१८ भदौ , काठमाण्डौ ।
एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले चाडपर्वहरूलाई लक्षित गर्दै आकर्षक ‘फेस्टिभ अफर’ ल्याएको छ। नजिकिँदै गरेको दशैँ र तिहारलाई मध्यनजर गर्दै ल्याइएको यस अफरमा ग्राहकहरूले गाडी खरिद गर्दा न्यूनतम डाउन पेमेन्टको सुविधाका साथै उपहार र नगदमा भारी छुट पाउनेछन्।
विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कुल ८ लाख रुपियाँसम्मको लाभ लिनसक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी ०१’ गाडी ग्राहकहरूले यो अफर अन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन् । सा
थै कम्पनीका महाप्रबन्धक नविन फुयाँलले भने दशैं तिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकहरूका लागि निकै उपयुक्त यो अफर रहेको बताए । उनका अनुसार यस अफर अन्तर्गत गाडी किन्ने ग्राहकका जोडिले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्ने छन् ।
यस्तै, फेस्टिभ अफरमा कम्पनीले १ लाखको नगद छुट, १ लाख रुपियाँको एक्सचेञ्ज बोनस, निःशुल्क बीमा सुविधाको पनि प्रदान गरेको छ । कम्पनीका अनुसार यही अफर भित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन निःशुल्क दिइने बताइएको छ ।
कम्पनीले यो अफर सीमित समयको लागि मात्र रहेको जानकारी दिँदै इच्छुक ग्राहकहरूलाई नजिकको शोरुमा सम्पर्क गरी यसको लाभ लिन सकिने बताएको छ । नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल गाडी एलईभी ०१ हो ।
दमदार प्रर्फर्मेन्सले सुसज्जित यो गाडीमा ६७ दशमलव १२ किलोवाट आवरको ब्याट्री क्षमता छ । ५०० किलोमिटर भन्दा बढी एकपटकको फुल चार्जमा कुदाउन सकिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २१० मिमि रहेको छ ।
‘गाडीको खरिद गर्ने ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरेका हौँ। नेपालीहरूको महान चाडले यस अफरको लाभ लिन सक्ने अवसर जुराएको छ,’ महाप्रबन्धक फुयाँलले भने, ‘दशैँ–तिहारले मात्रै होइन, यसपटक एलएस अटोको गाडी खरिदमा राखिएको अफरले पनि यहाँहरूलाई हर्ष दिनेछ।’