NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

बिहिबार भदौ १९ , २०८२
Reading Time: 1 min read
A A
भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ भदौ , काठमाण्डौ ।

अमेरिकाबाट २५ प्रतिशत अतिरिक्त भन्सार शुल्कसहित ५० प्रतिशत ट्यारिफको बोझ ब्यहोरिरहेको भारत सरकारले वस्तु तथा सेवा कर जीएसटी प्रणालीमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन गर्दै भारतीय जनतालाई राहत दिएको छ । जसलाई जीएसटी २.०’ वा ’नेक्स्ट जेन जीएसटी ’ नाम दिइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट यसलाई दिपावली उपहारको संज्ञा दिएपछि यो सुधार प्रक्रियाले तीव्रता पाएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । भारत सरकारले वस्तु तथा सेवा कर अर्थात् जीएसटीका सम्बन्धमा ठूलो घोषणा गरेको छ ।

वित्त मन्त्री निर्मला सीतारमणले बुधबार जीएसटी काउन्सिलको बैठकमा दुई दरवाला जीएसटी प्रणालीमा सहमति भएको बताइन् । उनले १२ प्रतिशत र २८ प्रतिशत दरको स्ल्याब खारेज गरिएको जानकारी दिदै ५ प्रतिशत र १८ प्रतिशतका दुई नयाँ दरका विषयमा सहमति भएको बताइन् ।

नयाँ जीएसटी दरहरू सेप्टेम्बर २२ देखि लागू हुनेछन् । यो नयाँ व्यवस्था अन्तर्गत हाल कायम रहेका ५%, १२%, १८% र २८% का चारवटा कर स्ल्याबलाई घटाएर ५% र १८% का दुई स्ल्याबमा सीमित गरिएको छ। यसले गर्दा आम उपभोक्ताले प्रयोग गर्ने सयौं वस्तुहरूको मूल्यमा उल्लेख्य गिरावट आउनेछ।

अहिले १२% जीएसटी लाग्ने ९९% वस्तुहरू जस्तैः मक्खन, फ्रुट जुस, ड्राइ फ्रुट्स, साबुन, टुथपेस्ट आदि ५% को स्ल्याबमा आउनेछन्, जसले गर्दा यी वस्तुहरू ७% सम्म सस्तो हुनेछन्। नयाँ दर अनुसारका प्रमुख वस्तु र सेवाहरू यस्ता छन् ।

शून्य कर हुने : अल्ट्रा–हाई टेम्परेचर दूध, पनिर, सबै भारतीय रोटी (रोटी, पराठा आदि)।

५% जीएसटी लाग्ने : कपालमा लगाउने तेल, साबुन, स्याम्पु, दाँत माझ्ने ब्रस, दन्तमन्जन, साइकल, टेबलवेयर, किचनवेयर तथा अन्य घरेलु सामान ।

१२% वा १८% बाट ५% मा घटाइएका : नमकीन, भुजिया, सस, पास्ता, इन्स्ट्यान्ट नुडल्स, चकलेट, कफी, मासु संरक्षण गरिएको, कर्नफ्लेक्स, घ्यू र बटर आदी ।

२८% बाट १८% मा घटाइएका : एसी, सबै टेलिभिजन (३२ इन्चभन्दा माथि समेत), डिस वासिङ मेसिन, साना कार तथा मोटरसाइकल (३५० सीसीसम्म)।

२८% बाट १८% मा घटाइएका अन्य : सिमेन्ट, तीन पाङ्ग्रे सवारीसाधन ।

४०% कर लाग्ने : पान मसला, सुर्ती, चुरोट, चिनी मिसाइएको कार्बोनेटेड पेय पदार्थ । पेट्रोल इन्जिन १,२०० सीसीभन्दा माथि र डिजेल इन्जिन १,५०० सीसीभन्दा माथिका कार ।

यस्तै ३३ जीवनरक्षक औषधि तथा उपचारका लागि आवश्यक औषधिमा कर शून्यमा झारिएको छ । कृषि क्षेत्रमा प्रयोग हुने ट्र्याक्टर, कृषि तथा वनीकरण मेसिन, थ्रेसिङ मेसिन, घाँस÷पशुचारा बालेर बनाउने मेसिन, कम्पोस्टिङ मेसिन आदि सबैमा कर १२% बाट ५% मा घटाइएको छ ।

त्यस्तै, १२% बाट ५% मा झारिएका अन्य वस्तुमा १२ प्रजातिका बायो–पेस्टिसाइड, प्राकृतिक मेन्थोल, हस्तकलाका सामग्री, मार्बल, ग्रानाइट ब्लक, इन्टरमेडिएट लेदर सामान आदि छन् । जीवनरक्षक औषधिहरूमध्ये क्यान्सर, दुर्लभ रोग र दीर्घ रोग उपचारमा प्रयोग हुने केही औषधिमा ५% बाट शून्य कर गरिएको छ ।

साथै, चश्मा र दृष्टि सुधार गर्ने चम्सामा जीएसटी २८% बाट ५% मा घटाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले स्वतन्त्रता दिवस भाषणमा जीएसटीमा नयाँ पुस्ताका सुधार ल्याउने कुरा उल्लेख गरेअनुसार नै करको दर घटाएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘विस्तृत प्रस्ताव तयार गरी संघीय सरकारले परिषद्मा प्रस्तुत गरिएको थियो । यसलाई सबै प्रदेशले संयुक्त रूपमा अनुमोदन गरेका छन् । नयाँ कर नीतिले आम नागरिक, किसान, एमएसएमई, मध्यमवर्ग, महिला तथा युवालाई लाभ पु¥याउनेछ।’

बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले यो निर्णय सबै प्रदेशहरूको सर्वसम्मत समर्थनमा भएको बताएका छन् । पश्चिम बंगालकी अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले दर समायोजनका कारण करिब ४७,७०० करोड रुपैयाँ राजस्व नोक्सानी हुने अनुमान गरिन् ।

उत्तर प्रदेशका अर्थमन्त्री सुरेश खन्नाले डिमेरिट सामान (जस्तै पान मसला, चुरोट, मदिरा आदिमा) थप करबारे भने अझै निर्णय नभएको र ४०% भन्दा माथिको कर दर पछि टुंगो लाग्ने बताए । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि संघीय सरकारको कदमप्रति समर्थन जनाउँदै, राज्यको धारणा जीएसटीलाई ५% र १८% मा ल्याउने रहेको स्पष्ट पारे ।

यो कदमले बजारमा माग बढाउन र आम मानिसलाई महंगीबाट राहत दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ। भारतमा हुने यो मूल्य परिवर्तनको असर खुला सिमानाका कारण नेपालको बजारमा पनि पर्न सक्ने अनुमान गरिएको छ।

भारतसँगको खुला सिमाना र विशाल व्यापारिक निर्भरताका कारण त्यहाँको कर प्रणालीमा हुने कुनै पनि ठूलो परिवर्तनले नेपाललाई प्रत्यक्ष रूपमा छुन्छ। खुला सिमानाका कारण सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताले सिधै भारतमा गएर सस्तोमा सामान खरिद गर्न सक्नेछन्, जसले उनीहरूको खर्च घट्नेछ।

नेपालका व्यवसायीहरूले भारतबाट सामान आयात गर्दा अब कम मूल्य तिर्नुपर्ने हुन्छ। यसले गर्दा नेपाल भित्रिने सामानको लागत घट्छ र नेपाली बजारमा पनि ती वस्तुहरूको मूल्य केही हदसम्म घट्न सक्छ। नेपालका आयातकर्ताहरूले भारतबाट सामान खरिद गर्दा तिर्ने लागत कम हुनेछ।

यसले उनीहरूको लगानी घट्ने र बजारमा प्रतिस्पर्धा गर्न थप सहज हुने देखिन्छ भने भारतमा उत्पादन लागत घट्दा भारतीय सामानहरू नेपाली उत्पादनभन्दा निकै सस्तो हुनेछन्। यसले नेपालका सिमेन्ट, डन्डी, प्लास्टिक, खाद्यान्न, जुत्ता–चप्पल र अन्य उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरूले मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था समेत आउन सक्ने विश्लेषण गरिएको छ।

Tags: #भारतमा जीएसटीमा भारी छुट#मोदीले दिए उपहार

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.