NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
Reading Time: 1 min read
A A
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
९ भदौ , काठमाण्डौ ।
भियतनामले भीषण समुद्री आँधी ‘काजिकी’को सामना गरेको छ । आँधी आउनुअघि ५ लाख ८६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थलमा सार्न आदेश दिएको थियो।
मौसमविद्हरूका अनुसार १६६ किमी प्रतिघण्टा वेगको आँधी चलेको थियो, जुन भूमि प्रवेश गर्नु अघि अझै शक्तिशाली बनेको छ । आँधी सोमबार बिहानै मध्य भियतनाममा प्रवेश गरेको छ ।
मध्य प्रान्तहरू थान होआ, क्वाङ त्री, हुये र दा नाङका बासिन्दालाई घर छाड्न आदेश दिइएको छ। उडानहरू रद्द गरिएको छ भने डुङ्गा तथा माछापालनका गतिविधिहरू रोकिएका छन्।
चीनको हाइनान टापु हुँदै सरिरहेको यस आँधीका कारण त्यहाँ ३२० मिमि वर्षा हुने अनुमान गरिएको छ।बीबीसी वेदरका अनुसार ‘काजिकी’ले भियतनाममा २०० किमी प्रतिघण्टा सम्मको हावा र ३००–४०० मिमि वर्षा गराउनेछ।
२–४ मिटरसम्मको समुद्री छाल आउन सक्ने चेतावनी दिइएको छ।भियतनाम एअरलाइन्सले आइतबार र सोमबारका लागि कम्तीमा २२ उडान रद्द गरेको छ।
अधिकारीहरूलाई यो आँधी गत वर्ष सेप्टेम्बरमा आएको ‘यागी’ जस्तै घातक हुने बताएका थिए, जसले गर्दा भियतनाममै करिब ३०० जनाको मृत्यु भएको थियो।
यता राजधानी दिल्लीलगायत भारतभर भारी वर्षा जारी छ। वर्षाका कारण धेरैवटा राज्य बाढीमय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।वर्षाकै कारण राजस्थान राज्यका धेरै जिल्लामा सोमबार सबै विद्यालय बन्द गराइएको छ।
पन्जाबको पठानकोटका धेरै ठाउँ जलमग्न भएका छन्।उत्तराखण्डको चमोलीमा भीषण बाढी–पहिरोपछि भारतीय मौसम विभागले चेतावनी जारी गरेको छ। थराली प्रहरी चौकीले स्थानीय बासिन्दालाई सतर्क रहन अपिल गरेको छ।
वर्षाका कारण जम्मु–कश्मीरका धेरै क्षेत्रमा आवागमनमा असर परेको छ। स्थानीय प्रशासनले धेरै जिल्लामा अत्यावश्यक अवस्था बाहेक घरबाट बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरेको छ।
उता पाकिस्तानमा पछिल्लो दुई साताभित्रै मनसुनी वर्षासँगै आएको बाढीले कम्तीमा ४ सय ६० जनाको मृत्यु भएको छ । उत्तरी पाकिस्तानमा आइतबार आएको मनसुनी वर्षापछिको बाढीपहिरोका कारण एकै दिन कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले पनि खैबर पख्तुन्ख्वा प्रान्तका अधिकांश जिल्लाहरूमा हताहत भएको पुष्टि गरेको छ ।
‘पछिल्लो २४ घण्टामा डेरा इस्माइल खानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ, जबकि अफगानिस्तानको सीमानजिकै रहेको दुर्गम दिर जिल्लामा घरको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ,’ उद्धार कार्यमा संलग्न एक अधिकारीले भने ।
पीडीएमएको तथ्यांकअनुसार १५ अगस्तयता खैबर पख्तुन्ख्वा प्रान्तमा ४ सय ६ जनाको मृत्यु भइसकेको छ, जसमा बुनर जिल्लामा मात्रै ३ सय ३७ जनाको ज्यान गएको हो ।  सिन्ध, बलुचिस्तान, गिलगिट–बाल्टिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा पनि ६० जनाभन्दा बढीको मृत्यु भएको रेकर्ड गरिएको छ ।
मनसुनको नयाँ चरण सुरु हुनुअघि पाकिस्तानमा बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएसँगै पाकिस्तानको पञ्जाब प्रान्तलाई उच्च सतर्कतामा राखिएको स्थानीय सञ्चारमाध्यम ‘डन’ ले आइतबार जनाएको छ । पञ्जाब सरकारले शनिबार सतलज नदी किनारका हजारौं मानिसलाई उद्धार गरेको छ ।
प्रवक्ता फारुख अहमदलाई उद्धृत गर्दै डनले प्रान्तका धेरै बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी स्थानीयलाई निकालिएको बताएको छ । यो संकटको केन्द्र सतलज नदी भएको बताइएको छ ।
अधिकारीहरूले त्यहाँ उद्धारको प्रयासलाई प्राथमिकता दिइरहेका छन् । नयाँ मनसुन चरण नजिकिँदै गर्दा आगामी ९६ घण्टा पाकिस्तानको पञ्जाबका लागि निकै जोखिमपूर्ण हुने चेतावनी दिइएको छ ।
यसबीच, यस मनसुनले गिलगिट–बाल्टिस्तानमा समेत भारी वर्षा र आकस्मिक बाढी ल्याउने अपेक्षा गरिएको छ । त्यहाँ यसअघि नै लगातार बाढीले जनजीवन अस्तव्यस्त बनाएको डनले उल्लेख गरेको छ ।
पाकिस्तान मानवअधिकार आयोगका गिलगिट–बाल्टिस्तान संयोजक इसरारुद्दिन इसरारलाई उद्धृत गर्दै डनले घिसर जिल्लाको तालिदास गाउँमा हालै हिमताल फुट्दा आएको बाढीका कारण त्यसको तल्लो क्षेत्रका करिब ३ सय ३० परिवारका ३ हजारभन्दा बढी स्थानीय आन्तरिक रूपमा विस्थापित भएको उल्लेख गरेको छ ।
इसरारका अनुसार यो घटनाबाट भएका विस्थापितको संख्या २०१० को अट्टाबाद प्रकोपपछिकै ठूलो हो । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयका अनुसार यहाँ मनसुन संकट सेप्टेम्बरको सुरुआतसम्म जारी रहने सम्भावना छ ।
यसले थप बाढीपहिरोको जोखिम बढाएको छ । पाकिस्तानले पछिल्ला वर्षहरूमा मनसुनका कारण व्यापक विनाश झेलेको छ । २०२२ मा आएको बाढीमा १ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने लाखौं स्थानीय विस्थापित भएका थिए ।
उक्त बाढीका कारण करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको बताइएको थियो । सामान्यतया पाकिस्तानले जुनदेखि सेप्टेम्बरसम्म मनसुनका कारण बाढीको सामना गर्दै आएको छ ।
यता नेपालमा पनि हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
यस्तै आज देशका केही साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज धादिङ, नुवाकोट र लमजुङमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ । सोमबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।
LS Auto
Tags: #पाकिस्तानमा ४६० को मृत्यु#भियतनाममा भीषण आँधी

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.