NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
Reading Time: 1 min read
A A
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ असोज , काठमाण्डौ ।

नेपाल र वेस्ट इण्डिजबीच दुई सातापछि युएईको शारजाहमा तीन टि ट्वान्टी आई सिरिज हुँदैछ । यसकालागि वेस्ट इण्डिजले बुधवार १५ सदस्यीय टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले नेपालविरुद्धको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

सिरिज आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुनेछ । यो सिरिजलाई सन् २०२६ मा उपमहाद्वीपीय मैदानमा आयोजना हुने आइसीसी टी–२० विश्वकप तयारीको महत्त्वपूर्ण हिस्सा मानिएको छ । आईसीसीको फ्यूचर टुर प्रोग्राम बाहिर परेको यो सिरिजलाई लक्षित गर्दै छनोकर्ताहरूले वेस्ट इन्डिज ब्रेकआउट लिग र हालै चलिरहेको क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिएका छन् ।

LS Auto

यसै क्रममा अनुभवी खेलाडीहरूलाई विश्राम दिइएको छ । टी–२० टोली कप्तानी अकील होसेनले गर्नेछन् । यस पटक टोलीमा ६ जना सम्भावित डेब्यू खेलाडी रहेका छन् । वेष्ट इण्डिजबाट खेलेका खेलाडीमा पनि पहिलो रोजाईका अकिल मात्रै छन् ।

पछिल्लो समय सिनियर टोलीमा पूनरागमन गरेका जेसन होल्डर, मध्यक्रमका भरपर्दा ब्याटर केसी कार्टी, अलराउण्डर फबिएन एलेन, कायल मेयर्स र तीव्र गतिका बलर ओबेद म्याककोय नेपालविरुद्ध खेल्ने टोलीमा छन् ।

नियमित कप्तान शाई होप, शिम्रन हेटमायर, रोभम्यान पावेल, शेर्फान रदरफोर्ड, रोमारियो शेफर्ड, अल्जारी जोशेफ, शमार जोशेफ, रोश्टन चेश लगायतका विश्व सुपरस्टार भने नेपालविरुद्ध खेल्ने सिरिजमा छैनन् ।

वेष्ट इण्डिज क्रिकेट बोर्डले सिनियर खेलाडी नराख्नुको बारे घोषणा टोलीमै उल्लेख गरेको छ । ‘यो २०२६ को टि ट्वान्टी विश्वकपलाई टिम निमार्ण गर्ने एउटा राम्रो सिरिज हो । सिनियर प्रमुख खेलाडीलाई ओर्कलोडलाई(कार्यभार) ध्यानमा राख्दै विश्राम दिएको छ’, वेष्ट इण्डिजले प्रेस विज्ञप्तिमा भनेको छ ।

वेष्टइण्डिजले भारतसँग दुई टेस्ट सिरिज अक्टोबर १ देखि खेल्दैछ । उक्त सिरिजमा रोश्टन चेश, शाई होप, अल्जारी जोशेफ, ब्रेन्डन किंग, शमार जोशेफ र जयमेन सिल्स टेस्ट टोलीमा समेटिएका छन् । गत अगष्ट दोस्रो सातादेखि सुरु भएको क्यारेवियन प्रिमियर लिग आगमी आइतवार सकिनेछ ।

त्यसैको कारण टेस्ट टोलीमा नसमेटिएका टि ट्वान्टी सुपरस्टारलाई विश्राम दिएको छ । गतवर्ष वेष्ट इण्डिज ए नेपालमा आएर पाँच टि ट्वान्टी अभ्यास खेल खेलेको थियो । उक्त सिरिजमा रोश्टन चेशले कप्तानी गरेका थिए ।

चेश टेस्ट टोलीका कप्तान हुँदा यस पटक नेपालविरुद्ध समेटिएका छन् । गतवर्ष नेपाल आएका ओबेद म्याककोय, केसी कार्टी, फबिएन एलेन यस पटक सिनियर टोलीमा समेटिएका छन् । उक्त सिरिज वेष्टइण्डिजले ३–२ ले जितेको थियो ।

यद्दपी ९ खेलाडीले भने वेष्टइण्डिजबाट खेलि सकेका छन् । जस्मा केही भने विश्वचर्चित खेलाडी छन् । १८ वर्षीय युवा ओपनर जेवेल एन्ड्रयूलाई पाकिस्तानविरुद्ध जुलाई ३१ मा टि ट्वान्टी आईमा डेब्यू दिएको थियो । उनी स्पिन राम्रो खेल्ने क्लिन हिटर मानिन्छन् ।

उनले डेब्यू खेलमा ३ छक्कासहित ३५ रन जोडेका थिए । तीन टि ट्वान्टी आईमा उनले ७१ रन बनाएका छन् । ओडिआई क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका २८ वर्षीय केसी कार्टीले ४ टि ट्वान्टी आई खेलेका छन् ।

नेपालविरुद्ध राम्रो प्रदर्शन गर्न सके मध्यक्रममा उनले सिनियर टोलीमा नियमित स्थान बनाउन सक्छन् । लखनऊ सुपर जायन्ट्सबाट आइपिएल खेलि सकेका कायल मेयर्स नेपालविरुद्ध खेल्ने स्टार ब्याटर हुन् । उनले वेष्टइण्डिजबाट १८ टेस्ट, २८ ओडीआई र ३८ टि ट्वान्टी आई खेलेका छन् ।

२०२१ मा टेस्टमा डेब्यूमै बंगलादेशविरुद्ध २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका उनी आक्रामक ब्याटिङसँगै मध्य गतिका बलर हुन् । २८ वर्षीय बायाँ हाते विकेटकिपर आमिर जांग्गोले गत डिसेम्बरमा बंगलादेशविरुद्ध ओडिआई डेब्यूमै दोहोरो शतक हानेका थिए ।

जेसन होल्डर नेपालविरुद्ध खेल्ने सबैभन्दा अनुभवी खेलाडी र सुपरस्टार हुन् । पूर्वकप्तान समेत रहेका उनले ६९ टेस्ट, १३८ ओडआई र ७५ टि ट्वान्टी आई खेलेका छन् । संसारभरका लिग खेलेको अनुभव उनीमा छ ।

नेपालविरुद्ध कप्तान अकिल हुसेन भने सिमित ओभरमा वेष्ट इण्डिजका पहिलो रोजाईका खेलाडी हुन् । ३२ वर्षीय हुसेनले ३८ ओडिआई र ७८ टि ट्वान्टी आई खेलेका छन् । नेपाल र वेष्ट इण्डिजबीच २७, २९ र ३० सेप्टेम्बरमा खेल हुनेछ ।

यसैबीच नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपमा वेस्ट इन्डिजका पूर्वस्टार क्रिकेटर तथा चर्चित कमेन्टेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार भिडियो सन्देशमार्फत संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर २७ देखि २९ सम्म हुने उक्त टी–२०आई प्रतियोगितामा बिशोपले कमेन्ट्री सम्हाल्ने जानकारी दिएको हो।

उनले सन्देशमा उक्त सिरिजमा कमेन्ट्री गर्न उत्साहित रहेको बताएका छन्। उनले भनेका छन्, ‘ब्रोडक्रास्टिङ टिमको सदस्य हुन पाउँदा एकदम धेरै उत्साहित छ । यो सिरिज एकदम रोमाञ्चक हुने अपेक्षा राखेको छु।’

Tags: #नेपाल र वेस्ट इन्डिज

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.