NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२
Reading Time: 1 min read
A A
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ असोज , काठमाण्डौ ।

२ वर्षदेखि हमासले बन्धक बनाएका नेपालका विपिन जोशी लगायतका ४७ बन्धक अब मुक्त हुने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धक रिहाइका लागि सम्झौता नगरे ध्वस्त बनाइदिने चेतावनी दिएपछि हमास बन्धक मुक्त गर्न सहमत भएको हो ।

प्यालेस्टिनी विद्रोही समूह हमास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफ्नो नियन्त्रणमा राखेका सबै इजरायली बन्धक मुक्त गर्न सहमत भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबारसम्म २० बुँदे शान्ति योजनालाई स्वीकार गर्न हमासलाई अल्टिमेटम दिएका थिए । शुक्रबार जवाफ पठाउँदै हमास गाजापट्टीको प्रशासन प्यालेस्टिनी प्रविधिज्ञहरूलाई सुम्पन र सबै इजरायली बन्धक मुक्त गर्न सहमत भएको छ ।

उसले मध्यस्थहरूमार्फत शान्ति वार्तामा ’तत्काल प्रवेश’ गर्न इच्छुक रहेको बताएको छ । नेपाली युवा विपिन जोशीसहित ४७ जनालाई हमासले बन्धक बनाएको छ ।

जसमा २० जना मात्रै सकुशल रहेको विश्वास गरिएको छ । हामासको विज्ञप्तिपछिको एउटा भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले यो प्रगतिलाई ’अभूतपूर्व’ भएको टिप्पणी गरेका छन् ।

उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको एक पोस्टमा इजरायललाई ’गाजामा बमबारी तुरुन्त रोक्न’ आग्रह गरेका छन् । ’यो ठूलो दिन हो । यसको कस्तो नतिजा निस्कन्छ, हामी हेर्छौं । हामीले अन्तिम कुरा ठोस रूपमा तय गर्नुपर्छ,’ उनले लेखेका छन्, ’धेरै महत्वपूर्ण कुरा के छ भने, बन्धकका आमाबुबा तिनीहरु घर फर्केर आउने दिनको प्रतीक्षामा छन् ।’

ट्रम्पले गाजामा बमबारी तुरुन्त रोक्न आग्रह गरेलगत्तै इजरायली सेनाले गाजा जित्ने अभियानमा जारी राखेको अप्रेसनलाई न्यूनीकरण गर्न थालेको छ ।

इजरायलको सैनिक रेडियोका अनुसार त्यहाँको सरकारले गाजामा युद्ध रोक्न इजरायली सेनालाई आदेश दिएको छ। इजरायलले गाजामा घातक बमबारीबाट शुक्रबार गाजापट्टीभर कम्तीमा ७२ प्यालेस्टिनीहरूको मृत्यु भएको थियो ।

अक्टोबर २०२३ देखि इजरायलले गाजामा चलाएको युद्धमा कम्तीमा ६६ हजार २८८ मानिसको मृत्यु भई १ लाख ६९ हजार १६५ घाइते भएका छन् ।

७ अक्टोबर, २०२३ का दिन इजरायलमा भएको आक्रमणमा कुल १,१३९ मानिसहरूको मृत्यु भएको थियो र करिब २०० बन्धक बनाइएका थिए।

यसअघि ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत हमास आइतबार वासिङ्टन, डीसी समयअनुसार साँझ ६ बजेसम्ममा सम्झौतामा पुग्नुपर्ने बताएका थिए ।

ट्रम्पको योजनाअनुसार इजरायल–हमास युद्ध तुरुन्त अन्त्य हुनुपर्नेछ। थुनामा रहेका सयौँ गाजावासी छाडेको बदलामा ७२ घण्टाभित्र हमासले इजरायली बन्धकहरूको रिहाइ गर्नुपर्नेछ।

अरब देश र टर्कीएले हमासलाई यो प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको विश्वास गरिएको छ। आफ्नो पोस्टमा ट्रम्पले प्रस्तावलाई यो ‘अन्तिम मौका’ भनेका छन्।

उनले लेखेका छन्, ‘यदि यो सम्झौता भएन भने हामी हमासविरुद्ध यसअघि कहिल्यै नभएको विनाश गर्नेछौँ। मध्य पूर्वमा कुनै न कुनै तरिकाले शान्ति स्थापना हुनेछ।’

अक्टोबर ३, २०२५ मा प्रस्तुत गरिएको २० बुँदे शान्ति योजनामा हमासले सबै जीवित र मृत इजरायली बन्धकहरूको रिहाइ गर्ने सहमति जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायललाई गाजा क्षेत्रमा आक्रमण तुरुन्त रोक्न आदेश दिएका छन्। गाजा क्षेत्रको प्रशासनिक नियन्त्रण एक निष्पक्ष प्राविधिक निकायलाई हस्तान्तरण गर्ने कुरा गरिएको छ।

यस्तै इजरायलले २५० जना फिलिस्तीनी कैदीहरूलाई रिहा गर्ने सहमति जनाएको छ। यस्तै गाजा क्षेत्रको पुनर्निर्माण र मानवीय सहायता प्रवाहको व्यवस्था गर्ने कुरा गरिएको छ।

अमेरिकी नेतृत्वमा पुग्नु अघि नै ट्रम्पले युक्रेन रुस तथा इजरेल र हमासबीचको युद्ध रोक्ने दाबी गरेपनि अहिलेसम्म सफल हुन् सकेका छैनन् । यद्यपि उनले यसका लागि निरन्तर पहल भने गरिरहेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पले ऐतिहासिक भेटवार्ता गरिसकेका छन्। भने हमाससँग शान्ति सम्झौताका लागि पछिल्लो समय इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कतारसमक्ष माफी माग्न समेत लगाएका छन् ।

इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने र गाजालाई नियन्त्रणमा लिने वा त्यहाँ आफ्नो सुरक्षा उपस्थिति बढाउने रणनीति लिएको देखिन्छ। यस रणनीतिका कारण विश्वभरबाट इजरायलको व्यापक आलोचना भइरहेको छ ।

इजरायलको सैन्य कारबाहीले गाजामा ठूलो मानवीय संकट निम्त्याएको छ। लाखौं मानिस विस्थापित भएका छन्, खाद्यान्न, पानी, औषधि र इन्धनको चरम अभाव छ। गाजाका अस्पतालहरू ध्वस्त भएका छन्।

इजरायलको सैन्य अभियानमा हजारौं प्यालेस्टिनी नागरिक, जसमा ठूलो संख्यामा महिला र बालबालिका मारिएका छन्। यसले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता बढाएको छ।

कतिपय आलोचकहरूले इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानून र युद्ध अपराधका नियमहरू उल्लंघन गरेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतमा इजरायलविरुद्ध मुद्दा चलिरहेका छन्।

गाजामा इजरायलको कारबाहीले विश्वभर इजरायलको विश्वसनीयता र नैतिक अडानमाथि प्रश्नचिन्ह खडा गरेको छ। गाजाको भविष्यबारे इजरायलको स्पष्ट योजना नहुँदा र प्यालेस्टिनी राज्यको सम्भावना क्षीण हुँदै जाँदा क्षेत्रीय अस्थिरता बढ्ने चिन्ता छ।

गएको हप्ता मात्रै राष्ट्रसंघमा इजरेली प्रधानमन्त्रीको मन्तब्य विश्वका नेताहरुले बहिष्कार गरेका थिए। राष्ट्रसंघ जस्तो विश्वव्यापी मञ्चमा कुनै देशका नेताको मन्तव्य बहिष्कार गरिनु एउटा गम्भीर कूटनीतिक संकेत हो।

यसले इजरायलमाथि गाजामा आफ्नो कारबाही रोक्न वा आफ्नो नीति परिवर्तन गर्न ठूलो अन्तर्राष्ट्रिय दबाब सिर्जना गरेको छ। धेरै देशका नेताहरूले बहिष्कार गर्दा इजरायल अन्तर्राष्ट्रिय समुदायमा एक्लिँदै गएको छ भने बेलायत, फ्रान्सलगायतका देशले प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिएर इजरेलमाथि दबाब बढाउदै लगेका छन्।

Tags: #ट्रम्पको धम्कीले काम गर्याे

लोकप्रीय

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

राजनीति

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा
समाचार

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.