NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’

शुक्रबार अशोज ३ , २०८२
Reading Time: 1 min read
A A
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ असोज , काठमाण्डौ ।

निर्वमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश नदिएको पनि स्पष्टीकरण दिएका छन्।

जेनजी आन्दोलनपछि विकसिक असामान्य परिरिस्थितिको कारण राजीनामा दिएर सैनिक सुरक्षामा बसेका ओली मंगलबार मात्रै डेरामा सरेका थिए। सत्ताच्युत भएपछि ओलीले पहिलोपटक आज सार्वजनिक अभिव्यक्ति दिएका हुन्।

‘गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो,’ ओलीले सन्देशमा भनिएको छ, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।’

ओलीले जेन–जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गर्दै घटनाको गहिरो छानबिन गर्न माग गरेका छन्। उनले सरकारको तर्फबाट “प्रदर्शनकारीलाई ताकीताकी गोली हान्न आदेश दिएको थिएन” भन्ने दाबी गरेका हुन्।

ओलीका अनुसार, घटनामा प्रयोग भएको गोली प्रहरीसँग नभएका स्वचालित हतियारबाट प्रहार भएको हुनसक्ने भएकाले यसबारे गहिरो छानबिन गर्न आवश्यक छ। उनले भने, “त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

जेन–जेड आन्दोलन सुरु भएको यतिबेला सम्म ७४ जना युवाले ज्यान गुमाइसकेका छन्, भने सयौँ घाइते भएका छन्। ओलीले दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा घाइते भएकाहरूको उपचारमा सरकारले गम्भीरता देखाउनुपर्ने आवश्यकता औंल्याए।

ओलीले संविधान जारी भएपछि नेपाललाई भू–परिवेष्ठित अवस्थामा मात्र सीमित नराखी भू–जडित बनाउन विभिन्न पहल गरिएको स्मरण गरे। उनका अनुसार, उत्तर–दक्षिण जोड्ने यातायात संरचना निर्माण, उत्तरी छिमेकीसँग पारवहन सम्झौता, र विकास संरचनाका जग बसाल्ने कार्य मार्फत नेपालले सार्वभौमसत्ताको दायरा बढाएको थियो।

उनले थपे, “हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ। अर्थतन्त्र तङ्ग्रँदै थियो।” संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाए ।

ओलीले आफ्नो स्टाटसमा भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ।’

उनले उक्त घटनामा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

ओलीले हालैका घटनाहरूमा सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोड र आगजनीलाई षड्यन्त्रको संज्ञा दिए। उनले यस्ता कार्यहरूले देशको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर चुनौती खडा भएको बताए।

यस्तै ओलीले इतिहासबाट पाठ सिक्न काजी भीम मल्लको प्रसङ्ग जोड्दै असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनुबाहेक केही हात नलाग्ने चेतावनी दिएका छन् । उनले भनेका छन् , ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले मात्र यो सङ्कटबाट देशलाई जोगाउन सक्छ ।’

उनले सबै नेपालीलाई अपिल गरेका छन्– ‘संविधान जोगाऔँ, सार्वभौमसत्ताको रक्षा गरौँ ।’ संविधान दिवसका अवसरमा संविधान र राष्ट्रिय सार्वभौमसत्ता जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने उनले बताएका छन् ।

संविधान जारी भएको ऐतिहासिक दिन स्मरण गर्दै ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफ्नै प्रतिनिधिहरूमार्फत निर्माण भएको संविधानले लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनअधिकार स्थापित गरेको उल्लेख गरे ।

संविधान जारी गर्ने क्रममा नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै अघि बढेको अनुभव अहिले पनि ताजै रहेको उनले बताए । उनका अनुसार संविधान जारी भएपछि नेपाललाई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना विकास, छिमेकी मुलुकसँग पारवहन सम्झौता र अर्थतन्त्रलाई मजबुत बनाउन थालिएको थियो ।

तर हालैको जेन–जी आन्दोलनमा घुसपैठमार्फत हिंसा मच्चाइएकाले निरपराध युवाको ज्यान गएको भन्दै उनले दुःख व्यक्त गरे । ‘सरकारले प्रदर्शनकारीलाई ताकिताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको घटनाको छानबिन आवश्यक छ,’ ओलीले भनेका छन् ।

उनले संविधानमाथि हाल ठूलो आक्रमण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीबाट आफ्नो राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालय र सर्वसाधारणको सम्पत्तिमाथि गरिएको आगजनी र तोडफोडलाई राष्ट्रिय अस्तित्वमाथिको प्रहार भने ।

‘देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने विषय समयले आफैँ बताउनेछ,’ उनले टिप्पणी गरेका छन् । जेनजी आन्दोलनका कारण भदौ२४ गते राजीनामा दिएर सेनाको सुरक्षा रहेका ओली हिजो मात्रै सेनाको गणबाट बाहिरिए आएका हुन् । उनको बालकोटको घर आगजनी भएपछि ओली भक्तपुरमा डेरामा बसेका छन् ।

ओली नेतृत्वको सरकारले जेनजीको आन्दोलनमा बर्बरतापूर्ण दमन गरेको भन्दै ओलीको भदौ २३ गते नै चौतर्फि रुपमा आलोचना गर्दै राजीनामा मागिएको भएपनि उनले भदौ २४ मा काठमाडौं उपत्यकासहित देशभरमा प्रमुख शहरमा आगोबलेपछि मात्रै राजीनामा दिएका थिए ।

अहिले सेनाको सुरक्षाबाट बाहिरिएपछि आफूलाई नर्दाेष सावित गर्नेगरी आफूले ताकीताकी गोली हान्न हादेश नदिएको प्रष्टिकरण दिएका छन् । घटनापछि तत्कालीन गृहमन्त्री रमेश लेखकले भने भदौ २३ गते नै नैतिक रुपमा जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।

जतिबेला ओलीले भने लेखकलाई राजीनामा नदिन भनेको खबर बाहिरिएको थियो । अहिले पनि ओलीले आफू नेतृत्वको सरकारले गरेको दमनको कुनै पश्चताप गरेका छैनन् । यसअघि प्रमुख प्रतिपक्ष दलले भदौ २३ मा ओली नेतृत्वको सरकारले नरंसहार गरेको टिप्पणी गरिसकेको छ।

Tags: #ओलीको वाक्य फुट्यो#‘ताकी ताकी गोली हान्न आदेश

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.