×

NEPAL TIMES UPDATES

Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

२९ भाद्र २०८२

२९ भदौ , काठमाण्डौ ।

जेनजीको आन्दोलनपछि नागरिक स्तरबाट पहिलो पटक महिला प्रधानमन्त्रीका रुपमा सपथ लिएकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहणपछि सरकारका विभिन्न मन्त्रालयका सचिवहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणागर्दै शहीद परिवारलाई १० लाख क्षतिपूर्ति र घाइतेको उपचारसहित राहतको घोषणा गरिएको जानकारी दिइन ।

शहीद परिवारका सदस्यहरुको काठमाडौं बसेको खर्च ब्यहोर्ने, शव घर लैजान सवारीको व्यवस्था र अपाङगतावरण गरेकाहरुका लागि उपचार कोष बनाउने घोषणा पनि प्रधानमन्त्रीले गरेकी छन् । सबै मिलेर नेपाल निर्माण गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले भौतिक निर्माणमा जुट्ने बताइन ।

२४ गते आतंक फैलाइएको भन्दै दोषीलाई कारबाही र ब्यक्तिगत सम्पत्ति, उद्योगी व्यापारिककहरुले सम्पत्ति मासिएकोमा उनीहरुलाई माथि उठाउन राज्यले विचार गर्ने समेत बताएकी छन् । प्रधानमन्त्रीले आफुले ६ महिनाका लागि सडकको आवाज वमोजिम सेवा गर्न पद सम्हालेको भन्दै ६ महिनापछि निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता सुम्पिने बताएकी छन् ।

शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो । पदभार ग्रहण अघि नै प्रधानमन्त्रीले कार्कीले लैनचौरमा पुगेर शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै पुष्पगुच्छा अर्पण गरेकी थिइन ।

यसअघि जेनजी आन्दोलनका घाइतेहरुलाई प्रधानमन्त्री कार्कीले अस्पतालमा पुगेर भेट गरेकी थिइन भने क्षतिग्रस्त प्रहरी कार्यालयहरुको समेत अवलोकन गरेकी छन् । प्रधानमन्त्री कार्कीले आफूले पाएको निर्वाचन गराउने जिम्मेवारी पूरा भएपछि मात्रै आफुलाइ बधाई दिन आग्रह गरेकी छन् ।

अस्पतालमा घाइतेहरुसँगको भेटमा कार्कीले यस्तो बताएकी हुन् । कार्कीले आजै मनित्रपरिषद् विस्तार गर्ने तयारी समेत गरेकी छन् । कार्कीको काँधमा अब ६ महिनापछि आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराई जननिर्वाचित सरकार नेपाली जनतालाई सुम्पिनु पर्ने महत्वपूर्ण जिम्मेवारीरहेको छ ।

तर यो जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री कार्कीलाई नेपाली जनतासहित नजिकका दुई छिमेकी भारत, चीन र महाशक्ति राष्ट्र अमेरिकाको समेत अभूतपूर्व साथ रहने देखिएको छ । भारतले कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्वागत गरेको छ ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार गठन भएको सरकारले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्ने आशा व्यक्त गरिएको छ । ‘नेपालमा सम्माननीय श्रीमती सुृशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ‘यसले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्नेमा हामी आशावादी छौं ।’

नजिकको छिमेकी, लोकतन्त्रका साथी र दीर्घकालीन विकास साझेदारका रूपमा कल्याण र समृद्धिका लागि नेपालसँग नजिकबाट काम जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।  यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छ ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेख्दै मोदीले कार्कीलाई तीन भाषामा शुभकामना दिएका हुन् । मोदीले सुरुमा अंग्रेजी भाषामा त्यसपछि हिन्दी र त्यसको केही समयपछि नेपाली भाषामा कार्कीलाई शुभकामना दिएका हुन् । मोदीले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण प्रतिबद्ध रहेको जनाएका छन् ।

उनले शनिबार मात्रै मणिपुरको इम्फालमा आयोजित सभामा नेपालको परिवर्तनलाई गहिरोसँग आत्मसात गरेको बताउँदै नेपाली जनता र प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय जनताको तर्फबाट बधाई दिएका छन् ।

नेपाल भारत सम्बन्धका आयामबारे चर्चा गर्दै कार्कीलाई महिला सशक्तिकरणको प्रतीक मानेको भन्दै १४० करोड भारतीय जनताका तर्फबाट बधाई दिँदै उनको कार्यकालमा नेपालले उच्चतम उपलब्धि हाँसिल गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

यस्तै उत्तरी छिमेकी मुलुक चीनले पनि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् ।

उनलाई पत्रकारको प्रश्न थियो, ‘सेप्टेम्बर १२ मा नेपालको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । यसबारेमा चीनको टिप्पणी के छ ?’ जवाफमा उनले भने– कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ।

उनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताएका छन् । ‘चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ’, उनले भने, ‘चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवद्र्धन गर्न तयार छ । विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ।’

उता भारतको धर्मशालामा रहेका दलाई लामाले समेत चीनले भन्दा पहिले कार्कीलाई बधाई दिएका छन् । सम्भवतः नेपालका कुनै प्रधानमन्त्रीलाई दलाई लामाको शुभकामना आएको यो पहिलो पटक हो । यसलाई भने स्वतन्त्र तिब्बतको एजेन्डासँग जोडेर टिप्पणी गर्न थालिएको छ । यद्यपि नेपाल एक चीन नीतिप्रतिप्रतिबद्ध रहदै आएको छ।

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले पनि स्वागत गरेको छ । गत हप्ताका दुःखद घटनापछि शान्ति पुनःस्थापना हुनु र समस्याको शान्तिपूर्ण समाधान हुनु सकारात्मक उपलब्धि भएको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको राष्ट्रपतिसमेत रहेका रामचन्द्र पौडेल र युवा नेताहरूलाई लोकतान्त्रिक समाधानको प्रतिवद्धताप्रति सराहना गरेको छ ।

दूतावासले नेपाली सेनासँगै शान्ति बहालीमा प्रधान सेनापति अशोकराज सिग्देलको प्रशंसा गरेको छ । उसले नागरिक सरकारको शान्तिपूर्ण संक्रमणमा महत्त्वपूर्ण भूमिकाको पनि प्रशंसा गरेको छ । नयाँ निर्वाचनको तयारी भइरहेका बेला अन्तरिम सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको अमेरिकी दूतावासले जनाएको छ ।

यस्तै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिएको छ । पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल र जेन–जी युवाहरूले पु¥याएको योगदानको समेत राष्ट्रसंघको कार्यालयले चर्चा गरेको छ ।

उनीहरूको सहयोगले नै यो परिवर्तन सम्भव भएको उल्लेख गर्दै काठमाडौंस्थित आवासीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिको आकांक्षामा राष्ट्रसंघ हातेमोलो गर्न सधैं तयार छ ।‘

विज्ञप्तिमा संवेदनशील समयमा मुलुकको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीलाई सफलताको शुभकामना व्यक्त गरिएको छ । त्यस्तै, बेलायतले जवाफदेहिता तथा समावेशी शासनप्रतिको नेपाली आकांक्षालाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौंस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा कार्कीको नियुक्तिका सन्दर्भमा भनिएको छ, ‘गत साता दुःखद् रूपमा मानव जीवनको क्षति, घाइते र सम्पत्तिको नोक्सानी हुने गरी भएको घटनापछिको यो एउटा महत्त्वपूर्ण कदम हो ।’

अर्को मित्र राष्ट्र जापानले पनि कार्कीको नियुत्तिलाई स्वागत गरेको छ । नेपालमा सक्दो छिटो शान्तिपूर्ण लोकतान्त्रिक रूपान्तरण हुने आशा व्यक्त गर्दै जापानले राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेकामा स्वागत गरेको हो ।

‘यो रूपान्तरणतर्फको एक महत्त्वपूर्ण कदम हो,’ काठमाडौंस्थित जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जापान सरकारले नेपालको विकास र समृद्धिका लागि आफ्नो समर्थन निरन्तर जारी राख्नेछ ।’

यस्तै बंगलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले नेपालको प्रधानमन्त्री नियुक्त भएकामा सुशीला कार्कीलाई शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

युनुसले बंगलादेश सरकारका प्रमुख सल्लाहकारको पदमा प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेका छन् । उनीपनि सुशीला जस्तै विद्यार्थी नागरिक आन्दोलनपछि बंगलादेशको सत्तामा पुगेका हुन् ।

देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेकी प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बंगलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

साथै उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। युनुस र सुशीलाका संवैधानिक नियुक्तिका प्रक्रियामा केही फरक भएपनि दुवैको जन्म विद्रोहबाट भएको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top