×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

१९ भाद्र २०८२

१९ भदौ , काठमाण्डौ ।

अमेरिकाबाट २५ प्रतिशत अतिरिक्त भन्सार शुल्कसहित ५० प्रतिशत ट्यारिफको बोझ ब्यहोरिरहेको भारत सरकारले वस्तु तथा सेवा कर जीएसटी प्रणालीमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन गर्दै भारतीय जनतालाई राहत दिएको छ । जसलाई जीएसटी २.०’ वा ’नेक्स्ट जेन जीएसटी ’ नाम दिइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट यसलाई दिपावली उपहारको संज्ञा दिएपछि यो सुधार प्रक्रियाले तीव्रता पाएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । भारत सरकारले वस्तु तथा सेवा कर अर्थात् जीएसटीका सम्बन्धमा ठूलो घोषणा गरेको छ ।

वित्त मन्त्री निर्मला सीतारमणले बुधबार जीएसटी काउन्सिलको बैठकमा दुई दरवाला जीएसटी प्रणालीमा सहमति भएको बताइन् । उनले १२ प्रतिशत र २८ प्रतिशत दरको स्ल्याब खारेज गरिएको जानकारी दिदै ५ प्रतिशत र १८ प्रतिशतका दुई नयाँ दरका विषयमा सहमति भएको बताइन् ।

नयाँ जीएसटी दरहरू सेप्टेम्बर २२ देखि लागू हुनेछन् । यो नयाँ व्यवस्था अन्तर्गत हाल कायम रहेका ५%, १२%, १८% र २८% का चारवटा कर स्ल्याबलाई घटाएर ५% र १८% का दुई स्ल्याबमा सीमित गरिएको छ। यसले गर्दा आम उपभोक्ताले प्रयोग गर्ने सयौं वस्तुहरूको मूल्यमा उल्लेख्य गिरावट आउनेछ।

अहिले १२% जीएसटी लाग्ने ९९% वस्तुहरू जस्तैः मक्खन, फ्रुट जुस, ड्राइ फ्रुट्स, साबुन, टुथपेस्ट आदि ५% को स्ल्याबमा आउनेछन्, जसले गर्दा यी वस्तुहरू ७% सम्म सस्तो हुनेछन्। नयाँ दर अनुसारका प्रमुख वस्तु र सेवाहरू यस्ता छन् ।

शून्य कर हुने : अल्ट्रा–हाई टेम्परेचर दूध, पनिर, सबै भारतीय रोटी (रोटी, पराठा आदि)।

५% जीएसटी लाग्ने : कपालमा लगाउने तेल, साबुन, स्याम्पु, दाँत माझ्ने ब्रस, दन्तमन्जन, साइकल, टेबलवेयर, किचनवेयर तथा अन्य घरेलु सामान ।

१२% वा १८% बाट ५% मा घटाइएका : नमकीन, भुजिया, सस, पास्ता, इन्स्ट्यान्ट नुडल्स, चकलेट, कफी, मासु संरक्षण गरिएको, कर्नफ्लेक्स, घ्यू र बटर आदी ।

२८% बाट १८% मा घटाइएका : एसी, सबै टेलिभिजन (३२ इन्चभन्दा माथि समेत), डिस वासिङ मेसिन, साना कार तथा मोटरसाइकल (३५० सीसीसम्म)।

२८% बाट १८% मा घटाइएका अन्य : सिमेन्ट, तीन पाङ्ग्रे सवारीसाधन ।

४०% कर लाग्ने : पान मसला, सुर्ती, चुरोट, चिनी मिसाइएको कार्बोनेटेड पेय पदार्थ । पेट्रोल इन्जिन १,२०० सीसीभन्दा माथि र डिजेल इन्जिन १,५०० सीसीभन्दा माथिका कार ।

यस्तै ३३ जीवनरक्षक औषधि तथा उपचारका लागि आवश्यक औषधिमा कर शून्यमा झारिएको छ । कृषि क्षेत्रमा प्रयोग हुने ट्र्याक्टर, कृषि तथा वनीकरण मेसिन, थ्रेसिङ मेसिन, घाँस÷पशुचारा बालेर बनाउने मेसिन, कम्पोस्टिङ मेसिन आदि सबैमा कर १२% बाट ५% मा घटाइएको छ ।

त्यस्तै, १२% बाट ५% मा झारिएका अन्य वस्तुमा १२ प्रजातिका बायो–पेस्टिसाइड, प्राकृतिक मेन्थोल, हस्तकलाका सामग्री, मार्बल, ग्रानाइट ब्लक, इन्टरमेडिएट लेदर सामान आदि छन् । जीवनरक्षक औषधिहरूमध्ये क्यान्सर, दुर्लभ रोग र दीर्घ रोग उपचारमा प्रयोग हुने केही औषधिमा ५% बाट शून्य कर गरिएको छ ।

साथै, चश्मा र दृष्टि सुधार गर्ने चम्सामा जीएसटी २८% बाट ५% मा घटाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले स्वतन्त्रता दिवस भाषणमा जीएसटीमा नयाँ पुस्ताका सुधार ल्याउने कुरा उल्लेख गरेअनुसार नै करको दर घटाएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘विस्तृत प्रस्ताव तयार गरी संघीय सरकारले परिषद्मा प्रस्तुत गरिएको थियो । यसलाई सबै प्रदेशले संयुक्त रूपमा अनुमोदन गरेका छन् । नयाँ कर नीतिले आम नागरिक, किसान, एमएसएमई, मध्यमवर्ग, महिला तथा युवालाई लाभ पु¥याउनेछ।’

बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले यो निर्णय सबै प्रदेशहरूको सर्वसम्मत समर्थनमा भएको बताएका छन् । पश्चिम बंगालकी अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले दर समायोजनका कारण करिब ४७,७०० करोड रुपैयाँ राजस्व नोक्सानी हुने अनुमान गरिन् ।

उत्तर प्रदेशका अर्थमन्त्री सुरेश खन्नाले डिमेरिट सामान (जस्तै पान मसला, चुरोट, मदिरा आदिमा) थप करबारे भने अझै निर्णय नभएको र ४०% भन्दा माथिको कर दर पछि टुंगो लाग्ने बताए । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि संघीय सरकारको कदमप्रति समर्थन जनाउँदै, राज्यको धारणा जीएसटीलाई ५% र १८% मा ल्याउने रहेको स्पष्ट पारे ।

यो कदमले बजारमा माग बढाउन र आम मानिसलाई महंगीबाट राहत दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ। भारतमा हुने यो मूल्य परिवर्तनको असर खुला सिमानाका कारण नेपालको बजारमा पनि पर्न सक्ने अनुमान गरिएको छ।

भारतसँगको खुला सिमाना र विशाल व्यापारिक निर्भरताका कारण त्यहाँको कर प्रणालीमा हुने कुनै पनि ठूलो परिवर्तनले नेपाललाई प्रत्यक्ष रूपमा छुन्छ। खुला सिमानाका कारण सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताले सिधै भारतमा गएर सस्तोमा सामान खरिद गर्न सक्नेछन्, जसले उनीहरूको खर्च घट्नेछ।

नेपालका व्यवसायीहरूले भारतबाट सामान आयात गर्दा अब कम मूल्य तिर्नुपर्ने हुन्छ। यसले गर्दा नेपाल भित्रिने सामानको लागत घट्छ र नेपाली बजारमा पनि ती वस्तुहरूको मूल्य केही हदसम्म घट्न सक्छ। नेपालका आयातकर्ताहरूले भारतबाट सामान खरिद गर्दा तिर्ने लागत कम हुनेछ।

यसले उनीहरूको लगानी घट्ने र बजारमा प्रतिस्पर्धा गर्न थप सहज हुने देखिन्छ भने भारतमा उत्पादन लागत घट्दा भारतीय सामानहरू नेपाली उत्पादनभन्दा निकै सस्तो हुनेछन्। यसले नेपालका सिमेन्ट, डन्डी, प्लास्टिक, खाद्यान्न, जुत्ता–चप्पल र अन्य उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरूले मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था समेत आउन सक्ने विश्लेषण गरिएको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top