NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Casinos acerca de Chile Online en 2024 +30 Casinos Españoles बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग बुधबार माघ ७ , २०८२
ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने बुधबार माघ ७ , २०८२
उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी बुधबार माघ ७ , २०८२
Legnagyobb őrült western témájú kikötők 2024-ben मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
Reading Time: 1 min read
A A
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ असोज , काठमाण्डौ ।

विश्व चर्चित पर्यटकीय गन्तव्य माल्दिभ्समा गम्भीर लोकतान्त्रिक संकट देखिन थालेको छ । युवतीहरूको शंकास्पद मृत्युका विषयमा जनतामा आक्रोश फैलिएपछि राष्ट्रपति मोहम्मद मोइज्जुका विरुद्ध प्रदर्शनहरू चर्किंदै गएका छन् ।

मोइज्जुले निरंकुश शासकले जस्तो गरी प्रदर्शनलाई दमन गरेका छन् । यसैबीच माल्दिभ्स सरकारले सञ्चार क्षेत्रलाई नियमन गर्नका लागि ल्याएको विधेयक संसद्ले पारित गरेको छ । आलोचकहरूले यसलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भनेका छन् ।

LS Auto

यस कानूनले विद्यमान मिडिया काउन्सिललाई खारेज गरेर नयाँ आयोग गठन गर्नेछ । उक्त आयोग राष्ट्रपति र उनका साझेदारहरूप्रति जवाफदेही हुनेछ । यस निकायले अदालतको आदेशविना नै सञ्चारमाध्यमहरूमाथि भारी जरिवाना गराउने, सञ्चारमाध्यमको दर्ता खारेज गर्ने, वेबसाइट ब्लक गर्ने र प्रसारण रोक्ने अधिकार पाएको छ ।

माल र अन्य साना टापुहरूमा सडक प्रदर्शन चर्किएको छ । माल्दिभ्सको पत्रकार महासंघले सडकमा विरोध प्रदर्शनको नेतृत्व गरिरहेको छ । सेन्सरशिप चाहिँदैन लेखिएका प्लेकार्डहरू देखाइएका छन् ।

प्रहरीले प्रदर्शनकारीहरूमाथि खुर्सानीको धूलो प्रहार गरेर पक्राउ गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता संगठनहरूले यस कानूनमार्फत लोकतान्त्रिक धरोहरलाई नष्ट गर्न खोजिएको भनी आलोचना गरेका छन् ।

सन् २००८ मा संविधानमा सुधार गरी सञ्चारमाध्यमलाई दिइएको स्वतन्त्रतालाई एकै झट्कामा यस कानूनले खोस्न लागेको उनीहरूको तर्क छ । जनतामा छाएको निराशालाई सरकारको यो कदमले थप घना बनाउने सम्भावना छ ।

गत अप्रिल महिनामा माल भन्ने ठाउँमा रहेको नौतल्ले भवनबाट जाकिया मूसा नाम गरेकी युवतीको शंकास्पद अवस्थामा खसेर मृत्यु भएको थियो । उनको मृत्युलाई प्रहरीले आत्महत्या भन्यो । लाशको अटोप्सी गरिएन ।

उनका परिवारले स्वतन्त्र अनुसन्धानको माग गरे । तर, सरकारले त्यसमा चासो दिएन । उल्टै प्रहरीमार्फत परिवारका सदस्य र समर्थकहरूमाथि दमन गर्यो । राज्यले वर्षौंदेखि प्रश्रय दिँदै आएको दण्डहीनताका कारण निराश व्यक्तिहरू यसबाट आक्रोशित भएर प्रदर्शन गर्न थाले ।

सन् २०२३ को अन्त्यतिर राष्ट्रवादी नारा उचालेर सत्तामा आएका राष्ट्रपति मुइज्जुसँग संसदमा दुईतिहाइ बहुमत छ । उनले संविधान संशोधन, न्यायाधीशमाथिको महाभियोग र दल परिवर्तन गर्ने सांसदहरूलाई दण्ड दिने कानून बनाएर सत्तामा आफ्नो पकड बलियो बनाएका छन् ।

अहिले मिडिया सम्बन्धी कानून ल्याएर उनले लोकतान्त्रिक जवाफदेहितालाई जोखिममा पारेका छन् । नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका साथै वर्षौंदेखि हुँदै आएको भ्रष्टाचारको विरोध गरेर भएको प्रदर्शनमाथि सरकारले दमन गरेपछि भड्किएको हिंसाका कारण केपी ओली नेतृत्वको सरकार सत्ताच्युत भएको थियो ।

माल्दिभ्समा पनि त्यसैगरी राष्ट्रपति मुइज्जुले प्रेस स्वतन्त्रतामाथि प्रहार गरेर जनताको आवाज दबाउन खोजेमा जनता सडकमा आएर उनलाई सत्ताच्युत गराउन सक्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् ।

माल्दिभ्समा सडक प्रदर्शनको बलमा सत्ता ढलेको इतिहास छ । सन् २००३ मा कारागारमा भएका मृत्युको विरोधमा भएको प्रदर्शनका कारण त्यतिखेरको निरंकुश शासन ढलेको थियो । त्यस्तै सन् २०११ देखि २०१३ सम्म भएको विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपतिले राजीनामा दिनुपरेको थियो ।

माल्दिभ्समा इतिहास दोहोरिने र नेपालको समेत प्रभाव पर्ने देखिरहँदा यस्तै नियती यसअघि म्यानमार, श्रीलंका, बंगलादेशले खेपिसकेका छन् । यसले सबैको साझा छिमेकी रहेको विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतलाई त्रर्साइदिएको छ ।

दुई छिमेकी नेपाल र बंगलादेशमा दश दिनयता भएका घटनामा भारत सचेत देखिन्छ । छिमेकीहरुको असर भारतमा पनि पर्नसक्ने संदर्भमा अहिले त्यहाँ व्यापक बहस, टिप्पणी भइरहेको छ । यसबीच अमेरिकी सैनिकहरू बंगलादेशमा सुटुक्क आएको खुलेको छ ।

भारतको सीएसआर जर्नलको १७ सेप्टेम्बरको एक लेखअनुसार सेप्टेम्बर १० मा अमेरिकाका १२० सैन्य अधिकारी आएका थिए । यो समूहमा अमेरिकी हवाई तथा स्थल दुवै खाले सैनिक अधिकृतको सहभागिता थियो ।

उनीहरू बंगलादेशको चित्तगोङको र्याडिसन ब्लू होटलमा बसेका थिए । अमेरिकी सैनिकको टुकडी सैन्य जहाजमा आएको थिएन । उनीहरू यूएस बाङ्ला विमानमा चढेर आएका थिए । अमेरिका र बंगलादेशको सैन्य अभ्यासको लागि भन्दै उनीहरू आएको बताइन्छ ।

अमेरिकी सेना चित्तगोङमा ओर्लिएको ठीक चार दिनमा १४ सेप्टेम्बरमा इजिप्टको हवाई सेनाको विमान चित्तगोङको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । हुन त, अमेरिकी सैनिकहरू यही २० सेप्टेम्बरमै फिर्ने बताइएको छ ।

अमेरिकी सैनिकहरू बंगलादेशी हवाई सैन्य अड्डा पाटेङ्गामा पनि देखिए । अमेरिकी सैनिक सुटुक्क बंगलादेश आउनु, त्यही बेला अमेरिकी साझेदार इजिप्टको हवाई सेनाको विमान पनि आउनु र बंगलादेशी रणनीतिक हवाई अड्डामा पनि अमेरिकी सैनिकको उपस्थिति हुनुजस्ता कुराले भारतमा शंकाको बिउ उम्रिएको सीएसआर जर्नलको आलेखले उल्लेख गरेको छ ।

अहिले जारी सैन्य अध्याससहित हेर्दा पछिल्ला तीन महिनामा बंगलादेश र अमेरिकाका दुई फरक सैन्य अभ्यास भएको देखिन्छ । तर यी अभ्यासभन्दा धेरै कुरा भएको, भारतविरुद्ध कदम हुनसक्ने चिन्ता र प्रश्न अहिले भारतको गुप्तचर र सैन्य क्षेत्रमा छ ।

Tags: ##माल्दिभ्स पनि नेपालकै पथमासरकारले चाल्यो आत्मघाती कदम#आत्मघाती कदम#अमेरिकी सेना बंगलादेशमा

लोकप्रीय

Casinos acerca de Chile Online en 2024 +30 Casinos Españoles

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

बुधबार माघ ७ , २०८२

विचार

Casinos acerca de Chile Online en 2024 +30 Casinos Españoles

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Casinos acerca de Chile Online en 2024 +30 Casinos Españoles

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग
समाचार

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत
समाचार

ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

बुधबार माघ ७ , २०८२
उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी
ताजा समाचार

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Casinos acerca de Chile Online en 2024 +30 Casinos Españoles

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.