×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

२ भाद्र २०८२
२ भदौ , काठमाण्डौ ।
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रमले हजारौं नेपालीलाई एकैसाथआशा र निराशाको खबर दिएको छ। अमेरिकी विदेशमन्त्रालयले जारी गरेको पछिल्लो भिसा बुलेटिन अनुसार, डिभी–२०२६ का विजेताहरूका लागि सुखद सुरुवातको संकेत देखिएको छ भने चालु आर्थिक वर्ष २०२५ का लागि उच्च केस नम्बर भएका विजेताहरूको अमेरिकी सपनामा पूर्णविराम लागेको छ ।
आगामी अक्टोबर १ देखि सुरु हुने आर्थिक वर्ष २०२६ का लागि छनोट भएका डिभी विजेताहरूले भिसा पाउन थाल्नेछन् । पहिलो महिना अक्टोबर मै ६,००० सम्म केस नम्बर भएका नेपालीहरू अन्तर्वार्ताका लागि योग्यहुनेछन् ।
विगतका वर्षहरूको तुलनामा यो सीमालाई निकै उदार मानिएको छ ।  यसअघि २०२५ गतवर्ष अक्टोबरमा २,९५०, २०२३ अक्टोबरमा १,३००,२०२२ अक्टोबरमा १,४५० र २०२१ अक्टोबरमा ९०० जनामा सीमा बन्दी लगाइएको थियो ।
एकातिर नयाँआशा छ भने अर्कोतिर, चालु आर्थिक वर्ष २०२५ का विजेताहरूका लागि सेप्टेम्बर महिना अन्तिमअवसर हो। भिसाबुलेटिनले सेप्टेम्बरका लागि नेपालीहरूको केस नम्बर सीमा १४,४५० तोकेको छ ।
यसको अर्थ, यो भन्दामाथि केस नम्बर हुने डिभी विजेताले यो वर्ष भिसापाउने छैनन् ।सेप्टेम्बर ३० माआर्थिक वर्ष २०२५ को कार्यक्रम समाप्तहुने र अक्टोबर १ बाट नयाँआर्थिक वर्ष सुरु हुने भएकाले १४,४५० भन्दामाथिका केस नम्बर भएकाहजारौं विजेताहरू निराश बनेका छन् ।
विगतमाअन्तिम महिनाहरूमा केस नम्बर ’करेन्ट’ हुने वा सीमा हटाइने अभ्यास भएपनि पछिल्ला दुई वर्षदेखि सीमातोकिँदै आएको छ, जसले धेरै छनोट भएकाआवेदक हरूलाई समेत अमेरिका पुग्नबाट रोकेको छ ।
अमेरिकी सरकारको विदेशमन्त्रालयले प्रकाशित गरेको अगस्तको भिसाबुलेटिन अनुशार अगस्तमा १० हजार ६ सय ५० सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसापाउन सक्नेछन् ।
सन् २०२२ माअगस्तदेखि नै केस नम्बरमा लगाइएको सिमाबन्दी हटाइएको थियो भने २०२३ को अगस्तमा २० हजार ५ सयसम्म केस नम्बर हुने नेपालीहरुलाई भिसा प्रदान गरिएको थियो ।
२०२४ को अगस्तमा केसको सिमाबन्दी १२ हजार थियो । आर्थिक वर्ष २०२५ का लागि ३,८६१ जना नेपाली डिभी लोटरीमा छनोट भएकाथिए । छनोट संख्याका आधारमा नेपाल एसियामा इरान५,२६७ र अफगानिस्तान ४,००९ पछि तेस्रो स्थानमा छ ।
विश्वभरबाट करिब २ करोड आवेदन परेकोमा १ लाख ३१ हजारभन्दा बढी व्यक्ति छनोट भएकाथिए, जसमध्येबाट अन्ततः ५५,००० ले मात्र भिसा पाउनेछन् ।
अमेरिकी विदेशमन्त्रालयले डिभी विजेताहरूलाई सेप्टेम्बर ३०, २०२५ सम्मआफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नआग्रह गरेको छ । डिभी परे÷नपरेको जाँचगर्ने एकमात्रआधिकारिक माध्यम अमेरिकी सरकारको वेबसाइट dvprogram.state.gov हो ।
मन्त्रालयले डिभी परेको भन्दै पठाइने झुटा इमेल वाफोन कलबाट सचेत रहन र कुनै पनिव्यक्तिगतविवरण वा पैसा नपठाउन कडा चेतावनीदिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top