×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

९ भाद्र २०८२
९ भदौ , काठमाण्डौ ।
भियतनामले भीषण समुद्री आँधी ‘काजिकी’को सामना गरेको छ । आँधी आउनुअघि ५ लाख ८६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थलमा सार्न आदेश दिएको थियो।
मौसमविद्हरूका अनुसार १६६ किमी प्रतिघण्टा वेगको आँधी चलेको थियो, जुन भूमि प्रवेश गर्नु अघि अझै शक्तिशाली बनेको छ । आँधी सोमबार बिहानै मध्य भियतनाममा प्रवेश गरेको छ ।
मध्य प्रान्तहरू थान होआ, क्वाङ त्री, हुये र दा नाङका बासिन्दालाई घर छाड्न आदेश दिइएको छ। उडानहरू रद्द गरिएको छ भने डुङ्गा तथा माछापालनका गतिविधिहरू रोकिएका छन्।
चीनको हाइनान टापु हुँदै सरिरहेको यस आँधीका कारण त्यहाँ ३२० मिमि वर्षा हुने अनुमान गरिएको छ।बीबीसी वेदरका अनुसार ‘काजिकी’ले भियतनाममा २०० किमी प्रतिघण्टा सम्मको हावा र ३००–४०० मिमि वर्षा गराउनेछ।
२–४ मिटरसम्मको समुद्री छाल आउन सक्ने चेतावनी दिइएको छ।भियतनाम एअरलाइन्सले आइतबार र सोमबारका लागि कम्तीमा २२ उडान रद्द गरेको छ।
अधिकारीहरूलाई यो आँधी गत वर्ष सेप्टेम्बरमा आएको ‘यागी’ जस्तै घातक हुने बताएका थिए, जसले गर्दा भियतनाममै करिब ३०० जनाको मृत्यु भएको थियो।
यता राजधानी दिल्लीलगायत भारतभर भारी वर्षा जारी छ। वर्षाका कारण धेरैवटा राज्य बाढीमय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।वर्षाकै कारण राजस्थान राज्यका धेरै जिल्लामा सोमबार सबै विद्यालय बन्द गराइएको छ।
पन्जाबको पठानकोटका धेरै ठाउँ जलमग्न भएका छन्।उत्तराखण्डको चमोलीमा भीषण बाढी–पहिरोपछि भारतीय मौसम विभागले चेतावनी जारी गरेको छ। थराली प्रहरी चौकीले स्थानीय बासिन्दालाई सतर्क रहन अपिल गरेको छ।
वर्षाका कारण जम्मु–कश्मीरका धेरै क्षेत्रमा आवागमनमा असर परेको छ। स्थानीय प्रशासनले धेरै जिल्लामा अत्यावश्यक अवस्था बाहेक घरबाट बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरेको छ।
उता पाकिस्तानमा पछिल्लो दुई साताभित्रै मनसुनी वर्षासँगै आएको बाढीले कम्तीमा ४ सय ६० जनाको मृत्यु भएको छ । उत्तरी पाकिस्तानमा आइतबार आएको मनसुनी वर्षापछिको बाढीपहिरोका कारण एकै दिन कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले पनि खैबर पख्तुन्ख्वा प्रान्तका अधिकांश जिल्लाहरूमा हताहत भएको पुष्टि गरेको छ ।
‘पछिल्लो २४ घण्टामा डेरा इस्माइल खानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ, जबकि अफगानिस्तानको सीमानजिकै रहेको दुर्गम दिर जिल्लामा घरको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ,’ उद्धार कार्यमा संलग्न एक अधिकारीले भने ।
पीडीएमएको तथ्यांकअनुसार १५ अगस्तयता खैबर पख्तुन्ख्वा प्रान्तमा ४ सय ६ जनाको मृत्यु भइसकेको छ, जसमा बुनर जिल्लामा मात्रै ३ सय ३७ जनाको ज्यान गएको हो ।  सिन्ध, बलुचिस्तान, गिलगिट–बाल्टिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा पनि ६० जनाभन्दा बढीको मृत्यु भएको रेकर्ड गरिएको छ ।
मनसुनको नयाँ चरण सुरु हुनुअघि पाकिस्तानमा बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएसँगै पाकिस्तानको पञ्जाब प्रान्तलाई उच्च सतर्कतामा राखिएको स्थानीय सञ्चारमाध्यम ‘डन’ ले आइतबार जनाएको छ । पञ्जाब सरकारले शनिबार सतलज नदी किनारका हजारौं मानिसलाई उद्धार गरेको छ ।
प्रवक्ता फारुख अहमदलाई उद्धृत गर्दै डनले प्रान्तका धेरै बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी स्थानीयलाई निकालिएको बताएको छ । यो संकटको केन्द्र सतलज नदी भएको बताइएको छ ।
अधिकारीहरूले त्यहाँ उद्धारको प्रयासलाई प्राथमिकता दिइरहेका छन् । नयाँ मनसुन चरण नजिकिँदै गर्दा आगामी ९६ घण्टा पाकिस्तानको पञ्जाबका लागि निकै जोखिमपूर्ण हुने चेतावनी दिइएको छ ।
यसबीच, यस मनसुनले गिलगिट–बाल्टिस्तानमा समेत भारी वर्षा र आकस्मिक बाढी ल्याउने अपेक्षा गरिएको छ । त्यहाँ यसअघि नै लगातार बाढीले जनजीवन अस्तव्यस्त बनाएको डनले उल्लेख गरेको छ ।
पाकिस्तान मानवअधिकार आयोगका गिलगिट–बाल्टिस्तान संयोजक इसरारुद्दिन इसरारलाई उद्धृत गर्दै डनले घिसर जिल्लाको तालिदास गाउँमा हालै हिमताल फुट्दा आएको बाढीका कारण त्यसको तल्लो क्षेत्रका करिब ३ सय ३० परिवारका ३ हजारभन्दा बढी स्थानीय आन्तरिक रूपमा विस्थापित भएको उल्लेख गरेको छ ।
इसरारका अनुसार यो घटनाबाट भएका विस्थापितको संख्या २०१० को अट्टाबाद प्रकोपपछिकै ठूलो हो । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयका अनुसार यहाँ मनसुन संकट सेप्टेम्बरको सुरुआतसम्म जारी रहने सम्भावना छ ।
यसले थप बाढीपहिरोको जोखिम बढाएको छ । पाकिस्तानले पछिल्ला वर्षहरूमा मनसुनका कारण व्यापक विनाश झेलेको छ । २०२२ मा आएको बाढीमा १ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने लाखौं स्थानीय विस्थापित भएका थिए ।
उक्त बाढीका कारण करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको बताइएको थियो । सामान्यतया पाकिस्तानले जुनदेखि सेप्टेम्बरसम्म मनसुनका कारण बाढीको सामना गर्दै आएको छ ।
यता नेपालमा पनि हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
यस्तै आज देशका केही साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज धादिङ, नुवाकोट र लमजुङमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ । सोमबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top