×

NEPAL TIMES UPDATES

Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?

३० आश्विन २०८२

३० असोज , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् । युक्रेनमा युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाले क्रेमलिनमाथि आर्थिक दबाब बढाइरहेको बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।

बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन् । हाम्रो सम्बन्ध निकै राम्रो छ ।’ उनले थपे, ‘भारतले रूसबाट तेल किन्दा म खुसी थिइनँ, तर आज मोदीजीले मलाई भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएका छन् । यो ठूलो कदम हो । अब हामीले चीनलाई पनि यस्तै गर्न लगाउनु पर्छ ।’

अमेरिकाले अगस्ट २०२५ मा रूसबाट तेल किनेको भन्दै भारतलाई २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाइसकेको छ । यसअघि अमेरिकाले २५ प्रतिशत ‘रेसीप्रोकल’ भन्सार शुल्क लगाइसकेको थियो ।

यसरी भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क पुगेको छ । मिडियाको प्रश्नमा ट्रम्पले भने, ‘हालै अमेरिकाका नयाँ राजदूत बन्न लागेका सर्जियो गोर र मोदीबीच भेट भयो । त्यसपछि सर्जियोले मलाई भने– मोदीले ट्रम्पलाई माया गर्छन् । तर म चाहन्छु, ‘माया’ भन्ने शब्दलाई गलत अर्थ नलगाइयोस्, म कसैको राजनीतिक करियर बिगार्न चाहन्न ।’

उनले अगाडि थपे, ‘मैले वर्षौंदेखि भारतलाई हेर्दै आएको छु । त्यहाँ प्रायः हरेक वर्ष सरकार बदलिन्छ । तर मेरा साथी मोदी त्यहाँ लामो समयदेखि छन् । उनले अब भारतले रूसबाट तेल नकिन्ने आश्वासन दिए । यद्यपि यो तुरुन्तै रोकिने होइन, तर प्रक्रिया सुरु भइसकेको छ ।’

फेब्रुअरी २०२२ मा रूस–युक्रेन युद्ध सुरु भएपछि युरोपले रूसी तेलमा प्रतिबन्ध लगायो । त्यसपछि रूसले तेल बिक्री एशियातर्फ मोड्यो । रिपोर्टअनुसार, सन् २०२१ मा भारतले रूसी तेलको मात्र ०.२ प्रतिशत आयात गरेको थियो ।

तर २०२५ सम्म पुग्दा रूस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बन्यो । यो भनेको दैनिक औसत १.६७ मिलियन ब्यारेल हो, जुन भारतको कुल आवश्यकताको झण्डै ३७ प्रतिशत हुन्छ ।

भारतले रूसबाट अन्यत्रबाट भन्दा सस्तोमा तेल किन्न पाइरहेको छ । भारतीय निजी कम्पनीहरूले रूससँग दीर्घकालीन तेल सम्झौता गरेका छन् । त्यसैले यी सम्झौताहरू रातारात तोड्न सम्भव नहुने भारतीय अधिकारीहरु बताउँछन् ।

भारतले रूससहित इराक, साउदी अरब, अमेरिका लगायतका देशसँग तेल किन्दै आएको छ । यसबीच अब भने भारतले छोटो समयभित्रै रुसी तेल खरिद रोक्ने आश्वासन मोदीले दिएको ट्रम्पले पत्रकारहरूसँग बताएका छन् । यस विषयमा वासिङ्टन डीसीस्थित भारतीय दूतावासका प्रवक्ताले कुनै टिप्पणी गर्न चाहेनन् ।

यसअघि अमेरिकी राष्ट्रपतिले आफ्नो व्यापार युद्धका सन्दर्भमा भारतले रुसी तेल खरिद गरेको विषयलाई दबाबको रूपमा प्रयोग गर्न खोजेका भए पनि नयाँ दिल्लीले यसको प्रतिरोध गर्दै आएको छ, जसका कारण कूटनीतिक फाटो उत्पन्न भएको छ ।

तेल र ग्यास रूसका सबैभन्दा ठूलो निर्यात वस्तु हुन्, र मस्कोका प्रमुख ग्राहकहरूमा चीन, भारत र टर्कीए पर्छन् । ट्रम्पले बुधबार ओभल अफिसमा भने, “अब मैले चीनलाई पनि त्यही कुरा मनाउनुपर्छ ।”

ट्रम्प प्रशासनले बेइजिङ र अन्य व्यापार साझेदारहरूलाई पनि रूसबाट तेल खरिद गर्न रोक्न दबाब दिइरहेको छ । यो मस्कोको ऊर्जा–आधारित वित्तीय स्रोतलाई बन्द गर्ने अमेरिकी प्रयासको हिस्सा हो ।

ट्रम्पले भारतले तत्काल तेल ढुवानी रोक्न नसक्ने बताएका छन्, तर यो परिवर्तन केही हदसम्म प्रक्रियागत हुने भए पनि त्यो प्रक्रिया चाँडै पूरा हुने दाबी गरेका छन् । ट्रम्प प्रशासनले भारतबाट आयात हुने वस्तुहरूमा ५० प्रतिशत ट्यारिफ लगाएको छ ।

ट्रम्पले यी शुल्कहरूलाई रुसी तेल र हतियार खरिद गरेबापत नयाँ दिल्लीमाथि लगाइएको सजायको रूपमा व्याख्या गरेका छन् । भारतमाथि एकैसाथ ट्यारिफ बृद्धि र नरेन्द्र मोदीको सरकार नै खोस्नेसम्मको धम्की दिएर ट्रम्पले रुसी तेल नकिन्न भारतलाई दिएको हदैसम्मको दबावले अन्ततः काम गरेको देखिदैछ ।

अब भारतले ट्रम्पले भनेजस्तै रुसी तेल किन्न बन्द गरे उसको रुससँगको वर्षाैदेखिको प्रगाढ व्यापारिकसम्बन्ध कसरी अघि बढ्ला भन्ने गम्भिर प्रश्न उब्जिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top