षित राख्ने वाचा गरेको बताइएको छ ।अमेरिकी दूत स्टीव विट्कोफले सीएनएनलाई दिएको अन्तर्वार्तामा पुटिन ‘गेम–चेन्जिंग’ सुरक्षा ग्यारेन्टीका लागि सहमत भएको बताएपछि जेलेन्स्की र नेटो नेताहरू थप जानकारी लिन उत्सुक देखिन्छन् ।
विट्कोफले यस्तो सम्झौताले युरोप र अमेरिकालाई नेटो–जस्तो रक्षा सम्झौतामार्फत थप आक्रमणबाट युक्रेनलाई बचाउन सक्ने बताए।‘
हामीले एक छुट प्राप्त गर्न सफल भयौं कि संयुक्त राज्य अमेरिकाले आर्टिकल ५–जस्तो सुरक्षा प्रदान गर्न सक्छ, जुन युक्रेन नेटोमा सामेल हुन चाहनुको एक वास्तविक कारण हो’, विट्कोफले सीएनएनसँगको कुराकानीमा भनेका छन् ।
यस्तै विटकोफ सीएनएन च्यानलको स्टेट अफ द नेसन कार्यक्रमलाई बताएअनुसार, रुसले भविष्यमा कुनै पनि युरोपेली देशको सीमा उल्लंघन नगर्ने र युक्रेनको थप भू–भाग नलिने लिखित प्रतिबद्धता जनाएको छ ।
रुसका तर्फबाट पहिलोपटक यस्तो भरोसा हो । अब अमेरिका र युरोपेली देशहरूले यो साता युक्रेनलाई प्रदान गरिने सुरक्षा ग्यारेन्टीको व्यवस्था कसरी गर्ने भन्ने निर्णय गर्नेछन् ।
यो ग्यारेन्टी कसरी कार्यान्वयन र कसको जिम्मेवारी के हुने भन्ने विषयमा छलफल गरिनेछ ।अब आज जेलेन्स्कीले ट्रम्पसँग भेटवार्ता गर्दैछन्। यसअघि ह्वाइट हाउसमा ट्रम्पसँगको भेटमा जेलेन्स्कीले तितो अनुभव लिइसकेका छन्।
गत फेब्रुअरीमा खनिज सम्झौताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्की राष्ट्रपति ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सबीच भनाभन भएको थियो।
त्यसयता जेलेन्स्कीले पटकपटक भेटवार्ता गर्न खोजे पनि ट्रम्पले उनीसँग औपचारिक रूपमा लामो भेट गरेका छैनन्। ह्वाइट हाउसमा चर्काचर्की भएको दुई महिनापछि ट्रम्प र जेलेन्स्कीबीच इटालीको रोममा १५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो।
त्यतिबेला क्याथोलिक चर्चका तत्कालीन प्रमुख पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन ट्रम्प रोम पुगेका थिए। त्यहीँ पुगेका जेलेन्स्कीसँग उनले १५ मिनेट कुराकानी गरेका थिए।
त्यसयता ट्रम्प र जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता भएको छैन।सोमबारको भेटवार्ता सकारात्मक भए ट्रम्प, पुटिन र जेलेन्स्कीबीचको त्रिपक्षीय वार्ता तय हुनेछ।
आजको वार्ता सफल भए अर्को साताभित्रै त्रिपक्षीय भेटवार्ताको चाँजोपाँजो मिलाउने तयारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
यसपालि फेब्रुअरीको भेटवार्ताजस्तो नहोस् भन्नका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि ह्वाइट हाउसको भेटवार्तामा सहभागी हुने बताइएको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top